• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

आप्रावासन नीति सच्याउन पोर्चुगलका राष्ट्रपतिलाई नेपालसहित ५१ आप्रवासी संस्थाद्धारा ज्ञापान पत्र

  •  
  • २०८१ श्रावण २, बुधबार ०४:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डि सौसासँग नेपालसहितका आप्रवासी सङ्घसंस्थाका प्रतिनिधिले संयुक्त भेटवार्ता गरेका छन् । लिस्बनस्थित राष्ट्रपतिको निवास बेलेम प्यालेसमा सम्पन्न सो भेटवार्तामा आप्रवासीका लागि ऐक्यबद्धता एशोसिएसनका अध्यक्ष टिमोटियो म्यासेडोको नेतृत्वको टोलीले पोर्चुगल सरकारले हालै जारी गरेको आप्रवासन नीति सच्याउन माग गरेको थियो ।

    टोलीमा सहभागी नेपाली प्रतिनिधि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य राजकुमार थापाले भेटवार्तामा टोलीले पोर्चुगल सरकारले हालै परिवर्तन गरेको आप्रवासनसम्बन्धी नीतिनियमका कारण आप्रवासीमा देखापरेका समस्या र कठिनाइका विषयमा राष्ट्रपतिसमक्ष ध्यानाकर्षण गराएको बताए । आप्रवासनसम्बन्धी नीतिनियमका कारण लाखौँ आप्रवासी प्रभावित भएको जनाउँदै सो विषयमा पुनःविचार गरी संशोधन गर्न आग्रह गरिएको उनले बताए । सदस्य थापाले टोलीले आप्रवासीलाई कडाइ नगर्न आप्रवासी प्रतिनिधिहरूले राष्ट्रपतिसमक्ष आग्रह गरेको सुनाए । सोही अवसरमा थापाले गैरआवासीय नेपाली संघ पोर्चुगलले प्रकाशन गरेको ‘नेपाल–पोर्चुगल दर्पण’ स्मारिका राष्ट्रपतिलाई हस्तान्तरण गरेका थिए । पुस्तक ग्रहण गर्दै राष्ट्रपति सौसाले नेपाल- पोर्चुगलको साँस्कृतिक र सामाजिक सम्बन्ध झल्काउने स्मारिका प्रकाशन गरेकोमा खुशी हुदै धन्यवाद ब्यक्त गरेको थापाले बताए ।

    थापाका अनुसार आप्रवासी प्रतिनिधिले राखेको आप्रवासनसम्बन्धी परिवर्तन भएको नीति र आप्रवासीका समस्याका विषयमा राष्ट्रपति सौसाले विशेष चासो व्यक्त गर्दै आफ्नो ध्यानाकर्षण भएको जवाफ दिएका थिए । सो अवसरमा टोलीले आप्रवासीका समस्या र कठिनाइका विषयमा ५१ आप्रवासी संघसंस्थाका प्रतिनिधिहरूले हस्ताक्षर गरेको ज्ञापनपत्र राष्ट्रपति समक्ष हस्तान्तरण गरेको थियो । गत महिना पोर्चुगल सरकारले आप्रवासनसम्बन्धी नयाँ नीति लागू गर्दै आप्रवासीका लागि कडाइ गरेपछि आप्रवासीहरू प्रभावित भएका छन् । सरकारले यहाँको आवास अनुमतिका लागि आवेदन दिने प्रकिया नै बन्द गरेपछि आप्रवासीहरू प्रभावित भएका हुन् । भेटवार्तामा नेपालसहित, ओल्हो भिभो, केप भर्डे, गिनी, बंगलादेश र ब्राजिलका आप्रवासी संघका सात सदस्यीय प्रतिनिधि सहभागी भएका थिए ।

    गत महिना पोर्चुगल सरकारले आप्रवासनसम्बन्धी नयाँ नीति लागू गर्दै आप्रवासीका लागि कडाइ गरेपछि आप्रवासीहरू प्रभावित भएका छन् । सरकारले यहाँको आवास अनुमतिका लागि आवेदन दिने प्रकिया नै बन्द गरेपछि आप्रवासीहरू प्रभावित भएका हुन् ।

     

    Post Views: 177
    प्रकाशित मिति: २०८१ श्रावण २, बुधबार ०४:३१
    Advertisement
    संबन्धित शिर्षकहरु
    जापान र दक्षिण कोरियामा नेपाली विधार्थीको आत्महत्या किन बढी रहेको छ ?
    भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या २३५ पुग्यो, ४ हजार भन्दा बढी घाइते
    भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !
    Advertisement
    ताजा अपडेट
    • १. जापान र दक्षिण कोरियामा नेपाली विधार्थीको आत्महत्या किन बढी रहेको छ ?

    • २. भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या २३५ पुग्यो, ४ हजार भन्दा बढी घाइते

    • ३. भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !

    • ४. ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

    • ५. अमेरिकामा रहेका नेपालीलाई मातृभूमिमा लगानी गर्न आग्रह

    चर्चित
    • १. विश्व कूटनीतिमा महिला सहभागिता २२ प्रतिशत, राष्ट्रसंघ प्रतिनिधिमा ७ प्रतिशत !

    • २. जापान र दक्षिण कोरियामा नेपाली विधार्थीको आत्महत्या किन बढी रहेको छ ?

    • ३. अमेरिकी राजनीतिमा होमिएका अर्का नेपाली सतिस चापागाई

    • ४. लियोनल मेसीको नाममा विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान

    • ५. भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.