• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपाललाई शान्ति राष्ट्र घोषणा गर्न राष्ट्र संघसमक्ष माग

  •  
  • २०८१ बैशाख २४, सोमबार ०२:३२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाललाई शान्ति राष्ट्र बनाउन संयुक्त राष्ट्र संघसमक्ष माग गरिएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय, बौद्ध अध्ययन संकायको आयोजनामा लुम्बिनीमा सम्पन्न अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीपछि विभिन्न दर्जन देशका भिक्षु तथा पाज्ञहरुले सार्वजनिक घोषाणा पत्र जारी गर्दै नेपाललाई शान्ति क्षेत्र घोषणा गर्न माग गरेका हुन । यस्तै बुद्ध जन्मस्थल लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न नेपाल सरकारसँग माग गरिएको छ । गोष्ठीमा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्वान, अध्येता तथा अनुसन्धानकर्ताहरूले बुद्ध जन्मस्थल नेपाललाई शान्ति देश घोषणा गर्न संयुक्त राष्ट्र संघसमक्ष आग्रह गरे ।

    विश्वव्यापी चुनौतीहरूको समाधान सन्दर्भमा बौद्ध शिक्षाको सान्दर्भिकता विषयक गोष्ठीमा उनीहरूले राजनीतिक व्यवस्थाको परिवर्तन तथा द्वन्द्वका विषयहरू समाधान भइसकेकाले बुद्ध जन्म स्थललाई शान्ति र बौद्ध दर्शनको उद्‌गमस्थलका रूपमा प्रवर्द्धन गर्ने र बौद्ध ध्यान र साधनाको राजधानीका रुपमा शान्ति शहर घोषणा गर्न पनि माग गरेका छन् । बौद्ध शिक्षालाई विद्यालय तहदेखिको शैक्षिक पाठ्यक्रममा समावेश गर्दै बौद्ध दर्शनको अध्ययन, अनुसन्धानलाई विशेष प्राथमिकतामा राख्नका लागि सम्बन्धित निकायलाई विशेष अनुरोध गरे । यसअघि गोष्ठीमा बौद्ध दर्शन र योगका विषयमा आफ्ना धारणा राख्दै योगगुरुहरूले अहिले बढ्दो सामाजिक समस्याको समाधान योग भएकोमा जोड दिए ।

    अनाइनमार्फत आफ्ना धारणा राख्दै आचार्य बालकृष्ण र डा। विकासानन्दले मानव जातिले दुःखबाट मुक्ति पाउने एकमात्र उपाय ध्यान र साधना भएको बताउँदै जीवनका समस्याबाट पार पाउन योग गर्न सबैलाई आग्रह गरे । गोष्ठीमा योगगुरुहरू डा। भोलानाथ योगी, डा। चिन्तामणि योगी, भानु शर्मा, प्रा। डा। विशाल सिटौला र डा। क्षितिज बराकोटीले सबै धर्म, पराम्परा र योगको भूमि नेपाल भएकाले यसलाई हरेक व्यक्तिको जीवन पद्धतिसँग जोड्ने गरी प्रचारप्रसार गर्न आवश्यक रहेको बताए ।

    लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा। डा। सुवर्णलाल बज्राचार्यले बौद्ध दर्शन र योगलाई जोडेर नयाँ पाठ्यक्रम बनाएर कार्यान्वय गर्ने तयारी गरेको उल्लेख गर्दै यसबारे सबैको राय सुझाव आवश्यक रहेको बताए । बौद्ध अध्ययन संकायका डीन डा। माणिकरत्न शाक्यले बौद्ध दर्शन र विपश्यनाका माध्यमबाट आपसी द्वन्द्व र समस्या समाधान गर्न सकिने भएकाले विश्वविद्यालयले पनि यसलाई छुट्टै विषयका रूपमा अध्ययन, अध्यापनको तयारी थालेको बताए ।

    लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्रा। डा। हृदयरत्न बज्राचार्यले शान्ति, मैत्री र करुणाको भावना विकास गर्न योग र साधना गर्न आवश्यक रहेकोमा जोड दिए । गोष्ठीमा लुम्बिनी बौद्ध विश्वविद्यालयका परीक्षा नियन्त्रक इन्द्र काफ्ले, डा। निमा शेर्पा, कमल थापा, लक्ष्मी पोखरेल लगायतले बौद्ध दर्शन र योगका विषयमा विद्यालय तहदेखि नै नयाँ पाठ्यक्रम आवश्यक रहेको बताए ।

    गोष्ठीमा नेपालसहित थाइल्यान्ड, फ्रान्स, स्टोनिया, म्यानमार, जापान, बंगलादेश, भारत, ताइवान, श्रीलंका, पोर्चुगल, नर्वेलगायत देशका बौद्ध भिक्षु तथा विज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका थिए ।

    Post Views: 178
    प्रकाशित मिति: २०८१ बैशाख २४, सोमबार ०२:३२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !
    इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार
    अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित
    Advertisement
    ताजा अपडेट
    • १. इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !

    • २. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • ३. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • ४. अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    चर्चित
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.