अमेरिकी उपराष्ट्रपति तथा राष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसले हिजो साँझ दीपावली पर्व मनाईन । उपराष्ट्रपति ह्यारिसले ट्वीट गरेको भिडियो सन्देशमा भनिएको छ “आज हामी अमेरिका र विश्वभरका एक अर्बभन्दा बढी मानिसहरुलाई दियो बालेर र खराबीमाथी असल, अज्ञानतामाथी ज्ञान र अन्धकारमाथी प्रकाशको लागि लडाई मनाउँदैछौं । उज्यालो पर्व मनाउने सबैमा दीपावलीको शुभकामना भनिएको छ ।”
कमला ह्यारिस राष्ट्रपति चुनावमा होमिएकी छिन । त्यसैले पनि उनको यो भनाईले राजनीतिक रुपमा अर्थ लाग्दछ । उनले आफ्नो राष्ट्रपति दौडमा प्रतिसपर्धी डोनाल्ड ट्रम्पलाई संकेत गर्दै उनि एक अपराधिक मानिस भएको आफु भने कानुनको वकालत गर्ने भन्दै आएकी थिइन । एक समारोहमा पटका पट्काउँदै बालबालिकाहरुबीच भव्य दीपावली पर्व मनाई रहेको देखिन्छ । त्यसैगरी राष्ट्रपति जो बाईडनले पनि “ताराहरू हेरेर र अन्धकारमा उज्यालोको विजयलाई सम्मान गर्दै दीपावली मनाउने कस्तो विशेष तरिका भन्दै शुभ दीपावली, अमेरिका” भनेका छन ।

त्यसैगरी अमेरिकी विदेशमन्त्रि एन्थोनी विल्केनले अमेरिकी विदेश मन्त्रालयमा शुक्रबार साँझ एक कार्यक्रमकाबीच दीपावलीको शुभकामना आदनप्रदान गर्ने कार्यक्रम नै राखिएको भन्दै विशिष्ठ व्यक्तिहरुलाई आमन्त्रण गर्दै शुभकामना व्यक्त गर्ने कार्यक्रा रहेको बताएका छन ।




