• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

एनआरएनएको ग्लोबल कन्क्लेभ र बार्षिक साधारणसभा काठमाडौँमा

  •  
  • २०८१ कार्तिक १०, शनिबार ०६:२७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गैरआवासीय नेपाली संघ एनआरएनएको ‘ग्लोबल कन्क्लेभ–२०२४’ र बार्षिक साधारणसभा काठमाडौँमा हुने भएको छ। आगामी आइतबार र सोमबार एनआरएनएको ‘ग्लोबल कन्क्लेभ–२०२४’ र वार्षिक साधारणसभा काठमाडौँमा हुन लागेको हो। शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर एनआरएनएका अध्यक्ष डा बद्री केसीले कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने जानकारी दिएका छन

    कार्यक्रममा नेपाल सरकारका मन्त्री, उच्चपदस्थ पदाधिकारीसहित स्वदेश तथा विदेशबाट उच्च पदस्थ व्यक्तित्वहरूको सहभागिता रहने उनले बताए। अध्यक्ष केसीका अनुुसार दुई दिनसम्म चल्ने कार्यक्रममा नेपाल तथा विदेशगरी पाँच सयभन्दा बढीको सहभागिता रहने छ। कार्यक्रमको पहिलो दिन नेपालमा आर्थिक रूपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक, जलवायु परिवर्तनलगायतका विषयमा छलफल हुने एनआरएनएले जनाएको छ। लामो समयदेखि रहेको विवादको कारण अर्का पक्षधरहरु विथोल्न लागेका छन यदपि कार्यक्रममा प्रधानमन्त्रि र मन्त्रिहरु आउने पक्का भएको छ ।

    यस्तै दोस्रो दिन राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तीकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षा र नेपाल पर्यटन प्रवर्द्धन नीति निर्माण, अपेक्षा चुनौती र एनआरएनएको भूमिकालगायत सत्रहरू रहने छन् । साथै विगतमा असन्तुष्ट समूहलाई एउटै फोरममा राखी असहमति, असमझदारीलाई छलफलमार्फत समस्या समाधानका लागि आह्वान गर्दै वार्षिक साधारणसभालाई एकताको सभा बनाइने विषयमा छलफल भइरहेको अध्यक्ष डा बन्द्री केसीले बताए ।

    एनआरएनएका उपाध्याक्ष रामशरण सिंखडाले पनि एनआरएनएमा देखिएका कमीकमजोरीलाई सच्याउँदै सबैलाई एकतामा ल्याउने प्रयास गरिने बताएका छन् । अर्का उपाध्यक्ष डा हेमराज शर्माले सम्मेलनले एनआरएनका लक्ष्य कार्यान्वयनका लागि मार्गदर्शन दिने बताएका छन् । उपाध्यक्ष रोजिना प्रधान राईले जलवायु परिवर्तनका कारण महिला तथा बालबालिकामा परेको असरका विषयमा सरोकारवाला निकायसँग छलफल गरिने बताएका छन् । महासचिव गौरीराज जोशीले एनआरएन डेभलप्मेन्ट फण्ड १० अर्बको फण्डको सञ्चालनका लागि भइरहेको अन्तिम तयारीबारे नेपाल सरकारका मन्त्रीज्यूलगायत सरोकारवालासँग छलफल हुने जानकारी दिएका छन् । उनका अनुसार कात्तिक १२ गते गैरआवासीय नेपाली संघको विधानअनुसार नियमित वार्षिक साधारणसभा आयोजना गरिने छ । संघका ६० भन्दा बढी देशका प्रतिनिधिहरूले प्रत्यक्ष र भर्चुअल माध्यमद्वारा सहभागिता जनाउने उनले बताए ।

    Post Views: 109
    प्रकाशित मिति: २०८१ कार्तिक १०, शनिबार ०६:२७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढीपहिरोबाट भएको क्षतिमा ३ अर्ब ७८ लाखको बीमा दाबी
    अबैध आप्रबासन रोक्न युरोपको २९ देशमा डिजिटल सीमा व्यवस्थापन प्रणाली लागूः के हो डिजिटल सीमा व्यवस्थापन प्रणाली ?
    यसरी हुनसक्छ युवा व्यवस्थापन
    Advertisement
    ताजा अपडेट
    • १. बाढीपहिरोबाट भएको क्षतिमा ३ अर्ब ७८ लाखको बीमा दाबी

    • २. अबैध आप्रबासन रोक्न युरोपको २९ देशमा डिजिटल सीमा व्यवस्थापन प्रणाली लागूः के हो डिजिटल सीमा व्यवस्थापन प्रणाली ?

    • ३. यसरी हुनसक्छ युवा व्यवस्थापन

    • ४. क्यानडामा अन्तराष्ट्रिय विधार्थीमाथी कडाई, भारतीय विधार्थीको भिषामा उच्च गिरावट

    • ५. न्यूयोर्क मेयरमा माम्दानीको विजयपछि आप्रवासीलाई आईसको त्रास

    चर्चित
    • १. भोजपुर र सङ्खुवासभालाई जोड्ने अरूण नदीको लम्सुवाघाट पक्की पुल १५ वर्षसम्म किन बनेन ?

    • २. विदेशमा रहेका ७० लाख नेपाली मतदानबाट बन्चित गर्ने की मतदानको अधिकार दिने ?

    • ३. अमेरिकाको टेक्सासबाट चार दिनदेखि नेपाली विद्यार्थी वेपत्ता

    • ४. नेपाल फर्किन टिकट काटेका ११ राजदुतहरु सर्वोच्चको आदेशपछि रोकिए

    • ५. दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.