• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

टि २० विश्वकपः नेदरल्याण्डसंग नेपाल पराजित, सन्दिपको अभाव खड्कियो, श्रीलंकासँग फ्लोरिडामा अर्को खेल

  •  
  • २०८१ जेष्ठ २३, बुधबार ०१:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    आइसिसी टी(२० विश्वकप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा खराब ब्याटिङ गर्दा नेपाल पराजित भएको छ। अमेरिकाको टेक्सासको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा नेपालले नेदरल्यान्ड्ससँग ६ विकेटको हार बेहोर्‍यो। नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८।४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। नेदरल्यान्ड्सका लागि ओपनिङ ब्याटर म्याक्स ओडाउडले अर्धशतक प्रहार गरे। उनले नटआउट ५४ रन प्रहार गर्ने क्रममा ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

    त्यसअघि अर्का ओपनर माइकल लेभिटलाई सोमपाल कामीले दोस्रो ओभरमा १ रनमै आउट गरेका थिए। त्यसपछि दीपेन्द्रसिंह ऐरीले विक्रमजित सिंहलाई नवौं ओभरमा २२ रनमा एलबिडब्लूको धरापमा पारेका थिए। साइब्रड एन्गेलब्रेचलाई सोमपाल कामीले १४ रनमा आउट रनआउट गर्दा अभिनास बोहराले कप्तान स्कट इडवार्डलाई ५ रनमा बोल्ड गरे।
    खेलमा नेपालका कप्तान रोहित पौडेलले १८औं ओभरमा ओुडाउडको क्याच मिस गरेका थिए। त्यतिबेला उनी ४१ रन बनाएर खेलिरहेका थिए। बलिङमा नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अभिनास बोहराले १(१ विकेट लिए। खेल विज्ञहरुले यसपटककोनेपालको हार जुन झिनो कमजोरी देखियो यदि सन्दिप भएको भए सायदै नेपालले नेदल्याण्डलाई जित्न सक्थ्यो ।
    टेक्सासमा नेपालीको खेल हेर्न व्यापक मात्रामा नेपालीहरुको उपस्थिति रहेको थियो । अमेरिकाका विभिन्न राज्यहरुबाट नेपालीहरु क्रिकेट हेर्न टेक्सास पुगेका थिए ।

     

    नेपाल १०६ रनमै अलआउट

    अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४ बल खेल्न बाँकी छदा १०६ रनमै अलआउट भयो। ग्रान्ड प्रिएरी मैदानमा नेपाली समर्थकको भरपुर साथ पाए पनि ब्याटिङमा भने सोचे जस्तो प्रदर्शन हुन सकेन।

    १५ हजार दर्शक क्षमताको रंगशालामा ६ हजार ८ सय दर्शकको उपस्थिति भएको आइसिसीले आधिकारिक तथ्यांक उपलब्ध गराएको थियो। जहाँ अधिकांस दर्शक नेपाली थिए। लगातार विकेट गुमाएको नेपालका लागि रोहित पौडेलले ३५ रन जोडे। १६औं ओभरमा सातौं विकेटको रूपमा पेभिलियन फर्कनुअघि रोहितले ३७ बलमा ५ चौका प्रहार गरे।

    नेपाली ब्याटर विरूद्ध नेदरल्यान्ड्सका स्पिनर टिम प्रिङगनल हाबी भए। उनले कप्तान रोहितसहित कुशल भुर्तेल  र अनिल साहलाई आफ्नो सिकार बनाएका थिए। उनले चार ओभरमा २० रन खर्चिदा ३ विकेट लिए। नेपालले दोस्रो ओभरदेखि नै विकेट गुमाउन थालेको थियो। ओपनर आसिफ शेख दोस्रो ओभरको अन्तिम बलमा प्रिङगनलको बलमा ७ रनमा क्याच भए। चौथो ओभरको पहिलो बलमा कुशल भुर्तेल ७ रन बनाएर खेलिरहदा भान वीकको एलबिडब्लूको धरापमा परे।

    यस्तै तेस्रो नम्बरमा ब्याटिङमा आएका अनिल साह पनि चल्न सकेनन्। उनी आठौं ओभरमा ११ रन जोडेर प्रिङगनलकै बलमा क्याच हुन पुग्दा नेपालले आठौं ओभरमा ४० रन जोड्दा ३ विकेट गुमाएको थियो।

    दशौं ओभरमा नेपालले चौथो विकेट गुमायो। कुशल मल्ललाई ९ रनमा भान मकेरेनले म्याक्स ओ’डाउडको हातबाट क्याच गराए। लगत्तैको ओभरमा दीपेन्द्रसिंह ऐरी १ रनमा बास डी लीडको बलमा भान वीकबाट क्याच भए।

    कप्तान रोहित आउट हुनुअघि सोमपाल कामी शून्यमा मकेरेनबाट बोल्ड भएका थिए। १९औं ओभरमा डी लिडको बलमा क्याच भएका करण केसीले १२ बलमा ६ छक्काको मद्दतमा १७ रन जोड्दा नेपाललाई केही राहत मिलेको थियो।

    अन्तिम ओभरको पहिलो बलमा गुल्सन झा १४ रनमा भान वीकबाट बोल्ड भए। उनले १५ बलमा १ छक्का प्रहार गरे। लगत्तैको बलमा अभिनास बोहरा क्याच भए।

    बलिङमा नेदरल्यान्ड्सका प्रिङगनल र भान वीकले पनि ३-३ विकेट हात पारे। डी लिड र मकेरेनले २-२ विकेट लिन सफल भए।

    अब नेपालले दोस्रो खेल जुन ११ मा श्रीलंकासँग फ्लोरिडामा खेल्नेछ।

    Post Views: 100
    प्रकाशित मिति: २०८१ जेष्ठ २३, बुधबार ०१:१४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?
    यस्तो छ निर्वाचन कार्यतालिका ?
    पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?

    • २. यस्तो छ निर्वाचन कार्यतालिका ?

    • ३. पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा

    • ४. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ५. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    चर्चित
    • १. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    • २. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ३. अमेरिकी सरकार ४२ दिन लामो सटडाउन खुल्ने, सिनेटबाट पारित, संसदमा मतदान हुँदै

    • ४. फिर्ता भएका ११ राजदूतमध्ये चारजनाले दिए राजीनामा

    • ५. विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दुतावासमा मतदान गर्ने व्यवस्था !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.