• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

सन्दिप, रोहित र दीपेन्द्र क्यानडामा फ्रान्चाइज लिग क्रिकेट खेल्दै

  •  
  • २०८१ असार ८, शनिबार ११:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली राष्ट्रिय टोलीका अल राउन्डर दीपेन्द्र सिंह ऐरी र लेग स्पिनर सन्दिप लामिछानेले एकै टोलीबाट फ्रान्चाइज लिग क्रिकेट खेल्ने भएका छन् ।

    क्यानडियन लिग ग्लोबल टि-२० को ड्राफ्टमा सन्दिप र दीपेन्द्र भ्यानकुभर नाइट्सले अनुबन्ध गरेको हो । दीपेन्द्रले यसअघि २०२३ को संस्करण मोन्ट्रियल टाइगर्स बाट खेल्दै उपाधि समेत जितेका थिए ।

    उता विभिन्न फ्रान्चाइज लिग हरुको अनुभव बोकिरहेका सन्दिपले पनि मोन्ट्रियल र टोरोन्टोमा अनुबन्ध भएर यस लिग खेलिसकेका छन् ।

    सन्दिप र दीपेन्द्र सँगै भ्यानकुभमा पाकिस्तानका बाबर आजम, मोहम्मद आमिर र मोहम्मद रिजवान समेत रहेका छन् । यस्तै टोलीमा पल भ्यान मिकरेन र रुबेन ट्रम्पलम्यान जस्ता अनुभवी एसोसिएट खेलाडी र दक्षिण अफ्रिकाका डवेन प्रिटोरियस समेत रहेका छन् ।

    सन्दिप र दीपेन्द्र बाहेक नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल समेत टोरन्टो नेशनल्समा अनुबन्ध भएका छन् । यस संस्करणको ग्लोबल टि-२० लिग जुलाई २५ देखि सुरु हुँदै छ ।

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल पहिलो पटक फ्रान्चाइज टि-२० लिग खेल्ने भएका छन् । रोहितले क्यानडियन ग्लोबल टि-२० लिग टोली टोरोन्टो नेशनल्सबाट खेल्ने भएका हुन् ।

    शनिबार बिहान सम्पन्न खेलाडी ड्राफ्टमा रोहितलाई टोरोन्टोले लिन सफल भएको हो । रोहित बाहेक टोरोन्टोमा पाकिस्तानका तीब्र गतिका बलर शाहीन शाह अफ्रिदी समेत रहेका छन् ।

    न्यूजिल्यान्डका कोलिन मन्रो, वेस्ट इन्डिजका रोमारियो शेफर्ड र दक्षिण अफ्रिकाका र्यासी भ्यान डर डसन समेत टोरोन्टोमा रहेका छन् ।

    यस्तै पाकिस्तानका स्पिनर मोहम्मद नवाज, बंगलादेशमा ऋषाद होसेन, अमेरिकाका आन्द्रेस गुस र क्यानडाका कप्तान साद बिन जफरलाई पनि टोरोन्टोले अनुबन्ध गरेको छ ।

    रोहित बाहेक नेपालका सन्दिप लामिछाने र दीपेन्द्र सिंह ऐरी समेत आउँदो सिजनको ग्लोबल टि-२० खेल्नेछन् । यस संस्करणको लिग जुलाई २५ देखि सुरु हुँदैछ ।

    Post Views: 127
    प्रकाशित मिति: २०८१ असार ८, शनिबार ११:२४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि
    स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने
    इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति

    • ४. नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा

    • ५. कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ४. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.