• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा ग्रीन कार्ड बनाउन नक्कली लुटपाट गर्ने ११ भारतीय नागरिक पक्राउ

  •  खबरमाला संवाददाता
  • २०८२ चैत्र २, सोमबार ०५:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकामा ११ जना भारतीय नागरिकमाथि पसल तथा रेष्टुरेन्टहरूमा नक्कली सशस्त्र डकैती गराइएको योजनामा संलग्न भएको भन्दै पक्राउ गरिएको छ । ग्रीनकार्डका लागि उनिहरुले लुटपाट गरिएको घटना नक्कली भएको पुष्टि भएको भर्जिनिया टाईमले समाचार प्रकासन गरेको छ । अमेरिकी अधिकारीहरूले यी व्यक्तिहरूमाथि भिसा ठगी गर्न षड्यन्त्र गरेको आरोप लगाएका छन्। आरोप लागेका व्यक्तिहरू सबै ११ जना पटेल थरका रहेका छन ।

    समाचार अनुसार पटेल रमेश भाई पटेलका सहयोगीहरूले मार्च २०२३ मा म्यासेचुएसमा कम्तीमा छ वटा सुविधा पसल, मदिरा पसल र फास्ट–फुड रेस्टुरेन्टहरूमा नक्कली सशस्त्र डकैतीको योजना बनाएको बताइएको छ । यी नक्कली डकैतीहरूको उद्देश्य आप्रवासन आवेदन गर्दा आफूलाई हिंसात्मक अपराधको पीडित भएको देखाएर ग्रीनकार्ड प्राप्त गर्ने प्रयास गरिएको समाचारमा उल्लेख गरिएको छ ।

    अमेरिकामा त्यस्ता निर्दिष्ट अपराधका पीडित बनेका, मानसिक वा शारीरिक क्षति भोगेका र अनुसन्धान वा मुद्दा चलाउने क्रममा कानुन कार्यान्वयन निकायलाई सहयोग गरेका व्यक्तिहरूलाई ग्रीन कार्य दिएर क्षतिपुर्ति दिने चलन रहेको छ । त्यसलाई केहि व्यक्तिहरुले दुरुपयोग गरिएको बताइएको छ ।

    आरोपअनुसार नक्कली डकैतीका क्रममा एक व्यक्तिले नक्कली बन्दुक देखाएर पसलका कर्मचारी वा मालिकलाई धम्क्याउँथ्यो, त्यसपछि क्यास रजिस्टरबाट पैसा लिएर भाग्थ्यो। यो सम्पूर्ण घटना पसलको सिसि टिभी क्यामेरामा रेकर्ड हुन्थ्यो। त्यसपछि पसलका कर्मचारी वा मालिकले कम्तीमा पाँच मिनेट वा सोभन्दा बढी समय पर्खेर “डकैत” भाग्न समय दिने र त्यसपछि मात्र प्रहरीलाई फोन गरेर डकैती भएको जानकारी दिने गरिएको उल्लेख छ ।

    अनुसन्धानकर्ताहरूका अनुसार कथित “पीडित” बनेका व्यक्तिहरूले यो योजनामा सहभागी हुन रमेश भाई पटेललाई पैसा दिएको उल्लेख छ । बदला स्वरूप उनले पसल मालिकहरूलाई आफ्नो पसल नक्कली डकैतीका लागि प्रयोग गर्न अनुमति दिएबापत रकम दिएको भन्ने आरोप पनि लगाइएको छ।

    link

    11 Indian Nationals Charged in Alleged Staged Robbery Scheme Linked to Immigration Applications

    Post Views: 123
    प्रकाशित मिति: २०८२ चैत्र २, सोमबार ०५:४३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट
    कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारले बनायो सुरक्षा संयन्त्रमाथि अध्ययन समिति
    २०६२ देखि सार्वजनिक पदमा रहेका उच्चपदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
    Advertisement
    ताजा अपडेट
    • १. कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट

    • २. कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारले बनायो सुरक्षा संयन्त्रमाथि अध्ययन समिति

    • ३. २०६२ देखि सार्वजनिक पदमा रहेका उच्चपदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन

    • ४. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • ५. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ३. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ४. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • ५. नेपालमा पोर्चुगिज दुतावास खोल्न हस्ताक्षर अभियान, बाणिज्यदुताबास खोल्ने संकेत !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.