• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा ३ करोड ४७ लाख अर्थात ९७ प्रतिशत ग्रीनकार्ड आवेदन अस्वीकृत

  •  
  • २०८१ कार्तिक ७, बुधबार ०७:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    संसारभरका चलायमान आप्रवासीको यतिखेरको सबैभन्दा महंगो आकर्षक वस्तु वा चिज केहि छ भने त्यो हो अमेरिकी ग्रीन कार्ड हो । यस्ता केहि थोरै देश वा मानिस होलान जहाँका मानिसहरु अमेरिका जान चाहँदैनन । त्यसैले त अमेरिकामा आएर बसोबास गर्न चाहनेहरुको कति धेरै चाप रहेछ भन्ने कुरा एक अध्ययनले देखाउँछ । सन् १९२० देखि संयुक्त राज्य अमेरिकाले कानुनी अध्यागमन लगाउन शुरु गरेको देखिन्छ । एक अध्ययनको सारंश हेर्ने हो भने यतिखेर विश्वभरबाट अमेरिका ओईरिन थालेपछि अमेरिकी सपनालाई पछ्याउन इच्छुक आप्रवासीहरू पूर्ण रूपमा सपना प्राप्त गर्न असफल भएको मानिएको छ ।

    त्यहि अध्ययन प्रतिवेदन अनुसार आर्थिक वर्ष २०२३ र २४ लाई ग्रीन कार्ड आवेदन पेश गरेका करिब ३ प्रतिशतले मात्र संयुक्त राज्य अमेरिकामा स्थायी बसोवास कार्ड अर्थात ग्रीन कार्ड प्राप्त गरे । यो आर्थिक वर्षको सुरुमा करिब ३ करोड ४७ लाख आवेदन पेन्डिङमा थिए । ९७ प्रतिशत ग्रीन कार्ड आवेदकहरूले यो वर्ष ग्र्रीन कार्ड पाएनन । यो तथ्यांक हेर्दा अमेरिकामा आएर स्थायी बसोबासका लागि आवेदन दिनेहरु प्रतिबर्ष ३ प्रतिशतले ग्रीनकार्ड पाउने र बाँकीले नपाउँदा पनि आखिर उनिहरु अमेरिकामा नै छन । कतिपय फरक तरिकाले फेरी आवेदन गर्लान र कतिपयले आआफ्नो देश फर्केलान । तर एक अर्को तथ्यांकले भन्छ त्यसरी आवेदन दिनेहरु असफल अमेरिकामा आईसकेर आवेदन दिनेहरु असफल हुँदा फर्किनेको सख्या शुन्य दशमलव ७ प्रतिशत मात्रै रहेछ ।

     


    अमेरिकी राष्ट्रपतिय निर्वाचन आउन अब केहि दिन बाँकी छ । सबैतिर अर्लिभोटिड९मतदानको दिनभन्दा अगाडी हाल्न मिल्ने मत० निकै उत्साहका साथ भईरहेको अमेरिकी सन्चार माध्यमहरुले जनाएको छ । विश्वभर चासोका साथ हेरिएको अमेरिकीे निर्वाचनसंगै विश्वभरीबाट अमेरिका पुगेका आप्रवासी पनि यो निर्वाचनप्रति चनाखो बनी रहेका छन । अमेरिकामा रहेका करोड भन्दामाथी रहेका अबैध आप्रवासी पनि अमेरिकी चुनावबाट आउने नतिजाको शिकार हुनु पर्दछ । कारण राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले जितेमा अबैध अमेरिकामा रहेकाहरुलाई फिर्ता गराउने उद्घोष गरेकाले एउटा समुह त्राहीमाम बनेका छन ।

    अमेरिकी राष्ट्रपति उम्मेदबार डोनाल्ड ट्रम्पले टीपीएस खारेज गरेर टीपीएसबाट संरक्षित आप्रवासीहरुलाई देशनिकाला गर्ने वाचा गरिसकेका छन । विश्का आधा दर्जनभन्दा बढी देशका टिपिएसबाहक डरमा रहेका छन । ट्रम्पले हालैको एक अन्तरवार्तामा कागजात नभएका आप्रवासीहरूलाई मात्र नभएर टीपीएस लगायतका कार्यक्रमबाट संरक्षित आप्रवासीहरुलाई पनि देशनिकाला गर्ने पहिलो योजना रहेको बताएका हुन् ।

    उनको यो भनाई अनुसार अमेरिकामा रहेका अनुमानित एक करोड ३० लाख भन्दा बढी कागजात नभएका आप्रवासीलाई कसरी देश निकाला गर्ला त्यो हेर्न पहिले उनले चुनाव जित्नु पर्दछ । पछिल्लो सर्भेक्षण अनुसार उनलाई चुनाव जित्न त्यहि सहज भने छैन । ट्रम्प राष्ट्रपति भएको बखत एल साल्भाडोर, हाइटी, निकारागुआ, सुडान, नेपाल र होन्डुरसका आप्रवासीहरूको टीपीएस खारेज गरेका थिए । तर पछि कानुनी लडाईका कारण टीपीएस खारेज हुनबाट बचेको हो । उनले चुनाव जितेमा फेरी पनि खारेज गर्न सक्दछन । जसबाट नेपाली ८ हजारभन्दा बढी टिपिएसबाहक पनि समस्यामा पर्नेछन ।

    अमेरिकालाई कार्यक्षेत्र बनाएर विश्वभरका आप्रवासनको विषयमा अनुसन्धान गर्ने क्याटो ईष्टिच्यूटले गरेको एक अध्ययनलाई आधार मान्ने हो भने अमेरिकामा आप्रवासीको डरलाग्दो सख्या छ । आज अध्ययन गरेको अर्को हप्ता फरक पर्ने गरेको देखिन्छ । किनकी अमेरिकामा मेस्किको सिमाबाट प्रतिदिन थोरैमा २ हजार भन्दा बढी मानिसहरु अमेरिका छिरिरहेका हुन्छन । त्यसैगरी हवाई मार्ग भएर अमेरिका पुगेकाहरु पनि प्रतिदिनको हिवास गर्ने हो भने हजारौ मानिस त्यहि बस्ने वा काम गर्ने तयारीका साथ पुगेको अध्ययनबाट देखिएको छ । स्मरणीय रहोस अमेरिकामा परिवारमा आधारित, रोजगारमा आधारित, विशेष क्षमता भएकाहरुका लागि , एसाईलम, शरणाथीहरु ल्याउने प्रक्रिया, यू भिषा, क्युवानहरुका लागि, टि भिषा, र लोटरी कार्यक्रमबाट ग्रीनकार्ड जारी गर्ने गर्दछ । यी सबै प्रक्रियामा अमेरिकी सपना सजाउनेहरुकाृ सख्या हेर्ने हो भने करोडौंमा पुग्दछ । त्यसैले पनि अमेरिकी चुनाव अन्य देशहरुका लागि आर्थिक , राजनीतिक , सामरिक होला त्यो संगै यहाँको आप्रवासनको मुख्य विषय पनि हो । अबको केहि दिनमा अमेरिकी निर्वाचन सकिन्छ र यी सबै विषयको उत्तर पाउनेछन ।

    Post Views: 200
    प्रकाशित मिति: २०८१ कार्तिक ७, बुधबार ०७:४६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास
    कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?
    Advertisement
    ताजा अपडेट
    • १. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • २. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ३. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ४. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ५. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ४. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.