• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

बेलैमा पासपोर्ट नविकरण नहुँदा माल्टाका २ सय नेपाली अबैध

  •  
  • २०८१ कार्तिक ४, आईतवार ०९:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    समयमा नै पापोर्ट नविकरण नभएको कारण माल्टामा रहेका नेपालीहरु अबैध बन्दै गएका छन । परराष्ट्र मन्त्रालयले आवश्यक सहजीकरणका लागि चासो नदिँदा माल्टामा कार्यरत नेपालीहरू समस्यामा परेका हुन । पासपोर्ट नवीकरणलगायतका सेवाका लागि लागि घुम्ती टोली पठाउन मन्त्रालयलाई आग्रह गरिएपनि हालसम्म समस्याको समाधान हुन नसकेको गैरआवासीय नेपाली संघका माल्टाका अध्यक्ष रेम्स खनालले बताएका छन । उनका अनुसार माल्टाको अस्थायी आवासीय परिचय पाउनका लागि हरेक वर्ष नवीकरण गराउनुपर्ने हुन्छ । यसरी नवीकरणका लागि पासपोर्टको म्याद ८ महिना बाँकी हुनैपर्ने हुन्छ । तर, नवीकरण गराउन नपाउँदा करिब २ सय जना अवैधको हैसियतमा पुगेका छन । सरकारले समयमा आवश्यक व्यवस्था नगरिदिए छिट्टै कैयन नेपालीलाई समस्या पर्ने अवस्था रहेको उनको भनाइ छ ।

    माल्टालाई नेपाली दूतावास स्पेनले हेर्दै आएको छ । तर, त्यहाँ जनशक्तिलगायतका समस्या रहेकाले तत्काल विभागबाटै टोली खटाइनुपर्ने आफूहरूको धारणा रहेको खनालको भनाइ छ । माल्टामा ५ वर्ष काम गरेर बसेपछि अस्थायी आवसायीय सुविधा हुने भएपनि हरेक वर्ष कार्ड रिन्यु गर्नुपर्ने नियम छ । हाल माल्टामा करिब १० हजारको हाराहारीमा नेपाली कार्यरत रहेको बताइएको छ ।

    समस्याबारे एनआरएनए माल्टाले राहदानी विभागबाट घुम्ती टोली पठाइदिन परराष्ट्रमन्त्री आरजु राणा देउवासमक्ष आग्रह गर्दै सेप्टेम्बर पहिलो साता नै पत्राचार गरेको थियो । विशेष गरी, पासपोर्ट नवीकरण, नयाँ पासपोर्ट आवेदन र अन्य राहदानीसम्बन्धी सेवाहरूको लागि घुम्ती टोलीको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको एनआरएनएको भनाइ छ ।  माल्टामा यतिखेर व्यापक नेपालीको उपीस्थति रहेकाले काम पाउन मुस्किल पर्दै गएको छ । माल्टा भनेर जाने तर त्यहाँबाट स्पेन, पोर्चुगललगायत यूरोपियन देश जाने लहर चलेको छ ।

    Post Views: 222
    प्रकाशित मिति: २०८१ कार्तिक ४, आईतवार ०९:१७
    Advertisement
    संबन्धित शिर्षकहरु
    जापानमा नेपालीको बढ्दो मृत्यू, आत्महत्या कारण के हो ?
    रुस-युक्रेन युद्धमा रुसी सेनामा भर्ना भएका ‘भाडाका सैनिक’ १ सय ३१ नेपाली मृत्यु !
    फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड बन्यो तेस्रो, पुरस्कार २ करोड ९० लाख अमेरिकी डलर
    Advertisement
    ताजा अपडेट
    • १. जापानमा नेपालीको बढ्दो मृत्यू, आत्महत्या कारण के हो ?

    • २. रुस-युक्रेन युद्धमा रुसी सेनामा भर्ना भएका ‘भाडाका सैनिक’ १ सय ३१ नेपाली मृत्यु !

    • ३. रोड्रीले जिते गोल्डेन बल, एमबाप्पेलाई गोल्डेन बुट

    • ४. अर्जेन्टिनालाई हराउँदै स्पेनले १–० ले जित्यो विश्वकपको उपाधि

    • ५. फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड बन्यो तेस्रो, पुरस्कार २ करोड ९० लाख अमेरिकी डलर

    चर्चित
    • १. अमेरिकामा अन्तर्राष्ट्रिय विधार्थीमाथी थप कडाईको संकेत !१७ प्रतिशत अन्तर्राष्ट्रिय विधार्थी घटेको तथ्यांक ?

    • २. नयाँ राजदुत नियूक्तिमा प्रधानमन्त्रि र परराष्ट्रमन्त्रिको आआफ्नै लिष्ट !

    • ३. अमेरिकी ग्रीनकार्ड पाउन अब एक लाख डलर धरौटी !

    • ४. अर्जेन्टिनालाई हराउँदै स्पेनले १–० ले जित्यो विश्वकपको उपाधि

    • ५. फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड बन्यो तेस्रो, पुरस्कार २ करोड ९० लाख अमेरिकी डलर

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.