• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

कोपमा राष्ट्रपतिको नेतृत्वमा जम्बो टोली अजरबैजान जाने

  •  
  • २०८१ कार्तिक १४, बुधबार ०४:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    राष्ट्रपति रामचन्द्र पौडेलको अजरबैजान भ्रमण मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्षराष्ट्रहरूको २९ औँ सम्मेलन कोप २९ मा सहभागिताका लागि हुने राष्ट्रपतिको भ्रमण स्वीकृत गरेको हो । राष्ट्रपति पौडेल कात्तिक २५ देखि ३० सम्म अजरबैजान भ्रमणमा जाने कार्यक्रम स्वीकृत भएको एक मन्त्रीले जानकारी दए । भ्रमण दलमा वन तथा वातावणमन्त्री ऐनबहादुर शाही अजरबैजान जाने कार्यक्रम स्वीकृत भएको हो ।

    राष्ट्रपति पौडेलले अजरबैजानको बाकुमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्यक्रममा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । उक्त सम्मेलनका क्रममा राष्ट्रपतिले विभिन्न मुलुकका राष्ट्रप्रमुखसँग पनि छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ । यसैबी कोपमा नेपालले उठाउनुपर्ने विषयहरु पनि तय भएका छन ।

    अजरबैजानको बाकुमा कात्तिक २६ बाट हुने कोप–२९ मा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको विषयबारे सम्बोधन गरिने तयारी गरिरहेको वन तथा वातावरण मन्त्रालयका जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख सिन्धुप्रसाद ढुंगानाले जानकारी गराए । कोप–२९ मा नेपालले जलवायु परिवर्तनबाट भएका हानीनोक्सानी यसबाट नेपालले पाउनुपर्ने क्षतिपूर्तिस्वरुप जलवायु वित्त हिमाल र जलवायु न्याय क्लाइमेट जस्टिस विषयमा नेपालले सम्बोधन गर्ने तयारी गरिरहेको उनले बताए ।

    ‘कात्तिक २७ गते हुने उच्च स्तरीय सम्मेलनमा जलवायु परिवर्तनका कारण नेपालले भोगेको हानी तथा नोक्सानी कति छ ? अवस्था के छ भनेर सम्बोधन गरिने छ,’ उनले भने, ‘यसमा क्षतिपूर्ति गर्नुपर्छ भन्ने कुरा हाम्रो हो । किनभने जलवायु परिवर्तन हाम्रो कारणले भएको होइन । जसले गराएको उसले पूर्ति गर्नपर्छ भन्ने हो ।’ उक्त दिन हुने उच्चस्तरीय सम्मेलनमा अन्य देशका राष्ट्रप्रमुखहरूले आफ्नो धारणा राख्ने उनले सुनाए ।
    कोप–२९ मा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । जसमा वन मन्त्री ऐनबहादुर शाही ठकुरीसमेत सहभागी हुनेछन् । कोप–२९ को कात्तिक २६ गते ९नोभेम्बर ११० मा उद्घाटन सत्रमा नेपालले सहभागी जनाउनेछ । कात्तिक १२ र १३ गते ९नोभेम्बर १२ र १३० राष्ट्रपति पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जानकारी दिएको छ ।

    ‘हामी हिमाल भएको मुलुक हो । त्यसैले हिमालका कुरा धेरै सुनिनुपर्छ । जलवायु परिवर्तनको असर बढी हिमालमा देखिएको छ,’ उनले भने, ‘हामीले जलवायु वित्तमा नेपालको सहज पहूँच हुनुपर्छ भन्ने हो । यो ऋणमा आधारित नभई अनुदानको रूपमा हुनुपर्छ ।’ साथै जलवायु फाइनान्स बहुपक्षिय मात्र नभई दुई पक्षीय पनि हुनुपर्ने कुरा उठाइने उनले बताए । ‘हामीले कोप–२९ मा केही देशहरूसँग दुई पक्षीय सम्झौता गर्ने भनेका छौं,’ महाशाखा प्रमुख ढुंगानाले थप भने, ‘यसमा समझदारी हुन्छ । समझदारीको विभिन्न अवधारणामा रहेर तयारी गरिरहेका छौं ।’ सो कार्यक्रममा नेपालबाट सरकारी सहित गैरसरकारी क्षेत्रबाट पनि ठुलो समुह जाने तयारी गरिरहेका छन ।

    Post Views: 196
    प्रकाशित मिति: २०८१ कार्तिक १४, बुधबार ०४:५२
    Advertisement
    संबन्धित शिर्षकहरु
    स्विट्जरल्याण्डमा ‘नेपाल टेक रोड शो’ सम्पन्न, नेपाली आईटी क्षेत्रको क्षमता प्रस्तुत
    दर्शनमा प्रश्न र प्रश्नमा दर्शन मिसिएको पर्या महाकाव्य : कल्प
    अमेरिकी कंग्रेसमा भोटेकोशी बाढीपछि टिपिएस दिनुपर्ने माग
    Advertisement
    ताजा अपडेट
    • १. स्विट्जरल्याण्डमा ‘नेपाल टेक रोड शो’ सम्पन्न, नेपाली आईटी क्षेत्रको क्षमता प्रस्तुत

    • २. दर्शनमा प्रश्न र प्रश्नमा दर्शन मिसिएको पर्या महाकाव्य : कल्प

    • ३. अमेरिकी कंग्रेसमा भोटेकोशी बाढीपछि टिपिएस दिनुपर्ने माग

    • ४. संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री शाहको सम्बोधन (पूर्णपाठ)

    • ५. अबैध आप्रवासीलाई तेश्रो देशमा डिर्पोट गर्न पाउनुपर्ने भन्दै ट्रम्प प्रशासनद्धारा सर्वोच्च अदालतमा निवेदन

    चर्चित
    • १. अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने

    • २. धुर्मुस सुन्तलीको “म त मर्छुकी क्या हो” हाँस्य श्रृखला अमेरिकाबाट निर्माण शुरु

    • ३. परराष्ट्रमन्त्रि खनाल राष्ट्रसंघ बैठकमा भाग लिन अमेरिका प्रस्थान, प्रधानमन्त्रि असोज ६ मा जाने

    • ४. अर्थमन्त्रि वाग्लेले प्रधानमन्त्रि शाहलाई पढ्न दिएको पुस्तक ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’को सांकेतिक अर्थ र पुस्तकको सारंश

    • ५. प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.