• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपाल -भारत कुटनीतिक सम्बन्ध ईतिहासमै कमजोर ! नेपालबाट भारतलाई खतरा रहेको पुर्वराजदूत केभी राजनको दावी

  •  
  • २०८१ श्रावण ६, आईतवार ०७:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    नेपालका लागि पुर्व भारतीय राजदूत केभी राजनले ७५ वर्षको नेपाल–भारत सम्बन्धको इतिहासकै खराब अवस्थामा पुगेको बताएका छन । भारतबाट लामो समय नेपालमा रहेर राजदूत तथा अन्य पदमा रहेर काम गरेका राजनले नेपाल भारतबीच सम्बन्ध मात्रै कमजोर रहेको मात्रै दावी गरेनन नेपालको तर्फबाट भारतलाई ठुलै खतरा शुरु भएको नयाँ खुलासा गरेका छन । यो भनाईबाट नेपाल र भारतबीचको सम्बन्धले नयाँ रुप लिन खोजेको होकी भन्ने आशंका शुरु भएको छ ।

    नेपालबारे राजनको प्रकाशित पुस्तक ‘काठमाडौँ क्रोनिकल रिक्लेमिङ इन्डिया–नेपाल रिलेसेन्स’ बारे पत्रकारसँग संवाद गर्दै पूर्वराजदूत राजनले भारतलाई नेपालीबाट होइन, अरू देशले नेपाललाई भारतको विरुद्धमा प्रयोग गर्ने खतरा रहेको धारणा राखे । त्यो भनाई चिनको नेपालमा बढेको दवदवालाई बुधm्न सकिन्थ्यो । उनले त्यस अन्र्तर्वाताका भनेका छन की चिनको सिमानाको काम नेपालको हिमालयबाट भइरहेको अवस्थामा आ जसरी नेपालमा चिनिया हस्ताक्षेप बढेर गएको छ त्यसबाट भारतका लागि खतरा शुरु भएको बताएका छन । पछिल्लो समय चीनले नेपाललाई भारतको विरुद्ध प्रयोग गरिरहेको बताउँदै उनले भने, ‘यो होइन कि चीन नेपालमा तिब्बतलाई लिएर मात्र चिन्तित छ र तिब्बतकै कारण नेपाललाई हेर्न चाहेको छ । आफ्नो गहिरो रणनीतिक स्वार्थका कारण उसले नेपाललाई प्रयोग गर्न चाहेको छ । यसको मतलब भारतको विरुद्धमा जुन विदेशी शक्तिहरू छन्, उनीहरूले नेपाललाई प्रयोग गर्न सक्छन् र गरिरहेका छन् राजनको भनाई छ ।
    भारतमा नेपाल मामिलाका जानकार मानिएका पूर्वराजदूत राजनले चीनको मामिलामा नेपाल भारतको साथ रहोस् भनेर भारतले चाहेको र भारतका लागि हिमाल एउटा बोर्डरका रूपमा रहोस् भन्ने अपेक्षा रहेको बताए । नेपाल भारत र चीनको बिचमा बफर जोनको रूपमा काम गरोस् भन्ने पनि भारत चाहेको तर पछिल्लो समय नेपाल चीनतर्फ हेर्न थालेको र चीन कार्ड खेल्न थालेको टिप्पणी गरे । नेपालमा सरकार परिवर्तनमा पहिले एकलौटी भारतले खेल्ने गर्दथ्यो तर आजकाल चिनको रुचि बढ्न थालेपछि भारत यस विषयलाई लिएर चिन्तित हुन थालेको हो । यसले गर्दा चीनले नेपालबाट ठुलो ठुलो स्वरमा बोल्न लागेको आरोप लगाउँदै उनले भने, ‘चीनले नेपाललाई भारतमाथि विश्वास नगर्न भनिरहेको छ । कहिलेकाहीँको अवस्था हेर्दा लाग्छ, नेपालले पनि चीनले भनेको मानिरहेको छ । अचम्म त के छ भने जसले एक सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गर्ने प्रधानमन्त्रि केपी ओली फेरी प्रधानमन्त्रि भएको बेला यो अन्र्तवार्ता आएको छ । यसले राजनीतिक रुपमा निकै अर्थपुर्ण रुपमा लिइएको छ । यसै अनर््वार्तामा दरबार हत्याकाण्ड आईएसआइले गरेको दावी गरेका छन ।

    नेपाल कहिले कुनै देशको गुलाम नभएको र जहिले स्वतन्त्र राष्ट्रको रूपमा रहेको जिकिर गर्दै उनले भारतले पनि नेपाल सधैँ स्वतन्त्र राष्ट्रकै रूपमा रहोस् भन्ने चाहेको स्पष्ट पारे । तर नेपाल कहिलेकाहीँ यताउती ढल्कने गरेको उनले टिप्पणी गरेका छन् । नेपालले नयाँ नक्सा पारित गर्दा चुचे नक्सा राख्नु गलत भएको भन्दै नक्सालाई एक सयको नोटमा राख्ने निर्णय पनि गरिसकेकोले यसले भारतलाई निकै गम्भीर बनाएको उनले बताए । यो घटनाले अब नेपाल–भारत बिचको सीमा विवाद कहिले समाधान नहुने उनले स्पष्ट पारे ।

    उनले भनेका छन ‘नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा रहेको सरकार, जुन एमालेसँगको गठबन्धनमा बनेको थियो, त्यो सरकारले सय रुपैयाँको नोटमा नयाँ नक्सा राख्ने निर्णय गरेको छ । यो आवश्यक नै थिएन । यो निर्णय गर्ने प्रधानमन्त्रीलाई थाहा थियो कि यो निर्णयपछि नेपाल–भारतबिच रहेको सीमा समस्या कहिल्यै समाधान हुँदैन ।’

    नेपाली जनताको नजरमा भारतलाई नराम्रो देखाउन नेपालले त्यसो गरेको भन्दै त्यो नोट हेर्दा लाग्नेछ कि भारतले नेपालको भूमि कब्जा गरेको छ । यसले भारतप्रति नकारात्मक सोच तयार हुने उनले जिकिर गरे । लिपुलेक, कालापानी, लिम्पियाधुरा धेरै पहिलादेखि भारतको अधीनमा रहेको दाबी गर्दै राजनले नेपालले कहिले पनि त्यसमा आफ्नो दाबी नगरेको तर अहिले आएर दाबी गर्नुका पछाडि धेरै कारणहरू रहेको बताए ।
    उनले नेपालमा भइरहेको गतिविधिलाई गम्भीर रूपमा अध्ययन गरेर एउटा निष्कर्षमा पुग्नुपर्ने बेला आएको बताउँदै उनले भने, ‘नेपाल भारतको यति नजिक छ कि हामी सोच्न बाध्य भएका छौँ कि नेपालमा यो के भइरहेको छ । हामीले बुझ्नुपर्छ नेपालको तर्फबाट पनि खतरा हुनसक्छ । त्यसले रोटीबेटीको सम्बन्धमाथि पनि खतरा आउने दावी गरे । उनले घुमाउरो पारमा भनेका छन हिजो राणा, राजा हुँदा समेत राम्रो सम्बन्ध भएको तर अहिले दलहरुले गलत तरिकाले सम्बन्ध विस्तार गर्न खोज्दा यो अवस्था आएको बताए ।

    नेपालका लागि पुर्व भारतीय राजदुत केभी राजनको अन्र्तवार्ता यूटयूवमा हेर्न तलको लिंकमा जानुहोला

     

    Post Views: 158
    प्रकाशित मिति: २०८१ श्रावण ६, आईतवार ०७:२०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?
    यस्तो छ निर्वाचन कार्यतालिका ?
    पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?

    • २. यस्तो छ निर्वाचन कार्यतालिका ?

    • ३. पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा

    • ४. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ५. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    चर्चित
    • १. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    • २. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ३. विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दुतावासमा मतदान गर्ने व्यवस्था !

    • ४. साइकलमा दूध बेच्दै हिँड्थे, अहिले आफैले चलाएका छन् डेरी

    • ५. अमेरिकाको क्यालिफोनियामा १७ हजार आप्रवासीको व्यवासायिक लाईसेन्स खारेज

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.