• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

उपसभामुख रानालाई पदबाट हटाउन सांसदद्धारा संसदमा माग (९ लाख लिएको टेलिफोन संवादसहित)

  •  
  • २०८१ श्रावण ५, शनिबार ०६:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकाको भिसा दिलाउन पदीय हैसियतको दुरुपयोग गर्दै पत्र लेखेका कारण सबत्र् आलोचनामा परेकी उपसभामुख इन्दिरा रानाविरुद्ध संसदीय समितिमा उजुरी परेको छ । पदीय दुरुपयोग गरेका कारण उनलाई तत्काल पदबाट हटाउन माग गर्दै भक्तपुरका अर्जुन बाँस्कोटाले राज्य व्यवस्था समितिमा उजुरी दिएको समाचार छ । उजुरीमा संवैधानिक पदमा रहेको व्यक्तिले पदीय जिम्मेवारी प्रतिकूल काम गरेको भन्दै उनीमाथि छानबिन गरी जिम्मेवारीबाट हटाउन माग गरिएको छ । समिति सभापति रामहरी खातिवडाले साउन १ गते नै उजुरी परेको र भोलिपल्ट आफूले तोक लगाएको जानकारी दिए ।

    शुक्रबार कार्यव्यवस्था समिति बैठकमा सभामुख देवराज घिमिरे, उपसभामुख राना, कानुनमन्त्री अजय चौरसियालगायतसँग राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले रानालाई मानव तस्करहरुले दुरुपयोग गरेको देखिन आएको भन्दै ध्यानाकर्षण गराए ।

    ‘उपसभामुखजस्तो गरिमामय पदमा बसेको व्यक्तिलाई मानव तस्करहरुले दुरुपयोग गर्दै पैसा लिएर मान्छे विदेश पठाउन खोजेको देखियो, यसमा म सभामुखज्यूको ध्यान आकृष्ट गर्छु,’ खतिवडाले भने, ‘यति गम्भीर प्रश्न उठिसकेपछि उपसभामुखज्यूले राजीनामा दिएर नैतिकता देखाउनुपर्छ कि पर्दैन ?’

    खतिवडाले यसअघिको सरकारमा रहने विभिन्न पदाधिकारीले सुशासन निर्माणका लागि अनियमितता र गलत काममा फाइल खोल्ने भनी बोल्दै आए पनि यति गम्भीर विषयमा भने मौन रहन खोजेको आरोप पनि लगाए ।

    आफूमाथि लक्षित गर्दै खतिवडाले पटक पटक प्रश्न गरेपछि सभामुख घिमिरेले यसबारे उपसभामुख रानासँग अलग्गै छलफल गर्ने आश्वासन दिए । ‘मैले थाहा पाएसम्म यो गम्भीर अभियोग हो, तर अहिले नै मलाई जवाफ दिन नलगाउनुस्,’ घिमिरेले भने, ‘पहिले म उपसभामुखसँग छलफल गर्छु । त्यसपछि जवाफ दिन्छु ।’

    उपसभामुख रानाले गत वर्ष फेब्रुअरी २६ मा काठमाडौँस्थित अमेरिकी दूतावासको कन्सुलरलाई सम्बोधन गरी आफूसहित छ जनालाई भीसाका लागि अन्तर्वार्ताको समय मिलाइदिन आग्रह गर्दै पत्र लेखेको समाचार सार्वजनिक भएको थियो । झण्डै डेढ वर्षसम्म गुपचुप राखिएको यो प्रकरण बाहिर आएपछि उनी विवादमा परेकी छन् । सो पत्र लेखाईमा आर्थिक लाभ लिएको बताइएको छ ।

     

     

    टेलिफोन संवाद

    अमेरिका लैजानका लागि एक महिलासँग ९ लाख रुपैयाँ (चानचुन) लिएको र लान नसकेपछि उक्त रकम फिर्ता गरेको पार्टी शुभेच्छुक र श्रेष्ठको संवादमा सुनिन्छ । पैसा प्राप्त गरेपछि ‘च्याप्टर क्लोज’ भएको जानकारी पीडितका पक्षबाट सम्पर्कमा आएका व्यक्तिलाई गराएका छन् । पार्टीमा यो विषय जानकारीमा आएपछि उनीहरु अमेरिका गए/नगएको अध्यागमनमा सोधपुछ भएको श्रेष्ठले बताएका छन् । उपसभामुखले गलत कार्य गरेको भनी अनुसन्धान गरी कारबाही हुनुपर्ने मत पार्टी शुभेच्छुकले राखेका छन् ।

    यस्तो छ टेलिफोन संवाद

    पार्टीका एक शुभेच्छुकले पीडित पक्षलाई भेट्न लागेको र भेटपछि के हुन्छ भन्नेबारे श्रेष्ठलाई जानकारी गराउने बताएका छन् । उनी भन्छन्, ‘त्यो मिटिङमा के हुन्छ, कसो हुन्छ, हजुरलाई जानकारी गराउँछु नि ।’

    पार्टी शुभेच्छुकले त्यसो भनिसकेपछि श्रेष्ठले उनलाई सोध्छन्, यिनीहरु कुन ठाउँको रहेछन् थाहा छ ?’ काठमाडौं बसेको धेरै भए पनि इलामतिरका भएको पार्टी कार्यकर्ताले श्रेष्ठलाई जानकारी गराउँछन् । इलाम भन्दै गर्दा सिक्किमको नाम पनि उनी लिन्छन् । ‘सिक्किम भनेको त उता भयो नि,’ श्रेष्ठले जवाफ फर्काउँछन् ।

    श्रेष्ठ पीडितको पक्षबाट सम्पर्कमा आएको व्यक्तिबारे थप जिज्ञासा आफ्ना कार्यकर्तालाई राख्छन्, ‘एमालेको कुन तहको नेता रहेछन् ?’

    पार्टी शुभेच्छुक : अलिकति बिजनेस (म्यान) टाइपको मान्छे हो । जताजतै सेटिङ गरेर पैसा कमाउने मान्छे ।

    श्रेष्ठ : त्यस्तो खाले हो ?

    पार्टी शुभेच्छुक : हजुर ।

    श्रेष्ठ : जान खोजेको लेडिज हो ?

    पार्टी शुभेच्छुक : हो, लेडिज र अरु ४/५ जना । अरुको भिसा लाग्यो कि लागेन । त्यो लेडिजलाई थाह भएन । त्यो बहिनीको पैसा लिएर अपोइनमेन्ट डेट गरेको । अनि भिसा चाहिँ नलागेको । त्यस्तो कुरा आयो । त्यसपछि त्यो बहिनीले मेरो चाहिँ किन भएन भन्दा अर्को युकेमा प्रोग्राम छ र यूएस अर्को नि प्रोग्राम छ । अर्को प्रोग्राममा म तिमीलाई लिएर जाउँला भनेर भन्नुभएको रहेछ । अनि आजसम्म लिएर जानु भएन । त्यो गुनासो इलामको मान्छेकहाँ पुगेछ के सर ।

    श्रेष्ठ : त्यो लेटर (उपसभामुखले लेखेको) सही हो कि, गलत हो कि, के हो त ? साँच्चै हो त त्यो ?

    पार्टी शुभेच्छुक : मैले पनि उसलाई त्यही प्रश्न सोधेको थिएँ । पैसा दिएको नदिएको बुझ्न खोजेको, त्यो बहिनी तपाईंहरुसँग कुरा गर्न डराउँछ । म नजिकको मान्छे भएर कुरा शेयर गरेको हो । हामी पनि तपाईंको वेलविसर हो । योभन्दा बढी डकुमेन्ट तपाईंलाई के चाहियो र भन्छ ।

    त्यो डकुमेन्टमा कस्तो छ भने सर, पाँच जनाको नाम छ । उसले भने अनुसार ती पाँचै जना एनजीओका मान्छे होइनन् । यिनीहरुसँग मेडम (उपसभामुख)ले पैसा लिएर त्यसो गर्नुभएको भन्छन् सर मलाई । सही बेठीक के हो ? हामीले विश्लेषण गर्नुपर्दछ सर ।

    श्रेष्ठ : त्यो मान्छेले तपाईंलाई अहिले कहाँ भेट्छ ?

    पार्टी शुभेच्छुक : मेरो क्याफे छ सर । यहाँ भेट्न आउँछ ।

    श्रेष्ठ : तपाईंकोमा आउँछन् उनीहरु ? एक्लै भेट्ने कि के गर्ने ?

    पार्टी शुभेच्छुक : मेरोमा भेटेर कुरा गर्छु एकचोटी । हजुरहरुलाई यो कुरा भन्नुभन्दा पनि भेटेर एनालाइसिस गर्छु । यदि होइन रहेछ भने किन त्यसै सरहरुको समय बर्बाद गर्ने भनेर सर । तिमीहरुसँग के–के छ ? एकपटक बसेर कुरा गरौं न भनेर मैले बोलाएको छु सर । हावा खालको मान्छे रहेछ भने हजुरलाई म खबर गर्छु सर ।

    श्रेष्ठ : त्यो पत्र अनुसन्धानमा गइसकेको छ । अध्यागमनमा सोध्नेदेखि लिएर, पासपोर्टवालाहरु कहाँकहाँ केके छन् भनेर । खोजी गर्नलाई पठाइसकेका छौं । हामीले सिरियस्ली लिएका छौं । त्यहाँ उनीहरु आउने बेलामा म पनि भेटघाट गरौं कि तपाईंले मात्रै भेटघाट गर्ने ?

    पार्टी शुभेच्छुक : हजुर आउने भए त झन् राम्रो सर । मेरो क्याफे अलि खुला छ सर ।

    श्रेष्ठ : उसलाई केही पनि नचिनाउने । यहीँको साथी हो । कुरा गर्दा हुन्छ भनेर बसौं कि के गरौं ?

    पार्टी शुभेच्छुक : हुन्छ सर ।

    (श्रेष्ठ र पार्टी शुभेच्छुकबीच उनको क्याफे कुन ठाउँमा भएको बारे कुरा हुन्छ । )

    पार्टी शुभेच्छुक : उनीहरुलाई फेरि कल गरेर कति बजे भेट्ने ठ्याक्क भन्न सक्छु । हजुरलाई त्यही अनुसार कोअर्डिनेट गर्छु सर । अनि हामी बसौं न त सर । त्यो बहिनीलाई पनि लिएर आउन भनेको छु । कुरा गरी हेरौं न त ।

    श्रेष्ठ : एकचोटी निश्चित गरौं । म भक्तपुर छु । त्यही अनुसार समय मिलाउँछु ।

    पार्टी शुभेच्छुक : हजुरलाई पाँच मिनेटमा फोन गर्छु ।

    दोस्रो अडियो संवाद

    पार्टी शुभेच्छुक : यो म्याटर त तिमीले कहाँकहाँ पुर्‍याएछौ । दुई दिनमा समाधान भयो । कति पैसा भन्दा त ९ लाख मात्रै भन्छ फेरि । ९ लाख चानचुन कति चाहिँ एकाउन्टमा आयो भन्छ उसले ।

    ल, त्यसो भए स्क्रिनसट पठाऊ भन्दा पठाइदिन्छु पनि भनिरहेको छ उसले । हुन त यो कुरा हिजो र अस्ति डीपी सर (उपसभापति) अनि असिम शाह (सांसद), यता अभिनास आचार्य (सभापतिका स्वकीय सचिव) लाई पनि पठाएको थिएँ । त्यस्तो पो मेसेज गर्‍यो त सर मलाई ।

    भेटौं न त अरु कुराहरु रहेछ भने मिडियामा ल्याउनु भन्दा बरु म नै हेल्प गर्छु बरु भनेको छु । नराम्रोलाई त सधैं नराम्रो नै भन्ने हो । एकपटक भेटौं भनेको सोल्टी होटलमा गेष्ट आउँदैछन् त्यहाँ जानुछ बेलुका भेटौं कि अहिले नै आइहाल्नु भन्यो ।

    हजुर अहिले कता हुनुहुन्छ सर ?

    श्रेष्ठ : अहिले भक्तपुर छु ।

    पार्टी शुभेच्छुक : हजुर पनि आउनुपर्ने । भरे–भोलि बिहान टाइम निकाल्न भनेको छु उसलाई । त्यतिबेलासम्म उसले त्यो बहिनीसँग स्क्रिनसट मागेर मलाई पठाउँछु भनेको छ ।

    यो कुरा हो रहेछ भने चाहिँ इन्दिरा म्यामको तुरुन्त राजीनामा माग्नुपर्ने भयो सर । मैले हो रहेछ भने भनेको उसले तपाईं कस्तो हो रहेछ हो रहेछ भन्नुभएको भन्छ । पैसा फिर्ता आइसक्यो । दुई दिनमा स्विकार गरेर पैसा आइसक्यो । तपाईं पार्टीको मान्छे भएर उल्टै हो रहेछ भनेर नभन्नु भन्छ ।

    हो रहेछ कि होइन रहेछ त मलाई के थाहा त अनि मैले भनेँ । प्रमाण छर्लङ हुने गरी हुनुपर्‍यो भन्ने कुरा गरेँ । उसले ल ठीक छ, तपाईंलाई स्क्रिनसट पठाइदिन्छु । इन्दिरा म्यामसँग भेट्नु तपाईंले आफैं पत्ता लगाउनुहुन्छ भन्छ मलाई । उसले यो म्याटर नै क्लोज भएको भन्छ । पैसा फिर्ता आयो मात्रै भन्यो । त्यो स्क्रिनसटको आधारमा पार्टीभित्र अलि अनुसन्धान गर्नुपर्ने भयो सर ।

    श्रेष्ठ : ए ल । उसको थप प्रमाण पत्ता लगाम ।

    पार्टी शुभेच्छुक : हस्, भरेभोलि कहिले भेट हुन्छ ऊसँग । अरु पनि केही छ भने रेडी बनाएर राख, म आउँछु भन्छु । अनि म हजुरलाई खबर गर्छु नि ।

    श्रेष्ठ : ल ल ।

    तेस्रो संवादमा डीपी, शिशिर र  ज्ञानेन्द्र शाहीको नाम

    पार्टी शुभेच्छुकले पीडित पक्षको तर्फबाट सम्पर्कमा आएका व्यक्तिलाई भेट नपाएपछि उनले भनेका विषय संगठन विभागका सचिव श्रेष्ठलाई सुनाउँदै :

    पार्टी शुभेच्छुक : दलाल होइन म । पार्टीभित्र तुरुन्त कारबाही माग गर्छौं भन्दा त्यही एउटा पेपर लगेर पार्टीहरुका मान्छेहरुलाई भेट । अरु केही चाहिँदै चाहिँदैन भन्छ । यो कुरा पार्टीमा थाहा छ भनेर पो कुरा गरे ।

    श्रेष्ठ : केन्द्रमा चाहिं कोको ? डीपी सरहरुसँग कुरा भएको छ रे ?

    पार्टी शुभेच्छुक : डीपी सर, शिशिर खनालको नाम लियो । यो मान्छे चाहिँ धरानको रहेछन् । सुनसरीबाट उठ्नुभएको एकजना ब्वाइजकट कपाल काट्नुभएको हाम्रो एक जना हुनुहुन्छ रे । उहाँलाई पनि शेयर गरेको रे ।

    उहाँले पनि सिधै केन्द्रमा फोन गरेर यसोयसो छ भनेर कुरा उठाउनुभएको छ रे । तर, फलोअपको रिजल्ट कहिले पनि आएको छैन रे ।

    श्रेष्ठ : अँ अँ ।

    पार्टी शुभेच्छुक : यस्तो कुरा गर्नुभयो । यस्तो रहेछ भने पार्टीमा अनुसन्धान गर्नुपर्ने भयो ।

    श्रेष्ठ : शिशिर खनाल अरु अरुसँग कुरा गरेको । पैसा फिर्ता आयो ।

    पार्टी शुभेच्छुक : पैसा त आयो । स्क्रिनसट म शेयर गर्दिनँ । बेकारमा अरुलाई फसाउने काम गर्छौ । हाम्रो लागि च्याप्टर क्लोज हो । तिमीहरु अनुसन्धान अघि बढाउन चाहन्छौ भने त्यो एउटा पेपर लिएर अघि बढाऊ भनेर कुरा गर्‍यो ।

    श्रेष्ठ : उसले भेट्न चाहिं चाहेन ?

    पार्टी शुभेच्छुक : च्याप्टर नै क्लोज गरौं भन्ने कुरा गरेँ ।

    श्रेष्ठ : ऊ भेट्दिन भन्छ ?

    पार्टी शुभेच्छुक : हजुर । त्यो बहिनी धरानको हो रे । त्यो बहिनी धरान फर्किसक्यो रे । पैसा लिएर धरान गयो रे । बाहिर जान ऊ आफैं ट्राइ गर्छ रे । के हो, के हो यो !

    श्रेष्ठ : अनि ज्ञानेन्द्र शाही र धमलासँग पनि भेटघाट गरे भनेको चाहिं के भन्या त्यो ?

    पार्टी शुभेच्छुक : कसलाई हजुर ?

    श्रेष्ठ : तिनीहरुले ज्ञानेन्द्र शाहीहरुलाई भेटघाट गर्‍या भन्या होइन ?

    पार्टी शुभेच्छुक : अँ त्यही त । २/४ दिन अघि ज्ञानेन्द्र शाही र धमलालाई भेटघाट गरेको रे । यस्तो कुरामा रेस्पोन्स नगर्ने कुरा गयो रे उनीहरुलाई ।

    श्रेष्ठ : ए । उनीहरुले त्यति रेस्पोन्स नगर्ने कुरा गरे रे ?

    पार्टी शुभेच्छुक : अँ अँ । त्यो विषयमा हामी त्यति नलाग्ने कुरा गरे रे ।

    श्रेष्ठ : ए, ल ल । के रहेछ त्यस्तो ? त्यस्तो खालको प्रवृत्तिलाई त निरुत्साहित गर्नुपर्छ पार्टीभित्र ।

    पार्टी शुभेच्छुक : त्यही भन्या । गलत कुरा उसले गर्‍या हो भने यो मान्छे समात्न पर्‍यो । सही हो भने गलत गर्नेलाई समात्न पर्‍यो । गृहमा गएर एकपटक यसोयसो हो भनेर कुरा गर्छु । अनि के रहेछ, हेर्छु नि म ।

    श्रेष्ठ : ल ल ।

    Post Views: 156
    प्रकाशित मिति: २०८१ श्रावण ५, शनिबार ०६:३९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !
    इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार
    अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित
    Advertisement
    ताजा अपडेट
    • १. इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !

    • २. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • ३. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • ४. अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    चर्चित
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.