• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

साँढे १४ खर्ब रेमिट्यान्स नेपाल भित्रियोः विमानस्थलको क्षमताभन्दा १० लाख बढी यात्रु उडाइयो !

  •  
  • २०८१ भाद्र ३, सोमबार ०८:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    विदेशमा काम गर्ने नेपालीले एक वर्षमा झन्डै साढे १४ खर्ब रेमिट्यान्स नेपाल पठाएका छन् । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक तथ्यांकले विदेशमा काम गर्न गएका नेपालीले गत आर्थिक वर्षको एक वर्ष अवधिमा १४ खर्ब ४५ अर्ब ३२ करोड रेमिट्यान्स पठाएको देखाएको हो ।

    नेपाल राष्ट्र बैंककाअनुसार अघिल्लो आर्थिक वर्ष ०७९ र ८० को तुलनामा गत आर्थिक वर्षमा १६ दशमलव ५ प्रतिशतले बढी रेमिट्यान्स नेपाल भित्रिएको हो । यस्तो रेमिट्यान्स अघिल्लो आर्थिक वर्षमा २३ दशमलव २ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४दशमलव ५ प्रतिशतले वृद्धि भई १० अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३ दशमलव ९ प्रतिशतले बढेको थियो ।

    राष्टै बैकको तथ्णंक अनुसार वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख ६० हजार १०३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १९९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ९७ हजार ७०४ र २७७,२७२ रहेको थियो । यस बर्ष वर्षमा १४ दशमलव ७ प्रतिशतले वृद्धि भई १५७१ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर २२ दशमलव ५ प्रतिशतले बढेको थियो ।

    उता विदेश जाने यात्रु बढ्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुको चाप धान्न नसक्ने अवस्थामा पुगेको जनाएको छ । हालको विमानस्थलको विकल्पमा निर्माण भएका दुई वटा विमानस्थलमा नियमित उडान सञ्चालनमा आउन नसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रुको चाप धान्न नसक्ने अवस्थामा पुगेको छ । वार्षिक ८० लाख यात्रु ओहोरदोहोर गर्न सक्ने क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बर्सेनि यात्रुको सङ्ख्या बढ्दै गएपछि यसको असर उडान सुरक्षा, सुरक्षित तथा सहज यात्रा र उडान सुनिश्चिततामा पर्न थालेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार अहिले विमानस्थलले वार्षिक क्षमताभन्दा १० लाख बढी यात्रुको चाप धान्दै छ । बर्सेनि १० देखि १५ प्रतिशतसम्म हवाई यात्रुको चाप बढ्दै गएकाले यसले विमानस्थल सञ्चालन, उडान सुनिश्चितता र सुरक्षामा समेत भार थप्दै लगेको छ ।

    उहाँका अनुसार सन् २०२४ को छ महिनामा मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४६ लाख ६२ हजार ४२५ यात्रुले हवाई सेवा लिएका छन् । अहिलेकै अनुपातमा यात्रुको सङ्ख्या बढ्दै गए यस वर्ष करिब ९५ लाख यात्रुले हवाई सेवा लिने देखिएको छ ।

    प्राधिकरणको तथ्याङ्क अनुसार सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय र आन्तरिक उडानबाट ८६ लाख ९१ हजारभन्दा बढी यात्रुले हवाई सेवा लिएका थिए, जुन हालसम्मकै सबैभन्दा उच्च सङ्ख्या हो । त्यस्तै सन् २०२२ मा भएका एक लाख ३२ हजार ५१४ उडान अवतरणबाट ७९ लाख ५४ हजार ४९६ यात्रुले ओहोरदोहोर गरेका थिए । सन् २०२१ मा भएका ९२ हजार ९३२ उडान अवतरणबाट ५० लाख ३३ हजार ८७१ यात्रुले हवाई यात्रा गरेका थिए ।कोरोना महामारीअघि सन् २०१९ मा भएका एक लाख २४ हजार २५८ उडान अवतरणबाट ७३ लाख २७ हजार ३१ जनाले हवाई सेवा लिएका थिए ।

    प्राधिकरणका अनुसार यस वर्षको छ महिनामा अन्तर्राष्ट्रियतर्फ २४ लाख ९० हजार ६१२ जनाले हवाई यात्रा गरेका छन् । यसै गरी आन्तरिकतर्फ २१ लाख ७१ हजार ८१३ जनाले हवाई यात्रा गरिसकेका छन् । पछिल्लो छ महिनामा यस विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ १६ हजार ७६८ उडान अवतरण भएका छन् । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ ३० वायुसेवा कम्पनी र आन्तरिकतर्फ १२ वटा हेलिकोप्टर कम्पनीसहित नौ वटा वायुसेवा कम्पनीका जहाजले हवाई सेवा दिँदै आएका छन् ।

    Post Views: 131
    प्रकाशित मिति: २०८१ भाद्र ३, सोमबार ०८:२२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    खाडीका २० लाख नेपाली प्रभावित  !
    यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !
    कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !
    Advertisement
    ताजा अपडेट
    • १. खाडीका २० लाख नेपाली प्रभावित  !

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. निर्वाचनमा करिब ६० प्रतिशत मत खस्यो

    चर्चित
    • १. भविश्यवाणी गरेको आरोपमा ज्योतिषी रुद्रनाथ अधिकारी गिरफ्तार

    • २. १५ जिल्लाको ६१ स्थानबाट सेनाको हेलिकप्टरले मतपेटिका संकलन गर्ने, दलका प्रतिनिधि अनिवार्य रहने 

    • ३. प्रतिनिधि सभा निर्वाचनको मतदान शुरु

    • ४. जेनजी परिषद् गठनः परिषदको कार्यक्षेत्र र अधिकार यस्तो छ ?

    • ५. ९ देशका प्रतिनिधिबाट नेपालको निर्वाचन पर्यवेक्षण शुरु

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.