• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्व समुदायलाई आग्रह: ढकाल

  •  
  • २०८१ कार्तिक ९, शुक्रबार ०७:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाला प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्व समुदायलाई आग्रह गरेका छन् । बुधबार यहाँ विभिन्न फोरममा सहभागी हुनुका साथै पदाधिकारीहरुसँगको भेटघाटका क्रममा उनले नेपालमा हाल लगानीमैत्री वातावरण रहेको तथा वैदेशिक लगानीका लागि आवश्यक पर्ने कानुनहरुमा पनि संशोधन भएकाले लगानीका लागि सो आग्रह गरेका हुन् । अध्यक्ष ढकालले नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका लागि नेपाल उद्योग वाणिज्य महासङ्घले आवश्यक समन्वय गर्ने पनि उनीहरुलाई आस्वस्त पारे। अन्तर्राष्ट्रिय वित्त निगम आइएफसीका दक्षिण एसिया निर्देशक इमाद फाकुरीसँग उनले बुधबार गरेको भेटवार्तामा अध्यक्ष ढकालले निगमले नेपालको निजी क्षेत्रलाई कसरी सबलीकरण गर्ने भन्ने विषयमा छलफल भएको जानकारी दिए । सो भेटका क्रममा विश्वमा कोरोना महामारी र रुस युक्रेन युद्धपछि देखिएको आर्थिक मन्दीको अवस्था तथा यसले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव एवं नेपालको अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा पनि कुराकानी भएको बताए ।

    सो भेटपछि राष्ट्रिय समाचार समितिसँग कुरा गर्दै अध्यक्ष ढकालले भेटको अवसरमा निगमका कार्यकारी निर्देशकसँग नेपालको जलविद्युत्, पर्यटन पूर्वाधार तथा सूचना प्रविधिलगायतका क्षेत्रमा निजी क्षेत्रसँगको सहकार्यका विषयमा पनि छलफल भएको जानकारी दिए। नेपालका यी क्षेत्रमा लगानीका लागि आफूले विश्व समुदायलाई आग्रह गरेको उनको भनाइ थियो । सो भेटमा आइएफसीका अधिकारी र महासङ्घका प्रतिनिधिको पनि सहभागिता रहेको थियो । त्यसैगरी अध्यक्ष ढकालले बुधबार नै ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्टका कार्यकारी निर्देशक समिर अभयङकर र इन्भेस्टमेन्ट निर्देशकसँग पनि भेटवार्ता गरेका थिए । सो भेटका क्रममा पनि उनले नेपालको पर्यटन जलविद्युत् तथा पूर्वाधार निर्माणमा कसरी लगानी अभिवृद्धि गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको बताए । अध्यक्ष ढकालले उनीसँग नेपालमा लगानीका प्रसस्त सम्भावना रहेकाले पर्यटन, जलविद्युत्, सूचना प्रविधि एवं ‘हस्पिटालिटी’ का विविध क्षेत्रमा लगानी गर्न आग्रह पनि गरेका थिए । उनले नेपालमा लगानी सम्मेलन सम्पन्न भएपछि नयाँ नयाँ क्षेत्रमा लगानीका लागि वैदेशिक लगानीकर्ता आकर्षित भएका पनि सो अवसरमा जानकारी दिएका थिए ।

    RSS

    Post Views: 131
    प्रकाशित मिति: २०८१ कार्तिक ९, शुक्रबार ०७:००
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    Advertisement
    ताजा अपडेट
    • १. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • २. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ३. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • ४. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ५. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    चर्चित
    • १. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • २. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.