• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

भगवान कोइरालाको बाल अस्पताललाई मीनबहादुरको ४१ करोड सहयोग

  •  
  • २०८१ बैशाख ३०, आईतवार ०१:३२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भाटभटेनी सूपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड सहयोग घोषणा गरेका छन्।कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बन्न लागेको छ। निर्माणाधीन अस्पताल क्षेत्रमै पुगेर गुरुङले कोइरालाको अभियानमा साथ दिने प्रतिवद्धता जनाउँदै ४१ करोड रुपैयाँ सहयोगको घोषणा गरेका हुन्। शुक्रबार अपराह्न गुरुङ काठमाडौंको हेपाली हाइटस्थित अस्पताल निर्माणाधीन क्षेत्रमा पुगेका थिए।डा. कोइरालाले आफ्नो नेतृत्वमा रहेको टिमले अहिलेसम्म गरेका कामका बारेमा गुरुङलाई फेहरिस्त बताए।

    डा. कोइरालाको भनाई सुनिसकेपछि गुरुङले सोधे– तपाईंलाई अस्पताल बनाउन अब कति सहयोग आवश्यक पर्छ? हामीबाट कस्तो भवन अपेक्षा गर्नुभएको छ? डा. कोइरालाले अहिलेसम्म उठेको रकम, प्रतिवद्धता आएको र नजुटेको सम्बन्धमा जानकारी गराएपछि गुरुङले भने– मैले तपाईंको यो प्रोजेक्टका लागि ४१ करोड रुपैयाँ सहयोग गर्छु।”  गुरुङ त्यतिमा रोकिएनन् उनले यसअघि त्रिवि शिक्षण अस्पतालमा गरेको सहयोगको स्मरण गर्दै भने, “घरमा पनि सबैलाई यो कुरा नभनी यहाँ आएको थिएँ। पार्टनरलाई २५ करोडसम्म सहयोग गर्न सक्छु भनेको थिएँ तर यहाँ आइसकेपछि मैले ४१ करोड सहयोग गर्ने घोषणा गरेँ।” गुरुङले यस्तो घोषणा गरेपछि डा. भगवान कोइराला केहीबेर भावुक बने। कोइरालाले भने,“हामीले पैसा नै नभएको बेला बनाउन थालेका हौँ। मैले यो खुसीको क्षणलाई बयान गर्नै सकेको छैन। अहिले मैले यतिमात्रै भन्छु– इट इज ह्युज अमाउन्ट। दिस इज गेम चेन्जर।”उनले अहिले घोषणा भएको यो सहयोगले देशका लागि केही गर्न खोज्ने व्यक्तिको कमी नभएको उल्लेख गरे। “यो सहयोगले बिग भिजनलाई अब सम्पन्न हुने बनायो ।

    म फेरि पनि भन्छु यो भगवान कोइराला या बोर्डको मात्रै होइन। देशकै लागि गरिएको काम हो। आज मिनबहादुरजी पिलर बनेर आउनुभयो,”कोइरालाले भने, “नेपालमा पनि यस्तो मन खोलेर सहयोग गर्ने व्यक्ति हुनुहुन्छ भन्न पाउँदा हामीलाई गर्व लागेको छ। यो आम नेपालीको लागि खुसीको कुरा हो।” कोइरालाले काठमाडौंसहित सातवटै प्रदेशमा बाल अस्पताल बनाउने अभियान अघि सारेका छन्। कोसी प्रदेशको झापामा एक वर्षअघि नै बाल अस्पताल सम्पन्न भइसकेको छ। अब काठमाडौंसहित बाँकी प्रदेशमा बाल अस्पताल निर्माण हुनेछ। “अहिले पनि दमकस्थित बाल अस्पतालमा दैनिक तीन सय बालबालिकाको उपचार भइरहेको छ,” उनले भने,“यो अस्पतालले पूर्व क्षेत्रमा धेरै सहयोग गरेको हामीले पाएका छौँ।” सहयोग रकम घोषणापछि भाटभटेनीका अध्यक्ष गुरुङले पनि राम्रो कामका लागि सहयोग गर्न पाउँदा आफूलाई भित्रैबाट खुसी लागेको बताए। “राम्रो काम गर्न पाउँदा मलाई खुसी लागेको छ,” उनले भने, “घरबाट आउँदा २५ करोड सहयोग गर्ने तयारी थियो। जसले राम्रो काम गर्छ उसलाई सहयोग गर्नुपर्छ भन्ने मलाई यहाँ लाग्यो पनि। त्यसैले मैले ४१ करोड सहयोग रकमको घोषणा गरेँ।” गुरुङले अहिलेको समयमा धेरैलाई समस्या रहे पनि कसैले राम्रो काम गर्छ भने उसलाई सहयोग गर्न सबै तयार हुनुपर्ने र त्यो देशकै लागि सहयोग हुने बताए। “यो निस्वार्थ भावले गरेको काम हो। त्यसैले स्वार्थरहित काममा सहयोग गर्न पाउनु मेरो खुसीको कुरा हो,” उनले भने। भाटभटेनी सुपरमार्केटका अध्यक्ष गुरुङले यसअघि त्रिवि शिक्षण अस्पतालमा दुईवटा भवन निर्माण गरिदिएका छन्। २०६८ सालमा बुबा वृषबहादुर गुरुङ र आमा धनमाया गुरुङको नाममा इमर्जेन्सी भवन बनाइदिएका छन्।

    उक्त भवन ११ करोड रुपैयाँमा निर्माण गरिएको थियो भने भूकम्पपछि सोही स्थानमा उनले अर्को भवन पनि निर्माण गरिदिए। पछिल्लो ईएचएस भवन १५ करोड लागतमा निर्माण गरिदिएका हुन्। गुरुङले अहिलेसम्म १४ जनालाई एमबीबीएस अध्ययन गराएका छन्। रोल्पा, खोटाङ, मुगु, डोल्पा, बैतडी, दार्चुला, संखुवासभा, ताप्लेजुङ, पाँचथर र कालीकोटका गरी १४ जनालाई एमबीबीएस तहको अध्ययन गराएका हुन्। उनीहरुको सम्पूर्ण खर्च भाटभटेनीले नै बेहोर्दै आएको छ। भाटभटेनीले अहिले पनि ४१ करोड बराबरको भवन निर्माण गरिदिने घोषणा गर्दै गुरुङले उक्त भवन अहिलेसम्मकै अत्याधुनिक हुने बताए। करिब एक लाख स्क्वायर फिटको अत्याधुनिक भवन निर्माण गरेर बाल अस्पताललाई हस्तान्तरण गर्ने योजना छ। बनाइदिने यो भवनमा बेसमेन्ट पार्किङ, इमर्जेन्सी, त्यहाँ २० शैया रहनेछ भने सोही भवनमा आईसीयू, एनआईसीयूलगायत कक्ष रहनेछन् भने माथि हेलिप्याड पनि रहनेछ।

    डा. कोइरालाले अहिलेसम्म जुटेको रकम सबै एकदमै पारदर्शी रुपमा खर्च भइरहेको उल्लेख गर्दै जुन प्रयोजनका लागि सहयोग आएको छ त्यहीँमात्रै खर्च हुने बताए। “हाम्रो प्रतिवद्धता के छ भने अहिलेसम्म जति पनि सहयोग आयो। एक दुईजनाबाहेक जसले जे प्रयोजनका लागि सहयोग गरेको हो त्यहीँ नै खर्च गर्छौँ,” उनले भने, “त्यो भवनको नाम, उहाँको नाममा या उहाँले इच्छाइएको व्यक्तिको नाममा हुनेछ। अहिलेसम्म डुब्लिकेट नहुनेगरी काम गरिएको छ।” कोइरालाले गएको तीन चार वर्ष यही प्रोजेक्टका लागि आफू निकै कम समय मात्रै आराम गरेको बताउँदै भने,“पहिले सहजै बनाउन सकिएला भनेका थियौँ यो चार वर्षको अवधिमा म ६ महिनामात्रै सुतेको हुँला। कोभिड भयो, आर्थिक संकट देखियो। सक्ने मान्छे पनि नसक्ने भए। सोचेजस्तो सजिलो भएन। देखिएको थिएन तर आजको यो घोषणाले मलाई उत्साही बनाएको छ। अब भने पक्का यो अस्पताल निर्माण हुनेछ।”

    Post Views: 150
    प्रकाशित मिति: २०८१ बैशाख ३०, आईतवार ०१:३२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई
    Advertisement
    ताजा अपडेट
    • १. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • २. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ३. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ४. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    • ५. अख्तियारमा उजुरीः स्थानीय तहमा भ्रष्ट्राचार बढेको की जनता सचेत भएका ?

    चर्चित
    • १. चुनाव बिथोलिने डरले जाँचबुझ आयोगको म्याद फागुन २४ (२५ दिन) सम्मलाई थपियो

    • २. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • ३. ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

    • ४. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.