• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

चिनबाट फर्किएलगत्तै पुटिन युक्रेन युद्ध रोक्ने मनस्थितिमा किन पुगे ?

  •  
  • २०८१ जेष्ठ १४, सोमबार ०५:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    चिन भ्रमणबाट फर्किएलगत्तै राष्ट्रपति भ्लादिमिर पुटिनले शान्ति वार्ताका लागि युक्रेनसँग संवाद गर्ने संकेत देखाएका छन् । दुई साताअघि चीनबाट यस्तो सन्देश दिएका उनले फेरि युद्ध रोक्न रूस सकारात्मक रहेको संकेत गरेको अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । युद्ध सुरू हुनुअघि इस्तानबुलमा तयार भएको सहमति पत्रलाई आधार मान्दै शान्ति वार्ता गर्न पुटिन तयार रहेको रोयटर्सलाई उदृत गर्दै सीएनएनले प्रमुखताका साथ समाचार प्रसारण गरेको छ । गत फेब्रुअरीमा अमेरिकन टेलिभिजन प्रस्तोता टकर कार्ल्सनलाई पुटिनले अर्न्तवार्ता दिएका थिए । त्यसमा युक्रेनले नै इस्तानबुलको सहमति रद्दीको टोकरीमा फालेपछि युद्ध नरोकिएको बताएका थिए ।

    उनले भनेका थिए, ‘युद्ध अन्त्यका लागि पहल वा वार्ता नभएका होइनन् । गत वर्ष इस्तानबुलमा यसको प्रयत्न भएकै हो । सम्झौताका लागि निकै उच्च तहमा पहल भएकै हुन् । इस्तानबुलमा हामीलाई किभबाट सैनिक फिर्ता हुनुपर्ने भनियो । मैले फ्रान्स र जर्मनीका मेरा समकक्षीसँग कुरा गर्दा उनीहरुले सम्झौताका लागि यो कदम आवश्यक भनेँ । मैले पनि किभबाट सेना फिर्ता गर्ने भनिदिएँ । जसै, त्यो निर्णय रुसले लियो त्यही बखत सम्झौताका बुँदा युक्रेनले डस्टविनमा फालिदियो । बेलायत र अमेरिकाको उक्साहट हामीमाथि सैन्य आक्रमण बढायो ।’ बेलारूसका राष्ट्रपति अलेक्जेण्डर लुकासेन्को मस्को भ्रमणमा गएका बेला पुटिनले शान्ति वार्ताको संकेत गरेका हुन् । यो निकै महत्वपूर्ण संकेत रहेको छ । युक्रेनसँग युद्ध सुरु हुनु अगाडि पनि लुकासेन्कोसँगै उनले युद्धको संकेत मात्रै नभएर युक्रेनविरुद्धका सैन्य गतिविधिका लागि बेलारूसको भूमि समेत प्रयोग गरेका थिए ।

    लुकासेन्कोको भ्रमणमा पुटिनले यसपटक दुई मुलुकबीच आणविक हतियारको अभ्यासबारे मात्रै नभएर युद्ध रोक्न शान्तिवार्ताको संकेत पनि गरेको रोयटर्समा उल्लेख छ । युद्धका कारण युक्रेनमा चुनाव हुन सकेको छैन । त्यसैले पुटिनले युक्रेनका वर्तमान राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीको वैद्यतामाथि प्रश्न उठाइरहेका छन् । आर्थिक रुपमा पनि रुस टाट पल्टिन लागेको बताइएको छ । जसका कारण उसलाई युद्ध घाँडो सावित हुँदै गएको छ । अनुसन्धान अनुसार युक्रेन युद्धमा रुसले ३ बर्षको रक्षा बजेट भन्दा पनि बढी आर्थिक क्षति व्यहोर्नु परेको जनाएकोछ । जसका कारण रुस अबको दिनमा लडाई कुनै पनि बहानामा छोट्याउन चाहान्छ ।

    यहीबीचमा युक्रेनका पूर्वराष्ट्रपति भिक्टोर यानुकोभिच बेलारूस पुगेका थिए । यानुकोभिचका समर्थकहरू मारिएपछि सन् २०१४ मा उनले युक्रेन छोडेका थिए । पुटिन र लुकासेन्कोको हालको भेट युक्रेनमा हुने चुनावबाट आफू निकटलाई सत्तामा ल्याउने कोशिसका लागि पनि भएको आँकलन भइरहेको छ ।
    रूसी राष्ट्रपति पुटिन दुई साताअघि चीन समेत पुगेका थिए । त्यहाँ पनि उनले शान्तिवार्ताको संकेत गरेका थिए । वार्तामा बस्न आफू तयार रहेको भन्दै पुटिनले भनेका थिए, ‘युद्ध अन्त्यका लागि संवाद गर्न रूस सधैँ खुला छ । युद्धमा संलग्न सबै राष्ट्रको हित हुनेगरी हामी सम्झौताका लागि तयार छौँ । हाम्रो धारणा चीनले राम्रोसँग बुझेको छ।’ त्यसै गरी रुस यो युद्धमा एक्लै लडी रहेको छ । जसरी यूक्रेनलाई अमेरिका र नेटोले सहयोग गरी रहेकोछ । चिन र ईरानले नरुस्लाई नैतिक समर्थन जनाए पनि खासै आर्थिक लाभ लिन सकेका छैनन । त्यसैले पनि पुटिनले थप आर्थिक क्षति हुन नदिन अनेक बहाना बनाई रहेका छन । हारेको पनि नदेखियोस र युद्ध पनि रोकियोस ।

    युद्धको अग्रमोर्चामा हालैका महिनामा सफलता हात पारिरहेको रूसले किन शान्ति वार्तालाई अहिले निकै प्राथामिकता दिएको छ त ? यसको लागि रूसको रणनीति बुझ्नुपर्ने हुन्छ । क्रेमलिनले कुटनीतिलाई जहिले पनि सैन्य उपकरणका रूपमा लिन्छ । उदाहरणका लागि सन् २०१५ मा सिरियामा भीषण हमलापछि उसले शान्ति वार्ताको कुरा गर्‍‍यो । यस्तै सन् २०१५ मा युक्रेनको भूभागमा आफ्नो सेना पठाएसँगै उसले शान्तिको प्रस्ताव गर्‍यो । शान्ति वार्ताको रूसको संकेतलाई संशयका रूपमा हेर्ने भन्दा पनि यसलाई आजको आवश्यकताका रूपमा लिनुपर्ने मत रहेको छ । थप हिंसाविनै उपयुक्त परिणाम आउने अवस्थामा र युद्ध रोकेर प्रतिद्वन्द्वीलाई सम्झौतामा प्रोत्साहित गर्ने उद्देश्यले रूस अघि बढेको देखिन्छ । मस्कोले दुई कारणले शान्ति वार्तालाई प्राथमिकतामा राखेको छ ।

    पहिलो, जुनमा स्वीटजरल्याण्डमा हुन गइरहेको शान्ति सम्मेलन । पश्चिमा गठबन्धनले गर्ने शान्ति सम्मेलनमा रूसबारे छलफलमात्रै नभएर युद्ध नरोकिएको अवस्थामा थप सहयोगबारे छलफल र सम्झौता हुनसक्छ । त्यसअगावै शान्तिको पहल गर्ने क्रेमलिनको कोशिस छ । जेलेनेस्कीले युद्ध अन्त्यका लागि चीनसँग आशा रहेको बताएका छन् । त्यसैले पुटिन स्वयंले हाललाई बेइजिङलाई सम्झौताको अग्रभागमा नल्याउनका निम्ति आफैँले पहल गरिरहेका छन् ।स्वीटजरल्याण्डको सम्मेलनबाट शान्तिको सहमति हुने संभावना निकै न्युन छ । तर त्यस सम्मेलनले पश्चिमालाई रूसले दिएको चुनौतीबारे विस्तृत रणनीतिक खाका स्वभाविक रूपमा गर्ने देखिन्छ । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले जुनको शान्ति सम्मेलन विथोल्ने प्रयत्नले पुटिनले हाल शान्ति वार्तालाई प्राथमिकतामा राखेको आरोप लगाइसकेका छन् । ‘युद्ध रोक्ने पुटिनको मनसायनै छैन । स्वीटजरल्याण्डमा हुने सम्मेलनबाट उनी अत्तालिएका छन् । त्यसैले अहिले शान्तिवार्तालाई प्राथामिकतामा राखेझैँ गरेका हुन्’, उनले एक्समा लेखेका छन् ।

    दोस्रो, पुटिनले युरोपमा पपुलिस्टहरुको उदय र अमेरिकी राष्ट्रपतीय निर्वाचनबाट रिपलब्लिकनको प्रशासन आउनसक्ने हुनाले युद्ध यसैपनि रोकिने अपेक्षा राखेका छन् । पश्चिमाहरुका लागि यो युद्ध निकै खर्चिलो बनिसकेको छ । अमेरिकाले गत महिनामात्रै युक्रेनलाई ६१ अर्ब डलर बराबरको सहयोग घोषणा गरेको थियो । युद्ध अन्त्य भएको हेर्न चाहने पश्चिमाहरु क्रेमलिनले चाहेमा युद्ध अन्त्य हुने विश्वास राख्छन् । यता, डोनाल्ड ट्रम्पले आफूले २४ घण्टाभित्रै युद्ध रोक्न सक्ने बारम्बार बताएका छन् । नेटोका अन्य सदस्यहरु भने वार्ताको टेबलमा क्रेमलिनलाई विश्वास गरिहाल्ने परिस्थिति नआएको बताउँछन् ।

    Post Views: 24
    प्रकाशित मिति: २०८१ जेष्ठ १४, सोमबार ०५:०१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    वैदेसिक रोजगारीमा जाने झन बढे, दैनिक २३ सय
    विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सर्वोच्चको आदेश
    २०२१ भन्दा पहिला अमेरिका आएका आप्रवासीलाई “वर्क परमिट” दिन तल्लो सदनमा विधेयक प्रस्तुत
    Advertisement
    ताजा अपडेट
    • १. वैदेसिक रोजगारीमा जाने झन बढे, दैनिक २३ सय

    • २. विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सर्वोच्चको आदेश

    • ३. २०२१ भन्दा पहिला अमेरिका आएका आप्रवासीलाई “वर्क परमिट” दिन तल्लो सदनमा विधेयक प्रस्तुत

    • ४. अमेरिकी राष्ट्रपति ट्रम्पले लगाएको ट्यारिफका कारण अमेरिकालाई ४७ अर्ब डलर फाइदा !

    • ५. क्रिप्टोकरेन्सी ’बिटकोइन’को मूल्य बढेर पहिलो पटक एक लाख २० हजार

    चर्चित
    • १. नेपालकै पुरानो टिभी च्यानल ईमेज च्यानल कामना प्रकासन समुहले किन्यो

    • २. अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा हुने ’सेटिङ’ भत्काउन कर्मचारी खटनपटनमा फेरबदलीमा नयाँ प्रयोग

    • ३. अमेरिकाको लुजियाना विश्वविधालयमा पढ्ने २ नेपाली विधार्थीको कार दुर्घटनामा निधन, २ घाईते

    • ४. अमेरिकाको लुजियाना विश्वविधालयमा पढ्ने २ नेपाली विधार्थीको कार दुर्घटनामा निधन, २ घाईते

    • ५. विनाभिषा आउनेका लागि “अमेरिकी सपना”मा लागेको पर्खालः अमेरिका–मेक्सिको र क्यानडा सीमाको रोचक तथ्यहरु !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.