• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी पूर्वसभामुख पेलोसी ६ अमेरिकी सांसदको प्रतिनिधिमण्डलसहित  भारतमा

  •  
  • २०८१ असार ६, बिहीबार ०८:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी तल्लो सदनकी पूर्व सभामुख न्यान्सी पेलोसी २ दिने भारत भ्रमणमा आएकी छन् । पेलोसीले तिब्बती धर्मगुरु दलाई लामासँग भेट गर्न भारत आएको मिडिया रिपोर्टमा बताइएको छ । पेलोसी ६ अमेरिकी सांसदको प्रतिनिधिमण्डलसहित भारत आएकी छन् ।

    न्यान्सी यसअघि मे २०१७ मा दलाई लामालाई भेट्न भारत आएकी थिइन् । त्यसपछि चीनले अमेरिकालाई तिब्बत मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएको थियो। पेलोसीले लामो समयदेखि तिब्बतको स्वतन्त्रतालाई समर्थन गर्दै आएकी छन् ।

    अमेरिकामा जुन १२ मा तिब्बतसँग सम्बन्धित विधेयक पारित भएको थियो । तिब्बतबारे चीनले विश्वभर फैलाएको झुटको अमेरिकाले जवाफ दिने बताएको थियो । यस अवधिमा अमेरिकी अधिकारीहरूले तिब्बत आफ्नो हिस्सा भएको चीनको दाबीलाई पनि अस्वीकार गर्नेछन् ।

    तिब्बतलाई समर्थन गरेकोमा चीनले सधैं अमेरिकाको विरोध गर्दै आएको छ । यस्तो अवस्थामा न्यान्सी पेलोसीको यो भ्रमणले थप विवाद बढाउन सक्ने विश्लेषण गरिएको छ ।पलोसी त्यही अमेरिकी नेता हुन् जसको २०२२ मा ताइवानको भ्रमणलाई चीनले धम्की दिएको थियो । त्यसपछि न्यान्सीको विमानलाई अमेरिकी नौसेना र वायुसेनाका २४ उन्नत लडाकु विमानहरूले एस्कर्ट गरेका थिए । यस अवधिमा चीनले ताइवानलाई चारैतिरबाट घेरेर युद्धअभ्यास पनि गरेको थियो ।

    न्यान्सी पेलोसीले धर्मशालाको २००८ भ्रमणको क्रममा अमेरिकाले तिब्बतमा मानव अधिकारको रक्षा गर्न आफ्नो कार्य जारी राख्ने बताएकी थिइन् । उनले सन् २०१९ मा संसदमा ‘द तिब्बत नीति ऐन’ पारित गर्न सहयोग गरेकी थिइन् । 

    यस कार्यमार्फत अमेरिकाले तिब्बतको पहिचान बचाउन आवाज उठाएको छ । पेलोसीकै कारण अमेरिकामा दलाई लामाको कद बढेको छ ।

    Post Views: 96
    प्रकाशित मिति: २०८१ असार ६, बिहीबार ०८:१४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?
    यस्तो छ निर्वाचन कार्यतालिका ?
    पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?

    • २. यस्तो छ निर्वाचन कार्यतालिका ?

    • ३. पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा

    • ४. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ५. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    चर्चित
    • १. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    • २. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ३. अमेरिकी सरकार ४२ दिन लामो सटडाउन खुल्ने, सिनेटबाट पारित, संसदमा मतदान हुँदै

    • ४. फिर्ता भएका ११ राजदूतमध्ये चारजनाले दिए राजीनामा

    • ५. विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दुतावासमा मतदान गर्ने व्यवस्था !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.