• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

योगी गुरु पाइलट बाबाको निधन

  •  
  • २०८१ भाद्र ५, बुधबार ०६:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    योगी पाइलट बाबाको निधन भएको छ । मंगलबार दिउँसो २ देखि ३ बजेको बीचमा मुम्बईस्थित कोकिलाबेन अस्पतालमा उनको निधन भएको निजी चिकित्सक डा. अनिल मिश्रले जानकारी दिए ।

    डा. मिश्रका अनुसार पाइलट बाबालाई उक्त अस्पतालमा एक महिना आठ दिनसम्म आईसीयूमा राखेर उपचार गरिएको थियो । ८६ वर्षका उनी लामो समयदेखि मधुमेहको समस्याबाट पीडित थिए । पछिल्लो समय छातीमा खराबी देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

    पाइलट बाबाको अन्त्येष्टि बुधबार भारतकै हरिद्वारमा हुने डा. मिश्रले जानकारी दिए ।

    पाइलट बाबाको आधिकारिक फेसबुक पेजमा पनि उनको निधन भएको उल्लेख गरिएको छ र अनुयायीहरुलाई शान्त रहन अपिल गरिएको छ ।

    को हुन् पाइलट बाबा ?

    पाइलट बाबा भारतको विहार राज्‍यको सासाराम भन्‍ने स्थानमा सन् १९३८मा जन्मिएका थिए । पाइलट बाबाको वास्तविक नाम कपिल सिंह हो । सन् १९५७ मा उनले एक लडाकू विमान सैनिक सेवामा प्रवेश गरेका थिए ।

    उनले १९६२, १९६५ र १९७१ मा बहादुरीपूर्वक चीन, पाकिस्तानको युद्धमा भाग लिएका थिए ।  उनले भारत सरकारबाट वीर चक्र, विशिष्ट सेवा मेडल, कम उचाइमा लडाकू जहाज उडाएर कीर्तिमान राखेका थिए ।

    उनले बीएचयूबाट जैविक रसायन विज्ञानमा स्नातकोत्तर गरेका थिए । उनले १५ वर्षसम्म भारतीय विमान सैनिकको रुपमा काम गरी विङ कमाण्ड सम्हालेर अवकाश लिएका थिए ।

    कपिल सिंहबाट कसरी बने पाइलट बाबा ?

    पाइलट बाबाले आफ्नो विभिन्न अन्तर्वार्तामा भन्‍ने गर्थे, कि ‘जब कुनै अप्रिय घटना हुन लागेको हुन्थ्यो तब एक वृद्ध र पातलो बाबा आएर उक्त घटनाको बारेमा बताइदिनुहुन्थ्यो। उक्त घटनाबाट बच्ने उपाय पनि भनिदिनुहुन्थ्यो। सन् १९६२ मा युद्धको समयमा एक अद्‌भुत घटना घट्यो जसले मेरो जीवनमा पूरै परिवर्तन ल्याइदियो। युद्धको समयमा मैले नभनेको सैनिकलाई युद्धमा पठाउँदा भारतले क्षति बेहोर्नु परेको थियो । एक समय युद्धको बेला सैनिक विमान उडाइरहेका बेला मेरो मूल टावरसँग सम्पर्क टुट्यो। मेरो हातमा विमान कन्ट्रोल थिएन। त्यही समय फेरि उही बाबा आएर मलाई विमानबाट सुरक्षित अवरतण गराउनुभयो। यो कसरी सम्भव भयो म आफैं अचम्मित भएँ र त्यसपछि लाग्यो विज्ञानभन्दा माथि पनि अरू कसैले सत्ता चलाइरहेको छ। त्यसपछि मैले सैनिक सेवाबाट अवकाश लिएर हिमालयको यात्रा तय गरें। यात्रामा अनेकन् दु:ख कष्ट भोगें र मेरो सपनामा आउने बाबासँग भेट भयो जसको नाम थियो हरि बाबा। मैले उहाँलाई नै आफ्नो गुरु मानें र गुूसँग योगीको यात्रामा पाइला चालें ।’

    उनले  हिमालयमा बसेर नेपालमा तपस्या गरे  । सत्य एवम् स्वयंको खोजका लागि भौंतारिंदै हिंडेको क्रममा उनले मकवानपुर जिल्लाको भैंसेनिकट त्रिखण्डी महादेवमा गुरु भेट्टाए। त्रिखण्डीमै हरि बाबाले उनलाई संन्यास दीक्षा दिए।  हरि बाबा आफ्ना गुरु राम अवतारसँग त्रिखण्डीमा बस्थे। त्रिखण्डी उनको गुरुस्थली हो।

    संन्यास दीक्षा उपरान्त उनले नेपाल र भारतका उच्च हिमाली भागमा अनेकौं वर्ष कठिन तप गरे। साधना सम्पन्न भएपछि उनले भारत भ्रमण गरेर योग, ध्यान, धर्म, अध्यात्मको अलख जगाए। भूमिगत समाधि, जल समाधि, ‘एयर टाइट ग्लास’ समाधिका साथै अनेकौं स्थानमा दश महाविद्या यज्ञ आयोजित गरेर उनले सनातन हिन्दू धर्मको यश र कीर्ति स्थापित गर्नुका साथै लाखौं मानिसलाई सद्‌मार्गमा ल्याए। भक्तपुरको सूर्यविनायकमा रहेको जंगलमा पाइलट बाबा आश्रम बनाएर बसेका थिए ।

    नेपालमा विख्यात सन्त एवम् गुरुका रूपमा स्थापित पाइलट बाबा उज्जैन पीठाधीश्वर समेत रहेका थिए ।  भारतमा झण्डै २ करोड ८० लाख साधु सन्त छन्। यी साधु सन्त विभिन्न १३ वटा अखाडासँग आबद्ध छन्।

    संख्या, प्रसिद्धि एवम् विस्तारका दृष्टिकोणले जूना अखाडा सबैभन्दा ठूलो र प्रभावशाली छ। यसै अखाडाका वरिष्ठतम महामण्डलेश्वर श्री १००८ सोमनाथ गिरी जनमानसमा महायोगी पाइलट बाबाका नामले विख्यात छन्।

    नैनीताल, हरिद्वार, सासाराम, उत्तरकाशी, गंगोत्री, ऋषिकेश (रायवाला) मा पाइलट बाबाका आश्रम छन्। उनले आफ्नो गुरुस्थली त्रिखण्डीमा पनि आश्रम बनाउन सुरु गरेका थिए तर कोरोनाकालले गर्दा आश्रम निर्माणमा व्यवधान आयो। त्रिखण्डीमा निर्माणाधीन आश्रमलाई द्रुत गतिले सम्पन्न गराउन उनी १ वर्ष पहिले वैशाख १६ गते नेपाल आएका थिए ।

    Post Views: 18
    प्रकाशित मिति: २०८१ भाद्र ५, बुधबार ०६:३७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    वैदेसिक रोजगारीमा जाने झन बढे, दैनिक २३ सय
    विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सर्वोच्चको आदेश
    २०२१ भन्दा पहिला अमेरिका आएका आप्रवासीलाई “वर्क परमिट” दिन तल्लो सदनमा विधेयक प्रस्तुत
    Advertisement
    ताजा अपडेट
    • १. वैदेसिक रोजगारीमा जाने झन बढे, दैनिक २३ सय

    • २. विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सर्वोच्चको आदेश

    • ३. २०२१ भन्दा पहिला अमेरिका आएका आप्रवासीलाई “वर्क परमिट” दिन तल्लो सदनमा विधेयक प्रस्तुत

    • ४. अमेरिकी राष्ट्रपति ट्रम्पले लगाएको ट्यारिफका कारण अमेरिकालाई ४७ अर्ब डलर फाइदा !

    • ५. क्रिप्टोकरेन्सी ’बिटकोइन’को मूल्य बढेर पहिलो पटक एक लाख २० हजार

    चर्चित
    • १. नेपालकै पुरानो टिभी च्यानल ईमेज च्यानल कामना प्रकासन समुहले किन्यो

    • २. अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा हुने ’सेटिङ’ भत्काउन कर्मचारी खटनपटनमा फेरबदलीमा नयाँ प्रयोग

    • ३. अमेरिकाको लुजियाना विश्वविधालयमा पढ्ने २ नेपाली विधार्थीको कार दुर्घटनामा निधन, २ घाईते

    • ४. अमेरिकाको लुजियाना विश्वविधालयमा पढ्ने २ नेपाली विधार्थीको कार दुर्घटनामा निधन, २ घाईते

    • ५. विनाभिषा आउनेका लागि “अमेरिकी सपना”मा लागेको पर्खालः अमेरिका–मेक्सिको र क्यानडा सीमाको रोचक तथ्यहरु !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.