• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी कलेजमा चर्किएको आन्दोलनमा सयौ पक्राउ, नर्थ क्यारोलिनामा प्रतिरोध आन्दोलन

  •  
  • २०८१ बैशाख २१, शुक्रबार ०६:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    यतिखेर अमेरिकी विश्वधिालयहरुमा इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा गरेको आक्रमणको विरोधमा आन्दोलन चर्किएका छन । इजरायललाई दिएको सहयोग रोकेर प्यालेस्टाइनका नागकिको जीउ ज्यानको रक्षा गर्न भन्दौ आन्दोलनले उग्र रुप लिदै गएको छ । अमेरिकाका विश्वविद्यालयहरुमा प्यालेस्टाइनको पक्षमा प्रदर्शन चर्किंदै गएपछि कपतिपय विश्वविधालयमा अनलाईन कक्षा शुरु गरिएका छन भने कतिपय स्थानमा परिक्षाहरु रघ भएका छन । प्रदर्शनमा सहभागीहरुमध्ये ३ सय भन्दा बढी विधार्थी पक्राउ परेका छन् । केही विश्वविद्यालयहरुमा तोडफोड र प्रहरीसँग झडपसमेत भएको छ । केहि स्थानमा पक्राउ गरिएका व्यक्तिहरु गैर विधार्थी भएको खुलेको छ । प्रहरीले त्यस विषयमा अनुसन्धान गरिहेको बताइएको छ ।

    समाचार एजेन्सीहरुका अनुसार क्यालिफोर्निया युनिभर्सिटीमा १५ जना घाइतेसमेत भएका छन् । अमेरिकाका दजनौ कलेजहरुमा भएको आन्दोलनको विषयमा राष्ट्रपति जो बाईडनले समेत सम्बोधन गरेर संमयमित हुन आग्रह गरिएको छ । अन्य कलेजमा भन्दा नर्थक्यारोलिनाको च्यापलहिल कलेजमा भने फरक ढंगले आन्दोलन भएका छन । आन्दोलनकारीहरुले प्यालेस्टनीहरुको सुरक्षाको विषयमा प्रदशन गरे पनि जब आन्दोलनकारीले कलेज कम्पाउण्डमा रहेको अमेरिकी झण्डा झिकेर प्यालेस्टाइनको झण्डा राखेपछि विधार्थीहरुले हटाएको झण्डा राखेर प्रतिकार शुरु गरेपछि आन्दोलन तुहिएको छ । आन्दोलनकारी विधार्थीले अमेरिकन झण्डा निकाले पछि संभावित दोहोरो झडप सुरक्षाकर्मीले रोकेका थिए । विधार्थीहरुले अमेरिकी हटाउन थालेपछि अमेरिकी विधार्थीहरु काउण्टर प्रतिरोधमा उत्रिएका थिए । जसका कारण च्यापलहिलमा आन्दोलन सकिएको छ । सो कलेजका प्रमुखले आन्दोलनमा सहभागी विधार्थीलाई निस्कासन गर्नेसम्मको कारबाही गरेका थिए ।

    न्युयोर्कका मेयर एरिक एडम्सका अनुसार कोलम्बिया युनिभर्सिटीले निवेदन दिएपछि त्यहाँ बस्दै आएका विद्यार्थीहरुविरुद्ध अभियान चलाएको र गिरफ्तार गरिएको जनाएका छन् । आन्दोलनका कारण सयौ विधार्थीहरु निस्कासनमा परेका छन भने कयौ डिर्पोट हुने संभावना रहेको बताइएको छ । युनिभर्सिटीभित्र बसेर प्यालेस्टाइन समर्थकहरुले शान्तिपूर्ण प्रदर्शन गर्दै आएका थिए तर त्यो प्रदर्शनमा घुसपैठ भएको भन्दै प्रहरीले कारबाही अभियान चलाएको हो । जहाँ सयौ व्यक्तिहरु गैरविधार्थी भेटिएका छन ।

    न्युयोर्कका मेयरले शहरका अन्य स्थानको सुरक्षालाई पनि ध्यान दिँदै प्रहरीले कारबाही अभियान चलाउने बताएका छन् । शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार भए पनि हुलहुज्जत, तोडफोड र शान्ति सुव्यवस्थालाई खलल पार्न नहुने उनको भनाइ छ । विद्यार्थीहरुले न्युयोर्क, टेक्सस, कोलम्बिया, जर्जवाशिङ्गटन, इन्डियाना युनिभर्सिटी अफ पेन्सेल्भेनिया लगायतका स्थानमा प्रदर्शन गर्दै आएका छन् । जर्ज वाशिङ्गटन र च्यापलहिल युनिभर्सिटीमा विद्यार्थीहरुले गरेको प्रतिरोध प्रदर्शनमा समर्थन जनाउन रिपब्लिकन सिनेट र सांसदहरुसमेत पुगेका थिए । थिए । प्यालेस्टाइनको पक्षमा अमेरिकासँगै इजिप्टको कायरो, फ्रान्सको पेरिस, अष्ट्रेलियाको सिड्नी लगायतका स्थानमा पनि प्रदर्शन हुँदै आएको छ । आन्दोलनमा सहभागी भएको प्रमाण्का आधारमा सयौ अन्तराष्ट्रिय विधार्थीहरु निस्कारसंगै डिर्पोटसमेत भएको बताइएको छ । अमेरिकी भण्डा पुर्नस्थापना गर्न सहयोग गरेको भन्दै उनिहरुलाई मद्दत गर्न खोलिएको गोफण्डमा एक दिनमा ३ लाख डलर जम्मा भएको छ । सो अमेरिकी झण्डा पुर्नथापना गर्ने आन्दोलनमा अमेरिकी अलवा भारतीय, नेपाली, फिलीपिनो तथा अन्य एसियन मुलका विधार्थीहरु रहेका थिए । जसमा नर्थ क्यारोलिनाका सिनेटर टेड बुडले समर्थन जनाएका थिए । अन्य केहि अन्तर्राष्ट्रिय विधार्थीको बाहुल्यता भएकोबाहेक कलेजहरुमा पनि प्रतिरोध गर्न शुरु भएको बताइएको छ ।

    Post Views: 158
    प्रकाशित मिति: २०८१ बैशाख २१, शुक्रबार ०६:१७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौंमा
    अमेरिकाको लुजियाना गोलीकाण्डमा ८ जना बालबालिकाको मृत्यू
    प्रवासी नेपालीलाई नागरिकताको निरन्तरता दिदा हानी हुँदैनः गर्भनर डा पौडेल
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौंमा

    • २. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    • ३. अमेरिकाको लुजियाना गोलीकाण्डमा ८ जना बालबालिकाको मृत्यू

    • ४. प्रवासी नेपालीलाई नागरिकताको निरन्तरता दिदा हानी हुँदैनः गर्भनर डा पौडेल

    • ५. बालेन सरकारको आशा लाग्दो सकारात्मक परिवर्तन

    चर्चित
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ५. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.