• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिका राष्ट्रपति निर्वाचन मतसर्वेक्षणः साँघुरो मतान्तर ह्यारिस अघि अघि ट्रम्प पछि पछि

  •  
  • २०८१ कार्तिक ३, शनिबार ०९:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    संयुक्त राज्य अमेरिकामा आगामी नोभेम्बर ५ मा नयाँ राष्ट्रपति छान्न निर्वाचन हुँदै छ । यतिखेर सबै राज्यहरुमा निकै उत्साहका साथ पहिले नै हाल्न पाउने मतदानको सदुपयोग गरी रहेका छन । विगतमा भन्दा यस पटक मतदातामा निकै उत्साह थपिएको समाचार माध्यमहरुले जनाएको छ । यो निर्वाचनमा सुरुमा सन् २०२० मा झैँ जो बाइडन र डोनल्ड ट्रम्प उम्मेदवार बनेका थिए । तर गत जुलाई महिनामा बाइडनले आफू उम्मेदवार नबन्ने घोषणा गर्दै उपराष्ट्रपति कमला ह्यारिसलाई अगाडि सारे । के अमेरिकाले प्रथम महिला राष्ट्रप्रमुख पाउला त कि पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प पुनः सत्तामा फर्किएलान ? अमेरिकी राजनीतिमा मात्र नभए र संसारभरको राजनीतिक बहस चासोको मुख्य विषय बनेको छ ।
    कमला ह्यारिस गत जुलाई महिनाको अन्त्यतिर प्रतिस्पर्धामा आएदेखि नै राष्ट्रव्यापी सर्वेक्षणहरूका औसत मानमा उनलाई डोनल्ड ट्रम्पभन्दा केही अगाडि रहेको देखियो । उनले निरन्तर आफ्नो अग्रता कायम राखेकी छन् । निर्वाचन अभियान थालेपछि सुरुका केही साताहरूमा उनीप्रति समर्थन बढेको देखियो । अगस्ट महिनाको अन्तिमसम्म आइपुग्दा उनले झन्डै चार प्रतिशतको अग्रता कायम गरिन् ।

    सेप्टेम्बरको पूर्वार्धदेखि दुई उम्मेदवारहरूप्रति समर्थन व्यक्त गर्ने मतदाताको सख्या तुलनात्मक रूपमा स्थिर देखिएको छ । सेप्टेम्बर १० मा ह्यारिस र ट्रम्पबीच भएको बहसपछि पनि त्यसमा ठूलो परिवर्तन देखिएको छैन । टेलिभिजनबाट प्रत्यक्ष प्रसारित उक्त बहस सात करोड मानिसले हेरेका थिए । विगत केही सातामा प्रतिस्पर्धामा कति थोरै परिवर्तन भएको छ भन्ने कुरा तलको चित्रले देखाउँछ । विभिन्न रङ्गमा प्रस्तुत रेखाले मुख्य तीन उम्मेदवारका पक्षमा अभिव्यक्त मतको औसत मान र बिन्दुले प्रत्येक सर्वेक्षणमा उनीहरूले प्राप्त गरेको समर्थनको प्रतिशत सङ्केत गर्छन् । यस्ता सर्वेक्षणहरूले उम्मेदवारको लोकप्रियताको झल्को दिने भए पनि तिनकै आधारमा निर्वाचनको परिणाम यस्तै हुन्न भन्न चाहिँ सकिँदैन ।

    किनभने संयुक्त राज्य अमेरिकामा इलेक्टोरल कलेज भनिने निर्वाचक मण्डलमा आधारित प्रणालीले निर्वाचनको परिणामको छिनोफानो गर्छ । त्यसअन्तर्गत राज्यहरूलाई त्यहाँको जनसख्याका आधारमा निश्चित सख्यामा मतभार अर्थात् इलेक्टोरल कलेज मत दिइएको हुन्छ । देशभरिका सबै राज्यसँग कुल ५ सय ३८ इलेक्टोरल कलेज मत हुन्छ । निर्वाचन जित्न २७० मतभार पाउनैपर्छ । सर्वसाधारण मतदाताले राज्यस्तरीय प्रतिस्पर्धाका लागि मत दिन्छन्, राष्ट्रिय स्तरमा हैन । दुई राज्यमा बाहेक अन्यत्र सर्वाधिक मत ल्याउने उम्मेदवारले उक्त राज्यका लागि तोकिएको सबै मतभार अर्थात् इलेक्टोरल कलेज मत हात पार्ने प्रावधान छ । पपुलर मल पाए पनि ईलोक्ट्रोल मत बढी पाउने नै निर्वार्चित हुन्छ । अघिल्लो निर्वाचनहरुमा यस्तै थूप्रै पटक भएका छन ।

    अधिकांश राज्यले प्रत्येक निर्वाचनमा प्रायः एउटै पार्टीलाई मत दिन्छन् । केही राज्यमा मात्र दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुन्छ । ती राज्यले नै समग्र निर्वाचनको परिणाम तलमाथि पारिदिन्छन् । ती राज्यलाई ब्याटलग्राउन्ड स्टेटु स्विङ स्टेट भन्ने गरिन्छ । यो निर्वाचनमा सातवटा राज्यमा दुई उम्मेदवारबीच चर्को प्रतिस्पर्धा हुने देखिन्छ । मत सर्वेक्षणहरूमा ती राज्यमा कुनै पनि उम्मेदवारले स्पष्ट र निर्णायक अग्रता कायम गरेको देखिँदैन । त्यहि राज्यहरुका आधारमा निर्वाचन जित हार हुन्छ ।
    अगस्ट महिनादेखि एरिजोना, जोर्जिया र नर्थ क्यारोलाइनामा एकै उम्मेदवारको अग्रता छैन । ती तीन राज्यमा केही सातादेखि ट्रम्प झिनो मतले अगाडि देखिएका छन् । नभाडा राज्यमा पनि अगाडि हुने उम्मेदवार एकै छैनन् । त्यहाँ अहिले ह्यारिसलाई ट्रम्पभन्दा केही अगाडि देखिन्छ । मिशिगन, पेन्सिल्भेनिआ र विस्कन्सिनमा अगस्ट महिनादेखि ह्यारिस अगाडि देखिएकी छिन । कहिलेकाहीँ उनी ट्रम्पभन्दा दुई वा तीन प्रतिशतले अगाडि हुन्छिन् । तर केही दिनदेखि प्रतिस्पर्धा बढेको देखिन्छ ।
    सन् २०१६ मा ट्रम्प विजयी हुनुअघि यी तीनवटै राज्यलाई डेमोक्र्याटिक पार्टीको गढ मानिन्थ्यो । सन् २०२० मा जो बाइडनले ती राज्यमा आफ्नो पार्टीको प्रभाव पुनः स्थापित गरे । यसपालि ह्यारिसले ती राज्यलाई आफ्नो पक्षमा पार्न सकिन् भने उनलाई चुनाव जित्न सजिलो हुने छ । उम्मेदवार नबन्ने घोषणा गर्नुअघि सातवटा स्विङ स्टेटमा जो बाइडन आफ्ना प्रतिस्पर्धी ट्रम्पभन्दा औसतमा पाँच प्रतिशतले पछाडि रहेको मतसर्वेक्षणहरूले देखाएका थिए । तर उनको ठाउँमा ह्यारिस उम्मेदवार बनेपछि डेमोक्र्याटिक पार्टीका पक्षमा समर्थन बढेको देख्न थालियो । पेन्सिल्भेनिआ राज्यमा बाइडेन ४ दशमलव ५ प्रतिशतले पछाडि थिए । सात राज्यमध्ये सर्वाधिक इलेक्टोरल कलेज मत १९ भएकाले दुवै उम्मेदवारका लागि पेन्सिल्भेनिआ महत्त्वपूर्ण छ । सो राज्यमा निर्वाचन जित्ने उम्मेदवारलाई परिणाम आफ्नो पक्षमा पार्न आवश्यक २७० मतभार पु¥याउन सहज हुनेछ ।

     


    मत सर्भेक्षणहरु कति तथ्यपरक होलान ?

    अमेरिकी निर्वाचनमा यस्ता सर्भेक्षण केहिबाहेक प्रायजसो मिल्ने गरेको ईतिहास छ । धेरै मानिसले मत सर्वेक्षणहरूले कुन उम्मेदवारलाई अगाडि देखाउँछन् र निर्वाचनमा को विजयी होला भनेर चर्चा गर्ने गरेका छन् । तर मत सर्वेक्षण गर्ने संस्थाहरूले सन् २०१६ मा भएको निर्वाचनको परिणाम सही अनुमान गर्न सकेका थिएनन् । उनीहरूको अनुमानविपरीत हिलरी क्लिन्टनलाई पराजित गर्दै डोनल्ड ट्रम्प राष्ट्रपति बनेका थिए ।

    यदि इलेक्टरल मत बराबर भएमा के होला भन्ने प्रश्न पनि उठि रहेका छन । विगतमा यस्ता घटनाहरु भएका पनि छन । कुल ५ सय ३८ इलेक्टरल मत रहेकोले दुई उम्मेदवारको २६९, २६९ मत हुने सम्भावना रहन्छ। यस्तो भयो भने को राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित हुन्छ ? यस्तो बेला निर्णय अमेरिकी संसद्ले गर्छ। अमेरिकी संसद्ले सन् १७९६, सन् १८००, सन् १८२५, र सन् १८७७ मा गरी चारपटक यस्तो अवस्था सिर्जना हुन गएको विशेष परिस्थितिमा राष्ट्रपति छानेको ईतिहास छ ।
    कंग्रेस भनिने अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले राष्ट्रपति र माथिल्लो सदन सिनेटले उपराष्ट्रपति छान्ने कानुनी व्यवस्था छ। हाउस अफ रिप्रिजेन्टेटिभ्स भनिने तल्लो सदनमा प्रत्येक राज्यको प्रतिनिधि मण्डलले एक मत दिन पाउँछ । यसको अर्थ त्यहाँ जम्मा ५० मत हुन्छ र २६ मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपति चुनिन्छ । हालको अवस्थामा अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभ्समा डेमोक्र्याटको बहुमत छ । सिनेट भनिने माथिल्लो सदनका एक सय सदस्य सबैले मत दिएर उपराष्ट्रपति छान्ने कानुनी व्इवस्था छ । अहिले अमेरिकी सिनेटमा रिपब्लिकनको बहुमत छ ।
    विभिन्न अन्तराष्ट्र्रिय सन्चारमाध्यममा प्रकासित समाचारमा आधारित ।

    Post Views: 247
    प्रकाशित मिति: २०८१ कार्तिक ३, शनिबार ०९:४५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !
    इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार
    अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित
    Advertisement
    ताजा अपडेट
    • १. इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !

    • २. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • ३. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • ४. अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    चर्चित
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.