• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

भारतमा बढ्दो युवा आत्महत्या 

  •  
  • २०८१ भाद्र ९, आईतवार ०७:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    लक्ष्मी विजयकुमार

    दिनमा दुई घन्टाभन्दा बढी सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर–किशोरीले आत्महत्या गर्ने गरेका छन् 

    आत्महत्या मानव जीवनको दुःखद एवं अकालको क्षति हो । यो सबैभन्दा विनाशकारी र अन्योलजनक छ किनभने आत्महत्या एक सचेत स्वेच्छिक कार्य हो ।

    विश्वमा सबैभन्दा धेरै आत्महत्या गर्नेको दुर्भाग्यपूर्ण तथ्यांक भारतमा छ । राष्ट्रिय अपराध अभिलेख ब्युरो (एनसिआरबी) ले सन् २०२२ मा एक लाख ७१ हजारले आत्महत्या गरेको जनाएको छ । यो दर बढेर प्रतिएक लाखमा १२.४ जना पुगेको छ, जुन भारतमा अहिलेसम्मकै उच्च दर हो । तर, अपर्याप्त दर्ता प्रणाली, मृत्युको चिकित्सा प्रमाणपत्रको अभाव, सामाजिक लाञ्छना आदिका कारण यो तथ्यांक यथार्थभन्दा कम हुन सक्छ । दुर्भाग्य, कुलमध्ये ४१ प्रतिशत आत्महत्या ३० वर्षभन्दा कम उमेरका युवाले गर्छन् । भारतमा युवतीको मृत्युको प्रमुख कारण आत्महत्या हो । प्रत्येक आठ मिनेटमा एक युवाले आत्महत्या गरेर ज्यान गुमाएका छन्, जुन परिवार, समाज, अर्थतन्त्र र देशको भविष्यका लागि क्षति हो । युवाको आत्महत्या भारतमा एक प्रमुख सार्वजनिक स्वास्थ्य समस्या हो ।

    एक मात्रै कारक छैन ः आत्महत्या एक जटिल मानव व्यवहार हो र यसको एकल कारण पत्ता लगाउन सकिन्न । युवामा हुने आत्महत्यालाई बहुनिर्धारित र जैविक, मनोवैज्ञानिक, पारिवारिक एवं सामाजिक–सांस्कृतिक कारकबीच अन्तरक्रियाको परिणामका रूपमा बुझ्न सकिन्छ ।

    भारतमा किशोर आत्महत्याको हालैको एक विश्लेषणले प्रमुख जोखिम कारक पहिचान गरेको छ । जसमा मानसिक स्वास्थ्य समस्या (५४ प्रतिशत), पारिवारिक समस्या (३६ प्रतिशत), शैक्षिक तनाव (२३ प्रतिशत), सामाजिक एवं जीवनशैली (२० प्रतिशत), हिंसा (२२ प्रतिशत), आर्थिक संकट (९.१ प्रतिशत) र सम्बन्धमा समस्या (नौ प्रतिशत) रहेका छन् । अन्य कारकमा शारीरिक र यौन दुव्र्यवहार, परीक्षामा असफलता, अन्तरपुस्ताको द्वन्द्व, आमाबाबुको दबाब र जातीय भेदभाव समावेश छन् ।

    युवा–युवती र महिलामा आत्महत्याका पछाडि विशिष्ट सामाजिक सांस्कृतिक कारक छन् । मागी विवाह र कम उमेरमा विवाह, कम उमेरको मातृत्व, न्यून सामाजिक स्थिति, घरेलु हिंसा र आर्थिक निर्भरता केही अभिलिखित कारक हुन् । कठोर लैंगिक भूमिका र विभेदलाई पनि कारकमा समावेश गरिएको छ । सन् २०२२ मा दुई हजार ९५ आत्महत्याका पछाडि परीक्षा असफल हुनु रहेको थियो । एउटै परीक्षामा अंक ल्याउने शिक्षा प्रणालीको जोड र अभिभावकीय एवं स्वदबाबका सन्दर्भमा पनि आत्महत्या हुने गर्छ । कलेज भर्नाका लागि तीव्र प्रतिस्पर्धा, नतिजाको वरिपरि मिडियाको सनसनी खोज चर्चा र सामाजिक लाञ्छनाले भावनात्मक तनाव बढाउँछ । प्रतिष्ठित कलेजमा हुने प्रतिस्पर्धात्मक परीक्षा र मौजुदा शैक्षिक दबाबले यी समस्यालाई थप जटिल बनाउँछन्, जसले दुःखद परिणाम निम्त्याउँछ ।

    रक्सी र लागुपदार्थ युवा आत्महत्याका जोखिमपूर्ण कारक हुन् । पछिल्ला दुई दशकमा युवामा इन्टरनेट प्रयोगमा उल्लेख्य वृद्धि भएको छ । भारतका १९ राज्यको मेटा–विश्लेषणअनुसार कलेजका लगभग २० प्रतिशत विद्यार्थी दुव्र्यसनमा छन् । एकतिहाइ युवा साइबर–बुलिङको सिकार भएका छन् । र, यो एकतिहाइको एकतिहाइले आत्महत्या गर्छन् । त्यसैगरी दिनमा दुई घन्टाभन्दा बढी सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर–किशोरीले आत्महत्या गर्ने गरेका छन् ।

    जोखिममा रहेका युवामा मिडियाको बलियो प्रभाव छ । आत्महत्याको सनसनीपूर्ण रिपोर्टिङ विशेषतः सेलिब्रेटीको बढ्दो आत्महत्यापछि हुने रिपोर्टिङले पनि गम्भीर प्रभाव पार्ने गरेको छ । भारतमा एक लोकप्रिय युवा पुरुष अभिनेताको आत्महत्यापछि गुगलमा ‘कसरी आत्महत्या गर्ने’ भन्ने खोजमा उल्लेखनीय वृद्धि भएको थियो ।

    समाधानका उपाय : आत्महत्या एक व्यक्तिगत छनोट हो, यसलाई रोक्न सकिँदैन भन्ने मानिन्छ । अथवा यो सामाजिक–आर्थिक कारणले हुने हो, जुन आत्महत्या गर्ने व्यक्तिको नियन्त्रणबाहिर छ भन्ने बुझाइ पनि छ । अधिकांश आत्महत्या प्रयास गर्ने युवाका समस्याको वैकल्पिक एवं उपयुक्त समाधान हुन्छन् । युवाले समस्या समाधान, आवेग नियन्त्रण, र भावनात्मक नियमनको सीप सिक्न सक्छन् र मद्दत खोज्ने व्यवहारमा सुधार गर्न सक्छन् । मानसिक समस्याको प्रारम्भिक पहिचान र युवाअनुकूल हेरचाह आवश्यक छ । राम्रो आहार, नियमित व्यायाम, मध्यम इन्टरनेट प्रयोग, सहयोगी मित्रता, र योग÷ध्यानसहितको स्वस्थ जीवनशैली अपनाउनाले मानसिक स्वास्थ्यलाई प्रोत्साहन गर्छ र युवाको आत्महत्या कम गर्छ ।

    घरेलु हिंसा र मदिरा सेवन घटाएर पारिवारिक वातावरणमा सुधार ल्याउने र खाँचोमा परेकालाई आर्थिक सहायता प्रदान गर्दा आत्महत्या गर्ने प्रवृत्तिमा कमी आएको देखिन्छ । वैकल्पिक मूल्यांकन विधि र युवाको क्षमता अन्वेषण गर्ने प्रावधानजस्ता शैक्षिक सुधार आवश्यक छन् । जात, धर्म र लैंगिकतामा आधारित लाञ्छना र विभेद सम्बोधन गर्न आवश्यक छ । राजनीतिक इच्छाशक्ति, अन्तरक्षेत्रीय सहयोग एवं प्रतिबद्धता र समुदायको सहभागिता पनि आवश्यक छ ।

    प्रचार हुनुपर्ने रणनीति : स्वास्थ्य मन्त्रालयले नोभेम्बर २०१९ मा भारतका लागि राष्ट्रिय आत्महत्या रोकथाम रणनीति विकास गर्न कार्यदल गठन गरेको थियो । सन् २०३० सम्ममा आत्महत्यालाई १० प्रतिशतले घटाउने लक्ष्यसाथ २१ नोभेम्बर २०२२ मा अन्तिम रणनीति सुरु गरिएको थियो ।

    रणनीतिले स्वास्थ्य, शिक्षा, सूचना तथा प्रसारण र समाज कल्याण मन्त्रालयबीचको सहकार्य आवश्यक रहेको जनाएको छ । रणनीतिले विद्यालय स्वास्थ्य दूत र युवा क्लबमार्फत मानसिक स्वास्थ्य प्रवद्र्धन गर्न र लागुपदार्थ एवं व्यवहारसम्बन्धी लत कम गर्न शैक्षिक संस्था र युवा संगठनलाई लाभान्वित गर्न सक्नुपर्छ । यो रणनीतिलाई सबै भारतीय राज्य र सरोकारवालामाझ तुरुन्तै प्रचार गर्न आवश्यक छ । प्रदेश, जिल्ला र सामुदायिक तहमा तत्काल कार्यान्वयनका लागि बजेट विनियोजन जरुरी छ ।

    (प्राध्यापक विजयकुमार स्नेहा आत्महत्या रोकथाम केन्द्रकी संस्थापक हुन्)
    द हिन्दूबाट

    Post Views: 142
    प्रकाशित मिति: २०८१ भाद्र ९, आईतवार ०७:१२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !
    इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार
    अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित
    Advertisement
    ताजा अपडेट
    • १. इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !

    • २. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • ३. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • ४. अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    चर्चित
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.