• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड बन्यो तेस्रो, पुरस्कार २ करोड ९० लाख अमेरिकी डलर

  •  खबरमाला संवाददाता
  • २०८३ श्रावण ३, आईतवार ०५:०६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को तेस्रो बनेको छ । मियामी स्टेडियममा आइतबार बिहान भएको तेस्रो स्थानको खेलमा फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड तेस्रो बनेको हो । इंग्ल्यान्डको जितमा बुकायो शाकाले ह्याट्रिक पूरा गरे । पहिलो हाफमा दुई गोल गरेका शाकाले ८७औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । खेलको तेस्रो मिनेटमा राइसले गोल गर्दै सुरुवातमै अग्रता लिएको इंग्ल्यान्डले त्यसपछि लगातार गोल ग¥यो । १८औं मिनेटमा कोन्शाले हेडरमार्फत गोल गर्दै इंग्ल्यान्डलाई दुई गोलको अग्रता दिलाए ।

    त्यसपछि शाकाले ३७औं मिनेट र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै इंग्ल्यान्डलाई पहिलो हाफमै चार गोलको अग्रता दिलाएका थिए । दोस्रो हाफमा फ्रान्सले लगातार तीन गोल फर्कायो । ४८औं मिनेटमा कप्तान किलियन एमबाप्पेले फ्रान्सका लागि पहिलो गोल फर्काए । ब्राडली बारकोलाले ५४औं मिनेटमा र कप्तान एमबाप्पेले ६६औं मिनेटमा गोल गर्दै खेललाई ४–३ को स्थितिमा पु¥याए । खेलको ८७औं मिनेटमा इंग्ल्यान्डले पेनाल्टीमार्फत गोल गर्दै अग्रताको दुरी बढायो । पेनाल्टीमा शाकाले गोल गर्दा दोस्रो हाफको इन्जुरी समयमा उस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सलाई खेलमा फर्काउन प्रयास गरे । तर, अन्तिम समयमा जुड बेलिंघमले गोल गर्दै इंग्ल्यान्डलाई ६–४ को जित दिलाए ।

    तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्सलाई र इंग्ल्यान्डले ६ को विरुद्ध ४ गोल गरेपछि तेश्रो स्थान सुक्षित गरेको हो । २०२६ फिफा विश्वकपमा तेस्रो स्थानका लागि हुने खेल प्रतिष्ठाको मात्र नभई करोडौं डलरको पुरस्कारसँग पनि जोडिएको थियो फिफाले निर्धारण गरेको पुरस्कार संरचनाअनुसार तेस्रो स्थान हासिल गर्ने टोलीले २ करोड ९० लाख अमेरिकी डलर प्राप्त गर्नेछ भने चौथो स्थानमा रहने टोलीले २ करोड ७० लाख अमेरिकी डलर पाउनेछ।

    हालको विनिमय दरअनुसार तेस्रो हुने टोलीले पाउने रकम नेपाली मुद्रामा करिब ४ अर्ब रुपैयाँ बराबर हुन्छ। यो रकम सम्बन्धित राष्ट्रिय फुटबल संघलाई प्रदान गरिन्छ र त्यसपछि संघले आफ्नो आन्तरिक नीति तथा सम्झौताअनुसार खेलाडी, प्रशिक्षक र प्राविधिक टोलीबीच वितरण गर्ने गर्दछ।

    यस विश्वकपमा च्याम्पियन बन्ने टोलीले ५ करोड अमेरिकी डलर, उपविजेताले ३ करोड ३० लाख अमेरिकी डलर, तेस्रो स्थान प्राप्त गर्ने टोलीले २ करोड ९० लाख अमेरिकी डलर र चौथो हुने टोलीले २ करोड ७० लाख अमेरिकी डलर प्राप्त गर्नेछन्। यो पुरस्कार संरचना फिफाले ४८ टोली सहभागी भएको विश्वकपका लागि हालसम्मकै सबैभन्दा ठूलो आर्थिक वितरण योजनाअन्तर्गत तय गरेको हो।

    यसका अतिरिक्त विश्वकपमा छनोट भएका सबै ४८ राष्ट्रले प्रतियोगितामा सहभागी भएबापत १० मिलियन अमेरिकी डलर र तयारी खर्चका लागि थप २।५ मिलियन अमेरिकी डलर प्राप्त गरेका छन्। यसरी समूह चरणबाटै बाहिरिने टोलीले पनि न्यूनतम १२।५ मिलियन अमेरिकी डलर आर्थिक सहयोग पाउने व्यवस्था गरिएको छ।

     

    Post Views: 39
    प्रकाशित मिति: २०८३ श्रावण ३, आईतवार ०५:०६
    Advertisement
    संबन्धित शिर्षकहरु
    मेसीलाई पछि पार्दै एमबाप्पे विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी, “गोल्डन बुट” एम्बापेले पाउने निश्चत !
    महिलाको सालबाट ‘एन्टी–एजिङ’ क्रिम र इन्जेक्शन बन्ने खुलासा, अस्पतालको संलग्नतामा तस्करी
    कमैया मुक्तिको २६ वर्ष– समस्या जहाँको त्यहीँ, पूर्जा छ, छैन स्रेस्ता
    Advertisement
    ताजा अपडेट
    • १. फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड बन्यो तेस्रो, पुरस्कार २ करोड ९० लाख अमेरिकी डलर

    • २. मेसीलाई पछि पार्दै एमबाप्पे विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी, “गोल्डन बुट” एम्बापेले पाउने निश्चत !

    • ३. महिलाको सालबाट ‘एन्टी–एजिङ’ क्रिम र इन्जेक्शन बन्ने खुलासा, अस्पतालको संलग्नतामा तस्करी

    • ४. कमैया मुक्तिको २६ वर्ष– समस्या जहाँको त्यहीँ, पूर्जा छ, छैन स्रेस्ता

    • ५. अमेरिकामा अन्तर्राष्ट्रिय विधार्थीमाथी थप कडाईको संकेत !१७ प्रतिशत अन्तर्राष्ट्रिय विधार्थी घटेको तथ्यांक ?

    चर्चित
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ३. अमेरिकामा अन्तर्राष्ट्रिय विधार्थीमाथी थप कडाईको संकेत !१७ प्रतिशत अन्तर्राष्ट्रिय विधार्थी घटेको तथ्यांक ?

    • ४. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    • ५. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.