• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

आठ राजदूतको सुनुवाइ सम्पन्न , नौ जनाको बाँकी

  •  
  • २०८१ भाद्र १८, मंगलवार ०८:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    संसदीय सुनुवाइ समितिले प्रस्तावित १७ मध्ये आठ राजदूतको सुनुवाइ सम्पन्न गरेको छ । आइतबार र सोमबार गरी समितिले आठ जनाको सुुनुवाइ सकेको हो । समितिले मङ्गलबार भने एक जनाको मात्र सुनुवाइको कार्यसूची राखेको छ । अनुमोदनबारेको निर्णय भने समितिले सुनुवाइ सकिएपछि एकमुष्ट गर्ने छ ।

    आइतबार समितिले चीनका लागि प्रस्तावित प्राडा कृष्णप्रसाद ओली, भारतका लागि प्रस्तावित शङ्कर शर्मा, डेनमार्कका लागि प्रस्तावित सुम्निमा तुलाधर, जर्मनीका लागि प्रस्तावित डा. शैल रुपाखेतीको सुनुवाइ गरेको थियो । यस्तै सोमबार इजरायलका लागि प्रस्तावित प्रा. धनप्रसाद पण्डित, मलेसियाका लागि प्रस्तावित डा. नेत्रप्रसाद तिमल्सिना, पाकिस्तानका लागि प्रस्तावित रीता धिताल र पोर्चुगलका लागि प्रस्तावित प्रकाशमणि पौडेलको सुनुवाइ गरेको छ ।

    सुनुवाइका क्रममा पण्डितले दुई देशबिच सहायताको क्षेत्र पहिचान गरी काम गर्ने बताउनुभयो । उहाँले इजरायलले कृषिका क्षेत्रमा अपनाएका प्रविधिलगायतका सहायतामा सहयोग माग्ने पनि जनाउनुभयो । उहाँले नेपाल इजरायल संसदीयमैत्री समूहका लागि पनि पहल गर्ने जानकारी दिनुभयो ।

    उहाँले इजरायलले प्यालेस्टाइनलाई पनि बाँच्न दिनुपर्ने धारणा पनि राख्नुभयो । उहाँले दुई देशको लडाइँ बन्दको सुझाव पनि देशको प्रतिनिधिका रूपमा आफू तयार रहेको अभिव्यक्ति पनि दिनुभयो । पण्डितले सूचनाको हक कार्यान्वयन नगरेकोमा अदालतले गरेको जरिबानाको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको पनि जानकारी दिनुभयो । टुँडिखेलमा हालै राजनीतिज्ञमाथि भएको टिप्पणीले नेपालको गुप्तचर निकायको क्षमता बढाउन आवश्यक भएको देखिएको पनि उहाँको टिप्पणी थियो । गुप्तचरको क्षमता अभिवृद्धिलगायतका क्षेत्रमा इजरायलको सहयोग दिन सकिने उहाँको धारणा थियो ।

    यस्तै मलेसियाका लागि प्रस्तावित तिमल्सिनाले मलेसिया नेपालको महत्वपूर्ण श्रम गन्तव्य भएको र श्रमिकका समस्याका विषयमै केन्द्रित हुने बताउनुभयो । सन् २०१८ यता द्विपक्षीय श्रम सम्झौता नवीकरण नभएकाले त्यसमा काम गर्ने उहाँको भनाइ थियो । उहाँले सूचना प्रविधि, शिक्षालगायतका क्षेत्रमा सहायता लिन सकिने धारणा राख्नुभयो ।

    फ्री भिसा, फ्री टिकट व्यवस्थालाई व्यवस्थित बनाउन आवश्यक रहेको तिमल्सिनाको भनाइ थियो । अहिले सरदर ५ प्रतिशतले मात्र उक्त सुविधा उपभोग गरेको पनि उहाँको दाबी छ । नेपाल रेडक्रस सोसाइटीमा रहेको विवादको एक पक्ष आफू भएको स्विकार्दै उहाँले अदालतले नै आधिकारिताको टुङ्गो लगाउनुपर्ने धारणा राख्नुभयो । रेडक्रसको नेतृत्वबाट आफू दुई महिनाअघि नै अलग भएको पनि उहाँको भनाइ थियो ।

    यस्तै पाकिस्तानका लागि प्रस्तावित रीता धितालले नेपाल सरकारको नीति अनुसार आफू अघि बढ्ने बताउनुभयो । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको क्रियाशीलताका लागि पहल गर्ने धितालको भनाइ थियो ।

    यस्तै पोर्चुगलका लागि प्रस्तावित पौडेलले कार्यसम्पादन गर्न सक्ने विषयलाई मात्र कार्ययोजनामा सामेल गरेको बताउनुभयो । पौडेलले द्विपक्षीय व्यापारका सम्भावना अध्ययन गर्ने बताउनुभयो । चिया, कफी, नेपाली ब्रान्डका जुत्तालगायतका क्षेत्रमा नेपालले व्यापार प्रवर्धन गर्न सक्ने उहाँको भनाइ थियो । दूतावाससमेत स्थापनाको काम आफ्नो पहिलो प्राथमिकता भएको पौडेलको भनाइ थियो ।

    Post Views: 172
    प्रकाशित मिति: २०८१ भाद्र १८, मंगलवार ०८:२५
    Advertisement
    संबन्धित शिर्षकहरु
    विकासशील देशका लागि आर्टिफिसियल इन्टेलिजेन्स लाइफलाइन बन्न सक्छः विश्व बैक
    नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 
    अफ्रिकामा नायक इब्राहिम ट्राओरेको दुई फरक अनुहार, लोकतन्त्र र मानव अधिकारमाथी अंकुश !
    Advertisement
    ताजा अपडेट
    • १. विकासशील देशका लागि आर्टिफिसियल इन्टेलिजेन्स लाइफलाइन बन्न सक्छः विश्व बैक

    • २. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    • ३. अफ्रिकामा नायक इब्राहिम ट्राओरेको दुई फरक अनुहार, लोकतन्त्र र मानव अधिकारमाथी अंकुश !

    • ४. रिक्त २१ जना राजदूत सिफारिस गर्ने अन्तिम तयारी: केहि नाममा सहमति हुन बाँकी !

    • ५. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    चर्चित
    • १. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    • २. हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल

    • ३. निर्मलपुर्जासहित १० जना पर्वतारोहण टोली पाकिस्तानको ब्रड पिकमा बेपत्ता

    • ४. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    • ५. लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.