• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा बेपत्ता ममताको श्रीमान पक्राउः हत्या गरी लास बेपत्ता बनाएको प्रहरीको आरोप(भिडियोसहित)

  •  
  • २०८१ भाद्र ७, शुक्रबार ०४:३२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकाको भर्जिनिया मनासस पार्क प्रहरीले बिहीबार बिहान ३ हप्तादेखि हराई रहेकी नेपाली ममता काफ्ले भट्टका श्रीमानलाई पक्राउ गरेको छ । मनाससस्थित भट्टको घरमा रातभरको खानतलासीपछि विहिबार विहान नरेश भट्टलाई पक्राउ गरेको हो । प्रहरीले भट्टलाई हत्या गरी शरिर बेपत्ता बनाएको आशंकामा प्रक्राउ गरिएको मनासस प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ममता काफ्ले विगत ३ हप्ता देखि हराई रहेकी थिईन । प्रहरीले लामो खोजतलासपश्चात झण्डै १६ घण्टा उनको घरमा गरिएको खानतलासीपछि बिहान ११ बजे श्रीमान भट््टलाई पक्राउ गरेको छ । साथै उनकी एक बर्षिय छोरीलाई बिहीबार बिहान प्रहरीले घरबाट संगै लिएर गएको भिडियो फुटेजमा देख्न सकिन्छ । नरेश भट्टलाई उनकी श्रीमती बेपत्ता भएको सम्बन्धमा शव लुकाएको आरोप लगाइएको छ, प्रिन्स विलियम काउन्टी कमनवेल्थका अधिवक्ता एमी अश्वर्थले बिहीबार दिउँसो सन्चार माध्यमहरुलाई बताएका छन ।

    भर्जिनियाको मनसास पार्कबाट नेपाली नर्स ममता काफ्ले बेपत्ता भएको घटनामा अनुसन्धान गरिरहेको मनासस पार्क प्रहरीले घटनाको अनुसन्धानमा उनका श्रीमान् नरेश भट्टले समन्वय नगरेको भन्दै बुधबार बेलुदेखि घरमा खानतलासी सुरु गरेको थियो । मनाससबाट जुलाई ३१ देखि बेपत्ता ममता काफ्लेको बारेमा बुझ्न अगस्ट २ मा प्रहरी अधिकारीहरू उनका घरमा पुगेर उनका श्रीमान नरेश भट्टसँग कुरा गरेका थिए । तर श्रीमान नरेश भट्टले त्यतिबेला उनी हराएको रूपमा रिपोर्ट गर्न चाहेका थिएनन् । अगस्ट ५ मा मात्र भट्टले प्रहरीलाई सम्पर्क गरी ममता काफ्ले हराएको जानकारी दिएका थिए । उनका श्रीमानले ममता हराएको भनिएको ५ दिनपछि मात्रै प्रहरीमा सम्पर्क गरी खोजवीनका लागि आग्रह गरिएको बताईन्छ । ममता बेपत्ता भएको समाचार अमेरिकी सन्चार माध्यमहरुले महत्वका साथ प्रशारण गरिरहेको छ । एक वर्षीया छोरीकी आमा ममताको नेपाल घर काभ्रे रहेको खुलेको छ । उनी भर्जिनियामा रजिस्टर्ड नर्स हुन् । ममताको श्रीमान भट्ट दुई पटक अफगानिस्तान युद्धमा सहभागी भइसकेका अमेरिकी सेनाका अवकाश प्राप्त अधिकारी हुन् । उनी हाल ह्वाइट हाउसमा कार्यरत रहेको पनि उनले बताइएको छ।

    यो भिडियो एनविसि फोरबाट लिइएको हो ।

    Post Views: 163
    प्रकाशित मिति: २०८१ भाद्र ७, शुक्रबार ०४:३२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?
    सरकारी कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म बढाउने तयारी
    कंगोमा नेपाल प्रवर्द्धन साँझ
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • २. सरकारी कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म बढाउने तयारी

    • ३. कंगोमा नेपाल प्रवर्द्धन साँझ

    • ४. अमेरिका ईरान युद्ध अन्त्य हुने अपेक्षाले कच्चा तेलको भाउ घट्‍यो

    • ५. एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङ्झाउमा आयोजना हुने

    चर्चित
    • १. अमेरिकाको नर्थ क्यारोलिनाका सिनेटर ग्यारेट नेपाल भ्रमण गर्न ईच्छुक !

    • २. नेपालस्थित अमेरिकी दूतावासमा कार्यरत अमेरिकी कुटनीतिज्ञ माईक हार्करद्धारा सगरमाथाको सफल आरोहण

    • ३. अमेरिकामा विदेशी विधार्थी घट्दा अर्थतन्त्रमा एक बिलियन डलर र २५ हजार रोजगारी गुमायो !

    • ४. अमेरिकामा ग्रीनकार्ड लिन चाहनेले आफ्नै देश फर्केर आवेदन दिनुपर्ने

    • ५. अमेरिका जान हिडेका हजारौ आप्रवासी किन मेक्सिकोमै रोकिए ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.