• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकाको सान् फ्रान्सिस्कोमा ४ लाख डलरमा नेपाली सामुदायिक भवन बन्दै

  •  
  • २०८१ कार्तिक ६, मंगलवार ०६:४० प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    ​अमेरिकाकै प्रख्यात शहर सान् फ्रान्सिस्को क्षेत्रमा नेपाली सामुदायिक केन्द्रको भवन खरिद हुने भएको छ । अमेरिकाकै पुरानो संस्था नेपाली एसोसियसन अफ नर्दन क्यालिफोर्निया (नान्स) ले राखेको खरिद अफर स्वीकृत भएपछी भवन किन्ने बाटो खुलेको हो । ​हजारौं नेपालीको बसोबास रहेको यो क्षेत्रमा सामुदायिक केन्द्रको वर्षौं देखिको सपना बल्ल पुरा हुने भएको छ । हालै नेपालीको बढी बसोबास रहेको रिचमण्ड शहरको हलसहितको एक ठुलो भवन धनीले नान्सलाई बिक्रि गर्न सहमत भएको छ । जसका लागि ६० हजार अमेरिकी डलर दिएर बैना गरिएको नान्सका अध्यक्ष प्रितेश कार्कीले जानकारी दिएका छन् ।

    करिव १० हजार ८ सय वर्ग फिटको भवन छ । सुविधा सम्पन्न मुख्य सभाकक्ष ५सय २८ जना क्षमताको छ । २ सय सिटको क्याफ्टेरिया, ६ वटा अफिस कोठा छन् । भान्सा तथा अन्य स–साना स्टोर कोठाहरु र शौचालय छन् । ५४ हजार वर्गफिटको पार्किङ लटमा १सय १० भन्दा बढी सवारी पार्किङको व्यवस्था छन् ।

    ​सो भवन २१ लाख ७० हजार अमेरिकी डलर मुल्य तय गरेर बिक्रीमा राखिएको थियो । तर नान्सले बिक्री प्रतिनिधिसँगको पटक–पटक वार्ता गरि १८ लाख ६० हजारमा खरिद गर्ने नान्सको प्रस्ताबमा बिक्रेता सहमत भएको महासचिव यज्ञ नेपालले बताए । योसँगै अब २ महिनाभित्र करिव २० प्रतिशत सुरु भुक्तानी (डाउन पेमेन्ट) रकम बुझाएपछि भवनको स्वामित्व हस्तान्तरण हुनेछ र । यसका लागि करिव ४ लाख डलर नगद आवश्यक पर्छ ।

    ​नान्सका अध्यक्ष कार्की बे एरियामा बस्ने नेपालीले वर्षौदेखि देखेको साझा सपना पुरा गर्न एकजुट हुनुपर्ने समय आएको बताउँदै सहयोगका लागि सबै समुदायलाई आव्हान गरेका छन् । ‘डाउन पेमेन्टको रकम संकलन, ऋण लिएर भवन पास गर्ने र मोर्गेज रकम व्यवस्थापनका निम्ति सबै मिलेर काम गर्नुछ’ कार्कीले भने, ‘सिंगो समुदाय एकजुट हुँदा यो सबै चुनौती सहजै पार लाग्छ भन्ने विश्वास छ ।’

    ​यही सातादेखि विशेष अभियान लिएर यो क्षेत्रका सबै नेपाली समुदायको टोल–टोलमा पुगेर रकम संकलन गरिने योजना रहेको कार्कीले बताए । चाडपर्व एवं धर्म, संस्कृति अनुसारका सामाजिक साँस्कृतिक कार्यक्रम गर्न सामुदायिक केन्द्रको आवश्यकता परेको अगुवाहरुको भनाई छ । सन् २००६ मा निर्माण भएको नयाँ र चिटिक्क परेको छ । कुनैपनि मर्मत सम्भार बिना किनेको भोलिपल्टैदेखि कार्यालय सञ्चालन तथा अन्य गतिबिधि गर्न सकिने अवस्थाको छ ।

    Post Views: 212
    प्रकाशित मिति: २०८१ कार्तिक ६, मंगलवार ०६:४०
    Advertisement
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !
    नेपाललाई ‘योग राष्ट्र’ बनाउन आचार्य राजन शर्माले गरे आह्वान
    स्पेनमा मन्दिर, गुम्बासहित धार्मिक धरोहर निर्माण अभियान, १ लाख युरो प्रतिबद्धता
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !

    • २. नेपाललाई ‘योग राष्ट्र’ बनाउन आचार्य राजन शर्माले गरे आह्वान

    • ३. स्पेनमा मन्दिर, गुम्बासहित धार्मिक धरोहर निर्माण अभियान, १ लाख युरो प्रतिबद्धता

    • ४. अमेरिकामा विदेशी विधार्थी र पत्रकारको भिषा अबधि सीमित गर्ने नियम बिरुद्ध मुद्दा

    • ५. प्रधानमन्त्रि बालेनमाथी सेनाका पुर्वउच्च अधिकारीको चेतावनी !

    चर्चित
    • १. नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ निर्वाचित

    • २. कति सरकारी कर्मचारी बिदेश जान्छन? कति विदेशमै बस्छन र कति फर्किन्छन ?

    • ३. अमेरिकामा नेपालीसहित १२ लाख भन्दा बढी आप्रवासीको टीपीएस खारेज

    • ४. सयौ उच्च पदस्थ कर्मचारी राजीनामा दिने मनस्थितिमाः कारण के के छन ?

    • ५. नेपाल–जापान कूटनीतिक सम्बन्धको सात दशक

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.