• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी

  •  खबरमाला संवाददाता
  • २०८२ फाल्गुन २९, शुक्रबार ०७:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पश्चिम एसियामा बढ्दो सुरक्षा चुनौतीका बीच परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता प्रणालीमा हालसम्म नेपाल फर्किन वा आफलाई सुरक्षा चाहिएको भन्दै नाम लेखाउने नेपालीको सख्या ६५ हजार ८८६ पुगेको बताइएको् छ । उनिहरुले आफुलाई तत्काल उद्दार गर्न वा सुरक्षा चाहिएको भन्दै ६५ हजार भन्दा बढी नेपाली नागरिकले आफ्नो विवरण दर्ता गराएका हुन । मन्त्रालयले उक्त विवरणको अध्ययन गरी आवश्यकताअनुसार उद्धार, सहयोग तथा अन्य कूटनीतिक पहलका लागि प्रक्रिया अघि बढाइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि पश्चिम एसिया क्षेत्रमा तनाव र द्वन्द्व बढ्दै गएको सन्दर्भमा त्यहाँ रहेका नेपाली नागरिकको अवस्था पहिचान गर्न तथा आवश्यक परे उद्धारका लागि तयारी गर्न विभागले फागुन १८ गतेदेखि उक्त अनलाइन पोर्टल सञ्चालनमा ल्याएको हो ।

    कन्सुलर सेवा विभागकी महानिर्देशक दुपर्दा सापकोटाका अनुसार पोर्टलमार्फत प्राप्त विवरणका आधारमा पश्चिम एसियास्थित नेपाली दूतावासहरूसँग समन्वय गरी त्यहाँ रहेका नेपाली नागरिकको अवस्थाबारे निरन्तर जानकारी संकलन गर्ने काम भइरहेको छ । उहाँले आवश्यकता परे समस्यामा परेका नेपालीलाई तत्काल सहयोग उपलब्ध गराउने तयारीसमेत भइरहेको जानकारी दिनुभयो ।

    परराष्ट्र मन्त्रालयका अनुसार पश्चिम एसियामा कार्यरत नेपाली नागरिकको सुरक्षा, हित तथा कल्याण सुनिश्चित गर्न मन्त्रालय र त्यहाँस्थित नेपाली नियोगहरू निरन्तर सक्रिय रहेका छन् । समस्यामा परेका नेपाली नागरिकको उद्धार, सहजीकरण तथा अन्य आवश्यक सहयोगका लागि ती नियोगहरूले स्थानीय निकाय तथा सम्बन्धित निकायसँग समन्वय गर्दै काम गरिरहेका छन् ।

    मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित ‘इमर्जेन्सी रेस्पोन्स टिम’को सम्पन्न दोस्रो बैठकले पश्चिम एसियामा रहेका नेपाली नियोगलाई विशेष निर्देशन दिएको जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले समस्यामा परेका नेपाली नागरिकसँग इमेल, टेलिफोन वा अन्य उपयुक्त माध्यमबाट नियमित सम्पर्क गर्न, उनीहरूको मनोबल उच्च राख्न तथा प्राप्त प्रतिक्रिया संकलन गरी मन्त्रालयलाई प्रतिवेदन पठाउन सबै नियोगलाई निर्देशन दिएको छ ।

    मन्त्रालयले पश्चिम एसिया क्षेत्रमा रहेका नेपाली नागरिकलाई संयमित, सचेत र सजग रहन आग्रह गरेको छ । साथै, स्थानीय कानुनको उल्लंघन हुनेगरी कुनै पनि प्रकारका फोटो, भिडियो वा अडियो सामग्री रेकर्ड गर्ने तथा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट आदानप्रदान नगर्नसमेत मन्त्रालयले अनुरोध गरेको छ । पश्चिम एसियामा लाखौँ नेपाली श्रमिक विभिन्न देशमा कार्यरत रहेको अवस्थामा क्षेत्रीय द्वन्द्व चर्किएपछि उनीहरूको सुरक्षालाई लिएर नेपाल सरकारले विशेष चासोका साथ अनुगमन तथा आवश्यक तयारी अघि बढाएको मन्त्रालयले परराष्ट्रमन्त्रि शर्माले बताएका छन ।

    Post Views: 110
    प्रकाशित मिति: २०८२ फाल्गुन २९, शुक्रबार ०७:१४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास
    कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?
    Advertisement
    ताजा अपडेट
    • १. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • २. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ३. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ४. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ५. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ४. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.