• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

विश्वका ३८ प्रतिशत मिलिनेयर(अरबपति) अमेरिकामा

  •  
  • २०८१ श्रावण १८, शुक्रबार ०९:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    विश्वका ३८ प्रतिशत मिलिनेयर अमेरिकामा रहेका छन् । यसैगरी, २८ प्रतिशत मिलिनेयर पश्चिमी युरोपमा र १० प्रतिशत चीनमा छन् । 

    विश्वव्यापी वित्तीय संस्था ‘युबिएस’को ‘ग्लोबल वेल्थ रिपोर्ट सन् २०२४’ अनुसार विश्वमा ‘मिलिनेयर’को संख्या पाँच करोड ८० लाख पुगेको छ । यो विश्वको वयस्क–जनसंख्याको १.५ प्रतिशत हुन आउँछ । रिपोर्ट तयार गर्न युबिएसले विश्वको कुल सम्पत्तिको ९२ प्रतिशत हिस्सा ओगट्ने ५६ वटा बजारबाट नमुना लिएको जनाएको छ ।

    सबैभन्दा धेरै ‘मिलिनेयर संयुक्तराज्य अमेरिकामा छन् । यहाँका दुई करोड १९ लाख ५० हजार प्रत्येक व्यक्तिसँग १० लाख अमेरिकी डलर वा सोभन्दा बढीको धनसम्पत्ति छ । यसमा दोस्रो नम्बरमा चीन रहेको छ । चीनमा मिलिनेयरको संख्या ६० लाख १० हजार छ । बेलायतमा १० लाख अमेरिकी डलर वा सोभन्दा धेरै सम्पत्ति हुने व्यक्तिको संख्या ३० लाख ६० हजार पुगेको छ भने फ्रान्समा २८ लाख ७० हजार र जापानमा २८ लाख ३० हजार पुगेको छ ।

    युबिएसले सम्पत्तिको गणना गर्दा व्यक्तिको वित्तीय तथा वास्तविक सम्पत्तिको मूल्यमा ऋण घटाएर हुन आउने सम्पत्तिलाई गणना गरेको जनाएको छ । रिपोर्टअनुसार सन् २०२२ मा तीन प्रतिशतले घटेको विश्वको सम्पत्ति सन् २०२३ मा ४.२ प्रतिशतले वृद्धि भएको छ ।

    ग्लोबल वेल्थ रिपोर्टका अनुसार विश्वको लगभग आधा अर्थात् ४७.५ प्रतिशत सम्पत्ति विश्वको वयस्क जनसंख्याको केवल १.५ प्रतिशतको कब्जामा पुगेको छ । अर्थात् विश्वका १.५ प्रतिशत वयस्कसँग दुई सय १३ ट्रिलियन अमेरिकी डलरबराबरको सम्पत्ति छ ।

    यसविपरीत, विश्वका ३९.५ प्रतिशत परिवारसँग १० हजार डलरभन्दा कम सम्पत्ति रहेको छ । उनीहरूसँग विश्वको कुल सम्पत्तिको ०.५ प्रतिशत अर्थात् मात्र २० खर्ब ४० अर्ब अमेरिकी डलरबराबरको सम्पत्ति छ । १० हजारदेखि एक लाख अमेरिकी डलरको सम्पत्ति भएका परिवारले ४२.७ प्रतिशत वयस्क–परिरवारको प्रतिनिधित्व गर्छन् । उनीहरूसँग विश्वव्यापी सम्पत्तिको १२.६ प्रतिशत अर्थात् ५६.२ ट्रिलियन अमेरिकी डलरबराबरको सम्पत्ति छ ।

    प्रतिवयस्क सम्पत्तिको सन्दर्भमा विश्व जनसंख्याले यो सहस्राब्दीको सुरुदेखि नै उल्लेखनीय प्रगति गरेको छ । यो सहस्राब्दी सुरु भएयता १० लाख डलरभन्दा बढी सम्पत्ति भएका वयस्कको प्रतिशत ०.५ प्रतिशतबाट बढेर १.५ प्रतिशत पुगेको छ ।

    मिलिनेयरको संख्यामा सबैभन्दा ठूलो वृद्धि कतारमा भएको छ । सन् २००० मा ४६ जना रहेको कतारका मिलिनियरको संख्या बढेर २६ हजार एक सय ६३ पुगेको छ । यसबीच, चीनमा मिलिनेयरको संख्या ३९ हजारबाट बढेर ६० लाख १३ हजार दुई सय ८२ पुगेको छ । त्यसपछिको सबैभन्दा धेरै वृद्धि हुनेमा कजाकस्तान रहेको छ । कजाकस्तानले मिलिनेयरको संख्या नौ सय १८ बाट बढाएर ४४ हजार तीन सय सात पुर्‍याएको छ ।

    ‘चीनजस्ता उदीयमान बजार अर्थ व्यवस्थामा अधिक धनको वृद्धि देख्न सकिन्छ । रुसमा पनि यही प्रवृत्ति देखिन्छ । मध्यपूर्वका केही देशले पनि धनको तीव्र वृद्धि साक्षात्कार गरेका छन् । यसले उनीहरूको मिलिनेयरको संख्यामा समेत वृद्धि गरेको छ,’ युबिएसका अर्थशास्त्री स्यामुएल एडम्स टिप्पणी गर्छन् । युबिएसले ग्लोबल वेल्थ रिपोर्ट प्रतिवेदन प्रकाशित गर्न थालेको १५ वर्षमा एसिया प्रशान्त क्षेत्रमा सम्पत्तिमा सबैभन्दा बढी एक सय ७७ प्रतिशतले वृद्धि भएको देखिन्छ भने अमेरिकाले करिब एक सय ४६ प्रतिशत र युरोप, मध्यपूर्व र अफ्रिका (इएमइए)ले ४४ प्रतिशतको वृद्धि साक्षात्कार गरेका छन् ।

    विश्वका ३८ प्रतिशत मिलिनेयर अमेरिकामा रहेका छन् । यसैगरी, २८ प्रतिशत मिलिनेयर पश्चिमी युरोपमा र १० प्रतिशत चीनमा रहेका छन् । देशअनुसार प्रतिशतका आधारमा स्विट्जरल्यान्डमा सबैभन्दा धेरै मिलिनेयर छन् । यो देशका प्रत्येक सयजनामा १२ जनासँग १० लाख डलरभन्दा बढीको सम्पत्ति छ । त्यसपछि हङकङमा प्रतिएक सयमा आठजना व्यक्ति मिलिनेयर छन् । अस्ट्रेलियाका प्रतिसयमा सातजना, नेदरल्यान्डका प्रतिसयमा सातजना र अमेरिकामा प्रतिसयमा ६ जनासँग १० लाख डलर वा सो भन्दा बढीको सम्पत्ति रहेको छ ।

    –अलजजिराबाट 

    Post Views: 179
    प्रकाशित मिति: २०८१ श्रावण १८, शुक्रबार ०९:१३
    Advertisement
    संबन्धित शिर्षकहरु
    नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !
    कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य
    नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता
    Advertisement
    ताजा अपडेट
    • १. नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • ५. एलनिनो तीव्र बन्दै, खडेरी र भारी वर्षाको जोखिम बढ्ने

    चर्चित
    • १. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !

    • ५. फिफा विश्वकप २०२६: अर्जेन्टिना अन्तिम १६ मा, कडा टक्कर दिएर बाहिरियो केप भर्डे

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.