• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी राष्ट्रपति चुनावमा किन र कस्तो विभाजन छ नेपाली समुदायमा ?

  •  
  • २०८१ कार्तिक १४, बुधबार ०८:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    नोभेम्बर ५ मा हुन लागेको अमेरिकी राष्ट्रपति निर्वाचन विश्वभरीका मानिसका लागि चासो छ । विश्व राजनीति र अर्थतन्त्रमा प्रभाव पर्ने भएकोले पनि अमेरिकी चुनाव सबैका केन्द्रबिन्दु हुनु स्वाभाविक पनि हो । त्यसमा पनि अमेरिकामा रहेका जुनसुकै समुदाय होस वा भाषाभाषी स्वतन्त्रताको उपभोग गर्दछन नै । अमेरिकी चुनाव नजिकिदै जाँदा अमेरिकामा रहेका सानो नेपाली समुदाय पनि चुनावी अभियानमा कम्मर कसेर लागेका छन । त्यसो त नेपाली समुदायलाई चुनावी रौनक बढी नै लाग्दछ । यहि चुनावी मेसोमा सानो सख्यामा नै भए पनि नेपाली समुदाय पनि विभाजित छ मतदान गर्ने विषयमा होस वा दुई राष्ट्रपति उम्मेदवारले उठाएका राजनीतिक ऐजेण्डाहरुमा ।
    पत्रकार रामचन्द्र भट्टले लेखेका चुनावी सन्र्दभमा लेखेका छन ” हामीले कमला ह्यारिसलगायत सबै डेमोक्रयाट पार्टीका उम्मेदवारलाई मतदान गरियो । किन गरियो भन्दै लेखेका छन पहिलो महिला राष्ट्रपति, अमेरिकी लोकतन्त्रलाई धावा बोेल्न नदिन, समग्र महिलाको सम्मान, अमेरिकी राजनीतिमा घृणाको राजनीतिलाई ब्रेक लगाउन ” लगायत कारणसहित लेखेका छन ।

    त्यसैगरी अर्का पत्रकार सुजन पण्डितले आर्टिकल नै लेखेर २०१६ देखि नै ट्रम्पको चुनावी अभियान र उनको चारवर्षे राष्ट्रपतीय शासन देखेको आप्रवासीका हैसियतले यहाँहरुसमक्ष यति सोध्नु त जायज नै होला— “के तपाईं अझै पनि ट्रम्पलाई भोट दिनु हुन्छ ? भन्दै नेपाली समुदायमा उठेका प्रश्नहरुमाथी प्रश्न गरेका छन । पत्रकार पण्डितको आर्टिकलको सार यो छ की रिपव्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको गतिविधि, उनको एजेण्डा, बोल्ने शैली र असन्तुलित अभिव्यक्ति, यावत कुराहरुका कारण अमेरिकी राष्ट्रपति हुन योग्य छैनन ।

    अर्का नेपाली सामाजिक अभियान्ता रबिन बज्राचार्यले आफ्नो फेसबुकमा लेखेका ट्रम्पको पक्षमा खुलेर कारणसहित भोट हाल्नु पर्ने लेखेका छन । रविन बज्राचार्यले ट्रम्पलाई “आप्रवासी विरोधी व्यक्तिको रूपमा चित्रण गर्न खोज्ने मानिसहरूलाई, म केही कुराहरू भन्न चाहन्छु ..भन्दै लेखेका छन । “ट्रम्प उनी आफैं र उनको उपराष्ट्रपति उम्मेदवार जेडी भान्सले आप्रवासीहरूसँग विवाह गरेका छन् । उनका सहयोगी विवेक र एलेन मक्सजस्ता उनका ठूला समर्थकहरू आप्रवासी हुन् । ट्रम्प कानूनको शासनको कुरा गर्छन्, त्यसैले उनीहरूले यो देशबाट अवैध आप्रवासीलाई हटाउन पक्कै प्रयास गर्नेछन् किनकि उनीहरू कानुनी बाटोबाट मानिसहरू आएको हेर्न चाहान्छन । धेरै बाइडन समर्थकहरूले ट्रम्पलाई चुपचाप मतदान गर्नेछन्, र उनलाई भारी विजय प्रदान गर्नेछन् । ट्रम्पले ३ सय भन्दा बढी ईलोक्ट्रल मतले जित्ने संकेत गर्दछन । ” त्यस्तै अर्का गैरआवासिय नेपाली अभियानका अभियान्ता ओम भट्टराई आफ्नो फेसबुकमा लेख्छन “काका(ट्रम्प) लाई मतदान गरियो, काकाको जीत सुनिश्चित छ भनेका छन ।”
    यी प्रतिनिधि पात्र तथा अभिव्यक्ति हुन । अमेरिकामा रहेका नेपालीहरु कहि कतै सक्रिय राजनीतिमा लाग्नेहरु पनि छन ।

    औलामा गन्न सकिनेहरु जो राजनीति गरिहेका छन उनिहरु ९९ प्रतिशत अमेरिकी राजनीतिमा डेमोक्र्याट पार्टीसंग आबद्ध छन । पहिलोपल्ट अमेरिकी राजनीतिमा निर्वाचित हुने ह्यारी भण्डारी हुन वा काउन्सील मेम्बरमा चुनाव जितेकाहरु हुन वा राष्ट्रपति ओवामाका सल्लाहकार समुहमा काम गर्नु भएका सबै सबै अमेरिकी राजनीतिमा डेमोक्र्याट पाटीसंग आबद्ध छन । केहि नेपाली छन जो आफुलाई अमेरिकी समाजमा फरक देखाउनकै लागि भए पनि फरक राजनितक विचार बोक्दछन । जुन उनिहरुको मौलिक अधिकार पनि हो । यसको अर्थ अमेरिकामा रहेका नेपाली समुदाय राष्ट्रपतिय निर्वाचनमा पनि विभाजित छ । हुन त चुनाव भनेपछि सामुदायिक वन होस वा संसदीय सबै चुनावमा उत्तिकै सक्रिय हुने हामी नेपालीको विशेषता नै हो । बर्मा गए पनि कर्मसंगै भने झै जहाँ गए पनि हाम्रो आफ्नोपन सजिलै कहाँ मासिन्छ र ।यसोत राजनीतिक रुपमा चेतना हुनुलाई नराम्रो पनि मान्न मिलेन ।

    ट्रम्प जो आप्रवासीलाई निकै घृणा गर्दछन तर जर्मनीबाट अमेरिका छिरेका उनका हजुरबा पनि आप्रवासी नै थिए । उनकी कान्छि श्रीमति जो हाल उनिसंगै छ उनि अमेरिका आएर ग्रीनकार्ड बनाएकी हुन । यस अर्थमा ट्रम्प पनि आप्रवासी कै सन्तान वा पति हुन् । त्यति मात्रै होईन ट्रम्पको उपराष्ट्रपति उम्मेदवार जसलाई उनले टिपेर उम्मेदवार बनाए उनि स्वयम भारतीय मुलकी अमेकिनसंग विवाह गरेका सिनेटर हुन । उनलाई काँध थापेर चुनावी अभियानमा पैसाको खोलो बगाउने विश्वकै धनी एलन मक्स आप्रवासी हुन । अर्का ट्रम्पका अन्धभक्त भारतीय मुलका विवेक रामास्वामी हुन पनि । तर विडम्बना यीनले गर्ने भाषणमा आप्रवासीप्रति घृणायूक्त शब्दहरु खर्चिदा उनिहरु उफ्री उफ्री ताली पिटरहेका छन । ट्रम्पको आप्रवासीका विषयमा बोलेका धेरैजसो घृणायूक्त भाषा वा बोलीमा सत्यता छैन । गोरा अमेरिकनको नजरमा कसरी छाप छोड्न सकिन्छ भन्दै ट्रम्पले स्प्रिङफिल्ड ओहायोमा आप्रवासीहरुले स्थानीयहरुको कुकुर, बिरालो चोर्दै खाँदै गरेको आरोप लगाए तत्कालै सरकारले त्यो पुष्टि नभएकोभन्ने प्रमाणित भयो । उनले सबै आप्रवासीलाई एउटै डालोमा हाल्दै भने आप्रवासीहरु हत्यारा, बलात्कारी, ड्रग माफिया र नामुद अपराधी हुन् । यसो भन्ने सुन्दा सुन्दै ट्रम्पको पछि लाग्ने आप्रबासीसंग यसको जवाफ केहि छैन । ट्रम्पले भनेका छन डिभी खारेजी, पारिवारिक स्पोन्सरसीपमा हुने आप्रवासनमा कडाइ, कागजात नभएकाहरुलाई मास डिपोर्टेसन, टिपिएस खारेजी, अध्यागमन कानुन परिवर्तन लगायत छन ।

    उता ड्मोक्रयाटसंग आवद्ध राजनीतिज्ञहरुले पनि यदि बोर्डर सुरक्षामा ध्यान नदिने हो भने अमेरिका एलन मक्सको भाषामा धेरै दिन अमेरिका रहन्न । अमेरिकामा विश्वभरीबाट लाखौ मानिसहरु सीमाबाट अमेरिका छिरेका छन र लुटपाट र हत्यामा संलग्न भएका घटनाहरु सार्वजनिक भएका छन । अमेरिकीले महंगीको मार खेपी रहँदा खर्वौ डलरको सहयोग दिएर यूक्रन र ईजरेलमा हतियार पठाएको आरोप लाग्ने गरेको छ । पहिले आफ्नो देश बनाउ अनि विश्व बनाउने राजनीति गर भन्नेहरु पनि छन । जे होस अमेरिकी चुनाव यी र यस्ता साना मसिना कुरासग मात्रै निर्भर छैन । आर्थिक हिसाबले मुलुकलाई कसले मजबुत बनाउनेछ, र अहिले आकासिएको महंगीलाई कसले नियन्त्रण गर्ला ? यस्ता मुद्दाहरु पनि सतहमा छन ।

    संक्षिप्तमा भन्दा अमेरिकी राजनीतिमा सानो हिस्सा रहेको नेपाली सुमदायमा एक मत रहने हो भने अमेरिकी राजनीतिमा केहि स्थान बनाउन सक्ने अवस्थामा पुगेको छ ।
    यसोत अमेरिकामा यसपालीको राष्ट्रपति चुनावमा झण्डै १ लाख नेपाली मूलका अमेरिकनहरु मतदानका लागि योग्य रहेका बताइएको छ । जसमध्ये ३० प्रतिशत नयाँ मतदाता हुन । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांक अनुसार अंगीकृत नागरिकता प्राप्त गरेका र यहि जन्मिएकाहरु जोडेर यस पटक मतदान गर्नेको सख्या संख्या १ लाखको हाराहारीमा छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांक अनुशार ८७ हजार नेपालीहरूले अंगीकृत अमेरिकी नागरिकता प्राप्त गरेका बाँकी यहि जन्मिएर मतदाता बनेकाहरु छन । एसियन अमेरिकन रिसर्च सेन्टरको तथ्यांक अनुसार भने अमेरिकामा ९१ हजार ९ सय ९ नेपाली मुलका अमेरिकी मतदाता हुन । त्यसमा नेपाली भाषी भुटानी जोड्दा एक लाख ५० हजार भन्दा बढी हुन आउँछ । राजनीतिक रुपमा जे जस्तो भए पनि राष्ट्रियताका सवालमा र मुल मुद्दाहरुमा नेपाली समुदाय विश्वभरी कै एकमत देखिन्छन ।

    Post Views: 31
    प्रकाशित मिति: २०८१ कार्तिक १४, बुधबार ०८:२१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    वैदेसिक रोजगारीमा जाने झन बढे, दैनिक २३ सय
    विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सर्वोच्चको आदेश
    २०२१ भन्दा पहिला अमेरिका आएका आप्रवासीलाई “वर्क परमिट” दिन तल्लो सदनमा विधेयक प्रस्तुत
    Advertisement
    ताजा अपडेट
    • १. वैदेसिक रोजगारीमा जाने झन बढे, दैनिक २३ सय

    • २. विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सर्वोच्चको आदेश

    • ३. २०२१ भन्दा पहिला अमेरिका आएका आप्रवासीलाई “वर्क परमिट” दिन तल्लो सदनमा विधेयक प्रस्तुत

    • ४. अमेरिकी राष्ट्रपति ट्रम्पले लगाएको ट्यारिफका कारण अमेरिकालाई ४७ अर्ब डलर फाइदा !

    • ५. क्रिप्टोकरेन्सी ’बिटकोइन’को मूल्य बढेर पहिलो पटक एक लाख २० हजार

    चर्चित
    • १. नेपालकै पुरानो टिभी च्यानल ईमेज च्यानल कामना प्रकासन समुहले किन्यो

    • २. अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा हुने ’सेटिङ’ भत्काउन कर्मचारी खटनपटनमा फेरबदलीमा नयाँ प्रयोग

    • ३. अमेरिकाको लुजियाना विश्वविधालयमा पढ्ने २ नेपाली विधार्थीको कार दुर्घटनामा निधन, २ घाईते

    • ४. अमेरिकाको लुजियाना विश्वविधालयमा पढ्ने २ नेपाली विधार्थीको कार दुर्घटनामा निधन, २ घाईते

    • ५. विनाभिषा आउनेका लागि “अमेरिकी सपना”मा लागेको पर्खालः अमेरिका–मेक्सिको र क्यानडा सीमाको रोचक तथ्यहरु !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.