• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

प्रधानमन्त्रि ओली कुलमानप्रति किन यति कठोर ? तथ्य र प्रमाणसहित विवादको चिरफार (भिडियोसहित)

  •  
  • २०८१ कार्तिक ६, मंगलवार ०६:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    सरकार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि पनि खनिएको छ । सरकारले कुलमानलाई १५ बुँदे स्पष्टीकरण सोधेको छ । कुलमान पनि के कम उनले पनि बक्यौता नतिर्ने ४९ उद्योगलाई बक्यौता तिर्न अल्टिमेटम दिएर नतिरे कानुन् कारबाहीका लागि तयारी गरी रहेका छन । सरकार कुलमानमाथि खनिँदा कुलमान उद्योगीमाथि कठोर बन्दै गएका छन् ।

    कुलमान घिसिङ त सरकारले नै नियुक्त गरेका एक कर्मचारी हुन् । प्रक्रियागत रुपमा सरकारले कुलमानमाथि अनुसन्धान गर्न सक्छ अनि कारबाही पनि तर, विषय यत्ति मात्रै होइन । सरकार र विद्युत प्राधिकरणका एमडी कुलमानबीचको विवाद यतिखेर सतहमा पुगेको छ । झट्ट हेर्दा प्रधानमन्त्रि केपी ओली कुलमान हटाउने तयारीमा छन । एउटै कारण हुन् उद्योगीले बक्यौता तिर्नुको सट्टा प्रधानमन्त्री ओलीलाई गुहार्न थालेपछि यो समस्या सतहमा आयो । उधोगीहरु विधुतको पैसा तिर्दैनन अनि आफ्नो उधोग चलाएर नाफा खान्छन । तर किन प्रधानमन्त्री ओली केही धनी व्यापारीप्रति लचिलो देखिन्छन् । ती व्यापारी सही हुन् वा गलत केही हेर्दैनन् । पछिल्लो पटक भाटभटेनीका मालिक मिन बहादुर गुरुडले एमालेलाई दिएको जग्गा दानले प्रधानमन्त्रि ओलीको चरित्र छर्लंग पारिदिएको छ । हो, उद्योगीमाथि अन्याय हुनु हुँदैन । उनीहरुमाथि जोरजबर्जस्ती गर्नु हुँदैन । उनीहरुले जति बिजुली खपत गरेका हुन्, नियम र कानुनअनुसार तिर्नैपर्छ । उद्योगहरुले बिजुली पाउनुपर्छ, उद्योगहरु निरन्तर चल्नुपर्छ । यसमा प्राधिकरणले अर्घेल्याइँ गर्नु हुँदैन । यसो भनिरहँदा उनीहरुको नाममा वर्षौंअघि चढिसकेको बिल त्यत्तिकै फर्स्यौट पनि हुन सक्दैन । उधोगीहरु विधुतको पैसा तिर्ने बेला कि राजनीतिक दलहरु भेट्दै हिड्छन त्यो पनि गलत हो ।

    बक्यौता बापतको २१ अर्ब ८८ करोड असुल उपर गर्नुपर्ने

    २२ अर्ब रुपैयाँ सानो रकम होइन । प्राधिकरणलाई तिर्नुपर्ने भने पनि यो पैसा अन्ततः राज्यकै हो । वर्षौंदेखि घाटामा गइरहेको प्राधिकरण केही वर्षयता नाफामा जान थालेको छ । त्यसको श्रेय कुलमान घिसिंडलाई पक्कै जान्छ । यसलाई फेरि अन्य संस्थान जस्तै घाटामै धकेल्नु न्यायोचित हुँदैन । समस्या गिजोल्ने होइन, सुल्झाउनुपर्छ, ऊर्जा र उद्योगको विकासमा लाग्नुपर्छ । दशैं बिदा सुरु हुनुभन्दा ठीक एक दिनअघि असोज २३ गते बुधबार सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोध्यो । केपी ओली प्रधानमन्त्रि भएदेखि नै कुलमान माथी उनले नियमित प्रहार गर्दै आएको देखिन्छ । त्यसको भोलिपल्टै असोज २४ गते विहीबार, फूलपातीको दिन प्राधिकरणले बक्यौता बुझाउन ४९ उद्योगको नाममा सार्वजनिक सूचना निकाल्छ । सरकारले घिसिङलाई स्पष्टीकरण सोध्नु र प्राधिकरणले बक्यौता उठाउन सूचना निकाल्नु संयोग जस्तै देखिन्छ । सरकार कुलमानलाई हटाउन चाहन्छ, कुलमान सरकारकै असहयोगका बीच बक्यौता उठाउन चाहन्छन् ।
    प्रधानमन्त्री केपी ओली तत्कालीन ऊर्जामन्त्री पम्फा भुसालले कुलमानलाई प्राधिकरणमा दोहोर्याउन भन्दै लगेको प्रस्ताव ओलीले पहिल्यै मिल्काइदिएका थिए । ओलीले कुलमानको सट्टा हितेन्द्र शाक्यलाई एमडी बनाए । ओलीले नरुचाएका कुलमानलाई त्यसपछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले फेरि एमडी बनायो । अहिले ओली प्रधानमन्त्री छन् र कुलमानलाई हटाउने प्रपन्चमा लागिरहेका छन् । हो, त्यही उद्देश्यले ऊर्जा मन्त्रालयले कुलमानसँग असोज २३ गते बुधबार पन्ध्र दिनको समय दिएर १५ बुँदे स्पष्टीकरण सोधेको हो । कांग्रेस–एमालेको गठबन्धन सरकार छ, ऊर्जामन्त्री छन्, कांग्रेसका दीपक खड्का । यहाँनेर प्रधानमन्त्री ओली र ऊर्जामन्त्री खड्का दुवैको स्वार्थ जोडिएको छ । ओली कुलमानलाई हटाउन चाहन्छन्, खड्का आफ्ना मान्छेलाई एमडी बनाउन चाहन्छन् । खड्काले कसलाई एमडी बनाउन चाहन्छन् ? त्यो पनि प्रष्ट छ ।

    पछिल्लो समय कुलमानसँग ओली चिढिनुको मुख्य कारण ट्रंकलाइन र डेडिकेटेड फिडरबाट विभिन्न उद्योगले प्रयोग गरेको बिजुलीको बक्यौता महशुल उठाउने प्राधिकरणको तयारी हो । ओलीको नेतृत्वमा सरकार बनेदेखि नै यो विषयमा विवाद थियो । प्रधानमन्त्री ओलीले संसदबाटै बक्यौता नतिर्ने उद्योगको लाइन नकाट्न कुलमानलाई चेतावनी दिएका थिए । साउनमा जसोतसो यो विवाद मत्थर भए पनि प्राधिकरणले उद्योगीहरुसँग बक्यौता नउठाई नछाड्ने तयारी गरेपछि उद्योगीहरुले भित्रभित्रै प्रधानमन्त्रीमाथि दबाब बढाए, त्यसको असर कुलमानमाथि पर्यो । चुरो कुरा यही हो । यहाँ अचम्को कुरा के छ भने सरकार आफैंले बक्यौता उठाउन दिँदैन, अनि डेडिकेटेड फिडर–ट्रंक लाइनसम्बन्धी नेपाल विद्युत प्राधिकरणले उठाउन बाँकी रहेको महसुल सम्बन्धमा भएका निर्णय कार्यान्वयनबारे कुलमानसँग सोध्छ । महालेखाको प्रतिवेदनले विद्युत महसुल बक्यौता बापतको २१ अर्ब ८८ करोड असुल उपर गर्नुपर्ने देखाएको छ ।

    कुलमानलाई सोधिएको स्पष्टीकरणमा– महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा औल्याइएका बेरुजुमध्ये हालसम्म फछ्र्योट हुन बाँकी रहेका बेरुजुको अद्यावधिक विवरण पनि मागिएको छ । प्रशासन क्षेत्रका जानकारहरुले भन्ने गरेका छन्, – सरकारले यसपालि कुलमानमाथि ‘आफैं बोक्सी आफैं धामी’को व्यवहार गरिरहेको छ । उठाउन आफैं रोक्छ, अनि किन उठाइनस् भनेर सोध्छ । सरकारले कुलमानमाथि कर्मचारी नियुक्ति, बढुवा, विद्युत खरिद सम्झौता, भारतसँगको विद्युत व्यापार, निर्माणाधीन आयोजना लगायत विषयमा पनि स्पष्टीकरण सोधेको छ । मन्त्रालयले १५ दिनको समय दिएर १५ बुँदे स्पष्टीकरणको पत्र थमाएपछि कुलमानले पनि सरकारको ओत लागेका ४९ उद्योगमाथि १५ दिनकै म्याद दिएर बक्यौता भुक्तानी गर्न निर्देशन दिएका छन् ।

    बक्यौता कात्तिक ८ गतेसम्म बुझाउन प्राधिकरणको आग्रह

    असोज २४ गते विहीबार सरकारी अड्डामा दसैं बिदा सुरु भइसकेको थियो । तर त्यही दिनको गोरखापत्रमा विद्युत प्राधिकरणले विद्युत महसुलको बक्यौता भुक्तानी गर्न भन्दै सूचना प्रकाशित गर्यो । २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता कात्तिक ८ गतेसम्म बुझाउन प्राधिकरणको आग्रह छ । सूचनामा भनिएको छ– ‘तोकिएको समयमा महसुल प्राप्त नभएमा कानुन अनुसार असुल उपर गरिने व्यहोरा जानकारी गराइन्छ ।’ गएको मंसिरमा प्राधिकरणले ६१ वटा उद्योगको नाममा यस्तै सूचना जारी गरेको थियो । पुसदेखि लाइन काट्न थाल्यो । लाइन नै काट्न थालेपछि केही उद्योगले तिरे, केहीले किस्ताबन्दीमा तिर्ने सम्झौता गरे । तर, केही उद्योगी भने अदालत गए । उद्योगीहरु विधुतको पैसा तिर्न छाडेर राजनीतिक दलको दैलो धाउन थाले अन्तत साउनमा काटिएका केही उद्योगको लाइन चार दिनमै जोडियो, सरकार कुलमानविरुद्ध मोडियो ।

    सरकारले कुलमानलाई र कुलमानले बक्यौता नतिर्ने उद्योगीलाई दिएको म्याद कात्तिक ८ गते समाप्त हुन्छ । त्यसपछि के हुन्छ ? अबको मुख्य प्रश्न यो हो । ऊर्जा मन्त्रालयले दिएको समयअनुसार कुलमानले कात्तिक ७ गतेभित्र १५ वटै प्रश्नको जवाफसहित स्पष्टीकरण बुझाउनुपर्ने हुन्छ । उनले स्पष्टीकरण बुझाए पनि सरकारले चित्त बुझाउँछ भन्ने छैन किनकी वर्तमान सरकार कुलमानसंग नियत नै खराब राखेर खनिएको छ । चित्त बुझाउनका लागि नभई कारबाहीको उद्देश्यसहित सोधिएको हो स्पष्टीकरण । स्पष्टीकरण चित्त नबुझे पनि तत्कालै कुलमानलाई कारबाही गर्न भने सम्भव छैन । कुलमानको कार्यकाल आगामी साउनसम्म छ । सरकारले निलम्बन गर्न सक्छ वा विशिष्ट तहको कुनै पद सिर्जना गरी मन्त्रालय वा अन्य निकायमा पठाउन सक्छ, जसरी यसअघि हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा पठाइएको थियो ।

    ४९ मध्ये एउटा उद्योगले बक्यौता बुझाएका छैनन्

    उता, कात्तिक ८ गतेभित्रै यी उद्योगहरुले बक्यौता तिर्छन् भनेर विश्वास गरिहाल्ने अवस्था पनि छैन । विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार सूचना जारी गरिएका ४९ मध्ये एउटा उद्योगले बक्यौता बुझाएका छैनन् । उद्योगीले प्राधिकरणको सूचनालाई किन बेवास्ता गरिरहेका छन् ? यसको कारण हो उनीहरुलाई प्रधानमन्त्रीको सिधै साथ छ । हामी यस्ता देशका नागरिक हौ जहाँ सरकारलाई व्यापारीले बुझाउनु पर्ने बक्यौता नबुझाउ भन्दै साथ दिन्छ । व्यापारीले बक्यौता नतिरे कुलमान पनि चुपचाप बस्ने देखिदैन । कारबाहीस्वरुप सबैभन्दा पहिले लाइन काट्ने छन् । त्यसपछि कालोसूचीमा राख्नेछन् । यस्तो अवस्थामा प्राधिकरणसँग सरकार र उद्योगीको द्वन्द्व झनै झाँगिने छ । त्यही मौकामा सरकारले कुलमानमाथि कारबाहीको डण्डा चलाउन सक्छ । कुलमानको उत्तराधिकारी को त ? ऊर्जामन्त्री दीपक खड्काले नयाँ एमडीको पनि जोहो गरिसकेका बताईन्छ । उनी हुन विद्युत प्राधिकरणकै पूर्वउपकार्यकारी निर्देशक प्रबल अधिकारी । अधिकारीलाई भदौ १३ मा सरकारले ऊर्जा मन्त्रालयको वरिष्ठ ऊर्जा विज्ञमा नियुक्त गरेको थियो । उनले मन्त्रालयबाटै विद्युत प्राधिकरणका कामकारबाही नियालिरहेका छन् । अधिकारी तिनै व्यक्ति हुन् जो यसअघि प्रकाशशरण महत ऊर्जामन्त्री हुँदा उनका स्वकीय सचिव थिए भने कुलमान यसअघि एमडी हुँदा उपकार्यकारी निर्देशक थिए । इलेक्ट्रिकल इन्जिनियर अधिकारीलाई मन्त्री खड्काले विद्युत प्राधिकरणको एमडी बनाउन चाहेको देखिन्छ । यसमा कांग्रेस नेतृत्व र प्रधानमन्त्रीको पनि समर्थन रहेको कांग्रेसकै नेताहरु बताउँछन् । तर अधिकारी स्वयम् भने यसबारेमा आफूलाई जानकारी नभएको बताउँछन् ।

    ६ वर्षअघिदेखिको हो बक्यौता विवाद 

    मुलुक लोडसेडिङमा हुँदा उद्योगहरुले ट्रंकलाइन र डेडिकेटेड फिडरमार्फत २० घण्टादेखि चौबिसै घण्टासम्म विद्युत उपभोग गरेका थिए । यसमा न्यूनतमबाहेक थप ६५ प्रतिशत प्रिमियम बुझाउनुपथ्र्यो । तर, उद्योगीले न्यूनतम महसुल त तिरे, प्रिमियम तिरेनन् । यसलाई विद्युत प्राधिकरणले आफ्नो आम्दानीमा समावेश गर्यो, पैसा नउठ्दै । उधारो आम्दानीमा प्राधिकरणले सरकारलाई कर पनि तिरिसक्यो । त्यसैले पनि प्राधिकरणलाई बक्यौता नउठाई नहुने दबाब छ । लोडसेडिङ हटिसकेको र महसुल दर नै निर्धारण नभएको अवस्थामा पनि प्रिमियम शुल्क लगाइएको अनि कुन दिन कति बिजुली प्रयोग गरियो, त्यसको हिसाब पनि प्राधिकरणले दिन नसकेको उद्योगीहरुको दाबी छ । यही विवाद समाधानका लागि गत वर्ष प्रचण्ड नेतृत्वको सरकारले पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा एक आयोग बनायो । आयोगले २०७२ साउनदेखि २०७७ सम्मको समयलाई तीन भागमा विभाजन गरी २०७२ साउनदेखि पुससम्म र २०७५ साल जेठदेखि २०७७ असारसम्मका दुई अवधिको प्रिमियम शुल्क नलिन सुझाब दियो । मन्त्रिपरिषद र विद्युत प्राधिकरण सन्चालक समितिले आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरिसकेका छन् । र, आयोगकै सिफारिस अनुसार प्राधिकरणले अहिले २०७२ माघदेखि २०७५ वैशाखसम्मको शूल्क तिर्न उद्योगहरुलाई सूचना गरेको हो । बक्यौता विवादमै संसदको सार्वजनिक लेखा समितिमा पनि निकै लामो छलफल भयो । लेखाले सम्पूर्ण विवरण माग्यो, कुलमानले पचास हजार पृष्ठको विवरण सिंहदरबार पठाइदिए । लेखाले न ती विवरण केलाएको छ, न ठोस निर्देशन नै दिएको छ ।

    कुलमान पनि चोखा छैनन !

    पहिलो पटक एमडी भएलगत्तै लोडसेडिङ हटाएर चर्चामा आएका कुलमानलाई कतिपयले उज्यालो नेपालका नायक पनि भन्छन् । यसको जस माओवादीले पनि लिने गरेको छ । कुलमानमाथि प्रश्न उठ्दा माओवादी रक्षा कबज बनेर उत्रिने गरेको छ । अहिले त माओवादी मात्रै होइन, अर्को प्रतिपक्षी रास्वपा पनि कुलमानको पक्षमा उभिएको छ । कुलमानलाई कारबाही गरे आन्दोलन गर्ने चेतावनी समेत यी दलले दिइरहेका छन् । के कुलमान प्रश्नविहीन छन् त ? प्राधिकरणभित्रै पनि कुलमानमाथि प्रश्न गर्नेहरु छन् । कारण यत्ति हो, कुलमानको लोकप्रियताको अगाडि उनीहरुको प्रश्न छायामा पर्ने गर्दै आएका छ । सरकारले अहिले जुन–जुन विषयमा स्पष्टीकरण सोधेको छ, यी विषयमा बेला–बेलामा सार्वजनिक रुपमा पनि चर्चा हुने गरेको थियो, कुलमानमाथि शंका गर्नेहरु थिए, छन् ।

    माओवादी नेतृत्वको चाहनामा दोहोर्याएर एमडी भएका कुलमानका दुवै नियुक्ति विवादित छन् । पहिले वरिष्ठलाई पाखा लगाएर एमडी बने, पछि खुला प्रतिस्पर्धाबाट छानिएका हितेन्द्र शाक्यलाई एक वर्षमै हटाएर प्राधिकरण्मा आए । पछिल्ला केही वर्षमा बढेको उनको आर्थिक हैसियत, धुलिखेलमा २५ रोपनी जग्गा खरिद, दाजुभाई र भतिजाहरुको नाममा काभ्रेको बनेपामा करोडौंको लगानीमा तेन्डेल हार्डवेयर प्रालि नामको कम्पनी स्थापना, लामा कन्स्ट्रक्सनमा शेयर, सबस्टेसनको जग्गा निश्चित नहुँदै ६ अर्बको सामान खरिद गरे । विद्युत आयोजनाको ठेक्कापट्टामा प्रभाव, भारतसँग विद्युत खरिद बिक्री सम्झौतामा व्यक्तिगत फाइदा, निजी क्षेत्रका परियोजनामा समेत आफन्तलाई प्रवेश गराउने तथा भारतबाट एलईडी बल्ब ल्याउने विषयमा पनि उनी विवादमा परिरहेका छन् । यी विवाद र प्रश्नहरुमा कुलमानले चित्त बुझ्दो जवाफ दिन सकेका छैनन् । तर, उनी आफूले बदनियत राखेर र व्यक्तिगत फाइदाका लागि कुनै काम नगरेको बताउँदै आएका छन् । जे होस कुलमानले उज्यालो नेपाल बनाएकै हुन । तर त्यसो भन्दैमा उनि कानुनभन्दा माथी हुन सक्दैनन । यो विवरण टफटक एक्सप्लेनरमा आधारित छ । टफटकको भिडियोसहित ।

    Post Views: 176
    प्रकाशित मिति: २०८१ कार्तिक ६, मंगलवार ०६:१०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    Advertisement
    ताजा अपडेट
    • १. “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?

    • २. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • ३. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    चर्चित
    • १. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • २. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ३. काठमाडौं पुगे चीनका नयाँ राजदूत झाङ माओमिङ

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.