• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी राष्ट्रपति चुनावमा किन र कस्तो विभाजन छ नेपाली समुदायमा ?

  •  
  • २०८१ कार्तिक १४, बुधबार ०८:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    नोभेम्बर ५ मा हुन लागेको अमेरिकी राष्ट्रपति निर्वाचन विश्वभरीका मानिसका लागि चासो छ । विश्व राजनीति र अर्थतन्त्रमा प्रभाव पर्ने भएकोले पनि अमेरिकी चुनाव सबैका केन्द्रबिन्दु हुनु स्वाभाविक पनि हो । त्यसमा पनि अमेरिकामा रहेका जुनसुकै समुदाय होस वा भाषाभाषी स्वतन्त्रताको उपभोग गर्दछन नै । अमेरिकी चुनाव नजिकिदै जाँदा अमेरिकामा रहेका सानो नेपाली समुदाय पनि चुनावी अभियानमा कम्मर कसेर लागेका छन । त्यसो त नेपाली समुदायलाई चुनावी रौनक बढी नै लाग्दछ । यहि चुनावी मेसोमा सानो सख्यामा नै भए पनि नेपाली समुदाय पनि विभाजित छ मतदान गर्ने विषयमा होस वा दुई राष्ट्रपति उम्मेदवारले उठाएका राजनीतिक ऐजेण्डाहरुमा ।
    पत्रकार रामचन्द्र भट्टले लेखेका चुनावी सन्र्दभमा लेखेका छन ” हामीले कमला ह्यारिसलगायत सबै डेमोक्रयाट पार्टीका उम्मेदवारलाई मतदान गरियो । किन गरियो भन्दै लेखेका छन पहिलो महिला राष्ट्रपति, अमेरिकी लोकतन्त्रलाई धावा बोेल्न नदिन, समग्र महिलाको सम्मान, अमेरिकी राजनीतिमा घृणाको राजनीतिलाई ब्रेक लगाउन ” लगायत कारणसहित लेखेका छन ।

    त्यसैगरी अर्का पत्रकार सुजन पण्डितले आर्टिकल नै लेखेर २०१६ देखि नै ट्रम्पको चुनावी अभियान र उनको चारवर्षे राष्ट्रपतीय शासन देखेको आप्रवासीका हैसियतले यहाँहरुसमक्ष यति सोध्नु त जायज नै होला— “के तपाईं अझै पनि ट्रम्पलाई भोट दिनु हुन्छ ? भन्दै नेपाली समुदायमा उठेका प्रश्नहरुमाथी प्रश्न गरेका छन । पत्रकार पण्डितको आर्टिकलको सार यो छ की रिपव्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको गतिविधि, उनको एजेण्डा, बोल्ने शैली र असन्तुलित अभिव्यक्ति, यावत कुराहरुका कारण अमेरिकी राष्ट्रपति हुन योग्य छैनन ।

    अर्का नेपाली सामाजिक अभियान्ता रबिन बज्राचार्यले आफ्नो फेसबुकमा लेखेका ट्रम्पको पक्षमा खुलेर कारणसहित भोट हाल्नु पर्ने लेखेका छन । रविन बज्राचार्यले ट्रम्पलाई “आप्रवासी विरोधी व्यक्तिको रूपमा चित्रण गर्न खोज्ने मानिसहरूलाई, म केही कुराहरू भन्न चाहन्छु ..भन्दै लेखेका छन । “ट्रम्प उनी आफैं र उनको उपराष्ट्रपति उम्मेदवार जेडी भान्सले आप्रवासीहरूसँग विवाह गरेका छन् । उनका सहयोगी विवेक र एलेन मक्सजस्ता उनका ठूला समर्थकहरू आप्रवासी हुन् । ट्रम्प कानूनको शासनको कुरा गर्छन्, त्यसैले उनीहरूले यो देशबाट अवैध आप्रवासीलाई हटाउन पक्कै प्रयास गर्नेछन् किनकि उनीहरू कानुनी बाटोबाट मानिसहरू आएको हेर्न चाहान्छन । धेरै बाइडन समर्थकहरूले ट्रम्पलाई चुपचाप मतदान गर्नेछन्, र उनलाई भारी विजय प्रदान गर्नेछन् । ट्रम्पले ३ सय भन्दा बढी ईलोक्ट्रल मतले जित्ने संकेत गर्दछन । ” त्यस्तै अर्का गैरआवासिय नेपाली अभियानका अभियान्ता ओम भट्टराई आफ्नो फेसबुकमा लेख्छन “काका(ट्रम्प) लाई मतदान गरियो, काकाको जीत सुनिश्चित छ भनेका छन ।”
    यी प्रतिनिधि पात्र तथा अभिव्यक्ति हुन । अमेरिकामा रहेका नेपालीहरु कहि कतै सक्रिय राजनीतिमा लाग्नेहरु पनि छन ।

    औलामा गन्न सकिनेहरु जो राजनीति गरिहेका छन उनिहरु ९९ प्रतिशत अमेरिकी राजनीतिमा डेमोक्र्याट पार्टीसंग आबद्ध छन । पहिलोपल्ट अमेरिकी राजनीतिमा निर्वाचित हुने ह्यारी भण्डारी हुन वा काउन्सील मेम्बरमा चुनाव जितेकाहरु हुन वा राष्ट्रपति ओवामाका सल्लाहकार समुहमा काम गर्नु भएका सबै सबै अमेरिकी राजनीतिमा डेमोक्र्याट पाटीसंग आबद्ध छन । केहि नेपाली छन जो आफुलाई अमेरिकी समाजमा फरक देखाउनकै लागि भए पनि फरक राजनितक विचार बोक्दछन । जुन उनिहरुको मौलिक अधिकार पनि हो । यसको अर्थ अमेरिकामा रहेका नेपाली समुदाय राष्ट्रपतिय निर्वाचनमा पनि विभाजित छ । हुन त चुनाव भनेपछि सामुदायिक वन होस वा संसदीय सबै चुनावमा उत्तिकै सक्रिय हुने हामी नेपालीको विशेषता नै हो । बर्मा गए पनि कर्मसंगै भने झै जहाँ गए पनि हाम्रो आफ्नोपन सजिलै कहाँ मासिन्छ र ।यसोत राजनीतिक रुपमा चेतना हुनुलाई नराम्रो पनि मान्न मिलेन ।

    ट्रम्प जो आप्रवासीलाई निकै घृणा गर्दछन तर जर्मनीबाट अमेरिका छिरेका उनका हजुरबा पनि आप्रवासी नै थिए । उनकी कान्छि श्रीमति जो हाल उनिसंगै छ उनि अमेरिका आएर ग्रीनकार्ड बनाएकी हुन । यस अर्थमा ट्रम्प पनि आप्रवासी कै सन्तान वा पति हुन् । त्यति मात्रै होईन ट्रम्पको उपराष्ट्रपति उम्मेदवार जसलाई उनले टिपेर उम्मेदवार बनाए उनि स्वयम भारतीय मुलकी अमेकिनसंग विवाह गरेका सिनेटर हुन । उनलाई काँध थापेर चुनावी अभियानमा पैसाको खोलो बगाउने विश्वकै धनी एलन मक्स आप्रवासी हुन । अर्का ट्रम्पका अन्धभक्त भारतीय मुलका विवेक रामास्वामी हुन पनि । तर विडम्बना यीनले गर्ने भाषणमा आप्रवासीप्रति घृणायूक्त शब्दहरु खर्चिदा उनिहरु उफ्री उफ्री ताली पिटरहेका छन । ट्रम्पको आप्रवासीका विषयमा बोलेका धेरैजसो घृणायूक्त भाषा वा बोलीमा सत्यता छैन । गोरा अमेरिकनको नजरमा कसरी छाप छोड्न सकिन्छ भन्दै ट्रम्पले स्प्रिङफिल्ड ओहायोमा आप्रवासीहरुले स्थानीयहरुको कुकुर, बिरालो चोर्दै खाँदै गरेको आरोप लगाए तत्कालै सरकारले त्यो पुष्टि नभएकोभन्ने प्रमाणित भयो । उनले सबै आप्रवासीलाई एउटै डालोमा हाल्दै भने आप्रवासीहरु हत्यारा, बलात्कारी, ड्रग माफिया र नामुद अपराधी हुन् । यसो भन्ने सुन्दा सुन्दै ट्रम्पको पछि लाग्ने आप्रबासीसंग यसको जवाफ केहि छैन । ट्रम्पले भनेका छन डिभी खारेजी, पारिवारिक स्पोन्सरसीपमा हुने आप्रवासनमा कडाइ, कागजात नभएकाहरुलाई मास डिपोर्टेसन, टिपिएस खारेजी, अध्यागमन कानुन परिवर्तन लगायत छन ।

    उता ड्मोक्रयाटसंग आवद्ध राजनीतिज्ञहरुले पनि यदि बोर्डर सुरक्षामा ध्यान नदिने हो भने अमेरिका एलन मक्सको भाषामा धेरै दिन अमेरिका रहन्न । अमेरिकामा विश्वभरीबाट लाखौ मानिसहरु सीमाबाट अमेरिका छिरेका छन र लुटपाट र हत्यामा संलग्न भएका घटनाहरु सार्वजनिक भएका छन । अमेरिकीले महंगीको मार खेपी रहँदा खर्वौ डलरको सहयोग दिएर यूक्रन र ईजरेलमा हतियार पठाएको आरोप लाग्ने गरेको छ । पहिले आफ्नो देश बनाउ अनि विश्व बनाउने राजनीति गर भन्नेहरु पनि छन । जे होस अमेरिकी चुनाव यी र यस्ता साना मसिना कुरासग मात्रै निर्भर छैन । आर्थिक हिसाबले मुलुकलाई कसले मजबुत बनाउनेछ, र अहिले आकासिएको महंगीलाई कसले नियन्त्रण गर्ला ? यस्ता मुद्दाहरु पनि सतहमा छन ।

    संक्षिप्तमा भन्दा अमेरिकी राजनीतिमा सानो हिस्सा रहेको नेपाली सुमदायमा एक मत रहने हो भने अमेरिकी राजनीतिमा केहि स्थान बनाउन सक्ने अवस्थामा पुगेको छ ।
    यसोत अमेरिकामा यसपालीको राष्ट्रपति चुनावमा झण्डै १ लाख नेपाली मूलका अमेरिकनहरु मतदानका लागि योग्य रहेका बताइएको छ । जसमध्ये ३० प्रतिशत नयाँ मतदाता हुन । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांक अनुसार अंगीकृत नागरिकता प्राप्त गरेका र यहि जन्मिएकाहरु जोडेर यस पटक मतदान गर्नेको सख्या संख्या १ लाखको हाराहारीमा छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांक अनुशार ८७ हजार नेपालीहरूले अंगीकृत अमेरिकी नागरिकता प्राप्त गरेका बाँकी यहि जन्मिएर मतदाता बनेकाहरु छन । एसियन अमेरिकन रिसर्च सेन्टरको तथ्यांक अनुसार भने अमेरिकामा ९१ हजार ९ सय ९ नेपाली मुलका अमेरिकी मतदाता हुन । त्यसमा नेपाली भाषी भुटानी जोड्दा एक लाख ५० हजार भन्दा बढी हुन आउँछ । राजनीतिक रुपमा जे जस्तो भए पनि राष्ट्रियताका सवालमा र मुल मुद्दाहरुमा नेपाली समुदाय विश्वभरी कै एकमत देखिन्छन ।

    Post Views: 170
    प्रकाशित मिति: २०८१ कार्तिक १४, बुधबार ०८:२१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने
    भारतको अर्थतन्त्र खस्किएर बेलायतभन्दा पछाडि छैटौँ स्थानमा पुग्यो : आइएमएफ
    प्रवासमा एक हप्तामा दुई नेपालीको हृदयविदारक निधनः जसले नेपाली प्रवासीलाई झस्काईरहने छ !
    Advertisement
    ताजा अपडेट
    • १. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • २. भारतको अर्थतन्त्र खस्किएर बेलायतभन्दा पछाडि छैटौँ स्थानमा पुग्यो : आइएमएफ

    • ३. प्रवासमा एक हप्तामा दुई नेपालीको हृदयविदारक निधनः जसले नेपाली प्रवासीलाई झस्काईरहने छ !

    • ४. स्पेनमा पाँच लाख अबैध आप्रवासीलाई वैधता दिने !

    • ५. मानव अधिकार आयोगले भदौ २३ र २४ को आन्दोलनको प्रतिवेदन १६ बैशाखमा सरकारलाई बुझाउँदै

    चर्चित
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ३. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • ४. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    • ५. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.