• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नागरिकता अधिकारका लागि लडेकी दिप्दी गुरुङ राष्ट्रसंघीय पुरस्कार एसियाबाट पुरस्कृत

  •  
  • २०८१ आश्विन २४, बिहीबार ०७:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    जेनेभा — आप्रवासी र शरणार्थीको अधिकारका लागि दशकौँ लामो समयदेखि काम गर्दै आएकी ब्राजिलीयाली भिक्षुणी रोसिटा माइलेसीले बुधबार संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय (युएनएचसीआर)को ‘नानसेन पुरस्कार’ जितेकी छन् ।

    ७९ वर्षीय माइलेसीले ४० वर्षको अवधिमा ब्राजिलमा कानुनी कागजात, आवास, खाना, स्वास्थ्य सेवा, भाषा प्रशिक्षण र श्रम बजारमा पहुँच पुर्‍याउन हजारौँ मानिसलाई सहयोग गरेको युएनएचसीआरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ  माइलेसीसहित चार क्षेत्रीय पुरस्कार पनि सबै महिलाहरूलाई दिइएको छ । माइलेसीसँगै क्षेत्रीय पुरस्कारबाट नेपालकी दीप्ति गुरुङ, बुर्किना फासोकी मैमौना बा, सिरियाली जिन डाभोद, सुडानी शरणार्थी नाडा फाडोल सम्मानित भएका छन् ।

    सम्मानित हुने चार व्यक्तित्वमध्येकी एक नेपाली महिला गुरुङ छन् । उनले आफ्ना छोरीहरू राज्यविहीन भएपछि नेपालको नागरिकता कानुनमा सुधार का लागि अभियान चलाएकी थिइन् । ‘मैले आप्रवासी र शरणार्थीहरूको लागि आफूलाई समर्पित गर्ने निर्णय गरेँ । म शरणार्थीहरूलाई सहयोग गर्न, स्वागत गर्न र एकीकृत गर्न बढ्दो आवश्यकताबाट प्रेरित छु,’ माइलेसीले पुरस्कृत भएपछि दिएको संक्षिप्त टिप्पणीमा भनेकीछन् ।

    रोमन क्याथोलिक भिक्षुणीले माइग्रेसन एण्ड ह्युमन राइट्स इन्स्टिच्युटलाई शरणार्थीको हक हितका लागि नडराईकन काम गर्न निर्देशन दिँदै भनेकी छन्’, म काम गर्न डराउँदिन, यद्यपि हामीले चाहेको सबै कुरा प्राप्त गर्न सक्दैनौँ। यदि मैले त्यसो गर्न सक्थेँ भने यसलाई प्राप्त गर्न म संसारलाई उल्टो पारिदिने थिए ।’

    यूएनएचसीआरले उनको कामको बारेमा प्रकाश पार्दै माइलेसीले शरणार्थीको हक र हितका लागि एक सशक्त वकिलको रूपमा काम गरेकीछन् । उनको कामले विशेष गरी ब्राजिलको १९९७ को शरणार्थी कानुन निर्माणमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको सार्वजनिक नीतिलाई आकार दिन ‘महत्वपूर्ण’ भूमिका खेलेको बताएको छ ।  उनले ब्राजिलको सन् २०१७ को आप्रवासन कानुनमा पनि यस्तै भूमिका खेलेकी थिइन्।् यो कानुनले ब्राजिलका विभिन्न समूहलाई एक ठाउँमा ल्याउने र सांसदहरूलाई परिचालन गर्ने काम भएको थियो।

    संयुक्त राष्ट्रसंघका शरणार्थी प्रमुख फिलिप्पो ग्रान्डीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘प्रायजसो महिलाहरूले भेदभाव र हिंसाको उच्च जोखिमको सामना गर्छन्, विशेष गरी जब उनीहरू भाग्न बाध्य हुन्छन्। तर यी पाँच विजेताहरूले कसरी महिलाहरूले मानवीय प्रतिक्रिया र समाधान खोज्नमा महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् भन्ने देखाउँछन् ।’

    बुर्किना फासोकी अधिकारकर्मी मैमौना बाले १०० भन्दा बढी विस्थापित बालबालिकालाई कक्षाकोठामा फर्कन मद्दत गरेकी थिइन् । सिरियाली शरणार्थी र सामाजिक उद्यमी जिन डाभोद पनि क्षेत्रीयस्तरको राष्ट्रसङ्घीय शरणार्थी पुरस्कारबाट सम्मानित भएकी छन् । उनले हजारौं आघात पीडितहरूलाई लाइसेन्स प्राप्त चिकित्सकहरूसँग जोड्न अनलाइन प्लेटफर्म निर्माण गरेकी थिइन् ।

    सयौं शरणार्थी परिवारहरूको लागि सहायता जुटाउने कामका लागि सुडानी शरणार्थी नाडा फाडोल पनि राष्ट्रसङ्घीय शरणार्थी पुरस्कारबाट सम्मानित भएकी छन् । जसले इजिप्टमा भागिरहेका सयौं शरणार्थी परिवारहरूको लागि सहायता जुटाए।  मोल्दोभाका नागरिकले छिमेकी युक्रेनको युद्धबाट भागेर आएका १० लाखभन्दा बढी मानिसहरूलाई समायोजित गर्ने सामूहिक प्रयासका लागि पुरस्कृत गरिएको छ । माथि उल्लेखित सबै पुरस्कार आगामी अक्टोबर १४ मा जेनेभामा प्रदान गरिनेछ ।

    सन् १९५४ मा स्थापना भएको नानसेन पुरस्कार अन्तर्गत विजेताको कामलाई परिपूरक बनाउने परियोजनाका लागि एक लाख अमेरिकी डलर प्राप्त गर्नेछन् । क्षेत्रीय विजेताले जनही २५ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । सन् १९२२ को नोबेल शान्ति पुरस्कार विजेता नर्वेजियन ध्रुवीय अन्वेषक फ्रिडजोफ नानसेनको नामबाट यो पुरस्कारको नामकरण गरिएको हो।

    उनले नानसेन राहदानी विकास गरेका थिए । यसले सन् १९४२ सम्म शरणार्थीहरूको लागि एक परिचय पत्र र यात्रा अनुमतिको रूपमा काम गर्दथ्यो।

    नानसेन पुरस्कारको गत वर्षको विश्व विजेता सोमालियाका पूर्व शरणार्थी अब्दुल्लाही मिरे थिए भने भने सन् २०२२ मा जर्मनीकी पूर्व चान्सलर एन्जेला मर्केल विश्व विजेता बनेकी थिइन् ।

    Post Views: 136
    प्रकाशित मिति: २०८१ आश्विन २४, बिहीबार ०७:१८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई
    Advertisement
    ताजा अपडेट
    • १. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • २. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ३. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ४. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    • ५. अख्तियारमा उजुरीः स्थानीय तहमा भ्रष्ट्राचार बढेको की जनता सचेत भएका ?

    चर्चित
    • १. चुनाव बिथोलिने डरले जाँचबुझ आयोगको म्याद फागुन २४ (२५ दिन) सम्मलाई थपियो

    • २. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • ३. ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

    • ४. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ५. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.