• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

भारतको दोहोरो चरित्र देखेपछि अमेरिकाद्धारा प्रतिबन्ध

  •  
  • २०८१ कार्तिक १७, शनिबार १०:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकाले एउटा वक्तव्य जारी गर्दै उसका विदेश मन्त्रालय, अर्थ मन्त्रालय र वाणिज्य मन्त्रालयले ती व्यक्ति तथा कम्पनीहरूमाथि अक्टोबर ३० देखि प्रतिबन्ध लगाइएको जनाएको हो । अमेरिकी भूमिमा एकजना शिख नेता गुरपतवन्त सिंह पन्नूको हत्या षड्यन्त्रमा एक भारतीय नागरिकको भूमिकालाई लिएर वाशिङ्गटन र दिल्लीबीच तनाव सिर्जना भएकै बेला पछिल्लो प्रतिबन्धको खबर आएको हो ।

    प्रतिबन्धमा पर्नेमा भारतका साथै चीन, मलेशिया, थाईल्यान्ड, टर्की र संयुक्त अरब एमिरेट्सलगायत देशका छन् । अमेरिकाका अनुसार प्रतिबन्ध लगाइएका कम्पनीहरूले युक्रेनविरुद्धको लडाइँमा रुसले प्रयोग गर्ने विभिन्न सामग्री उपलब्ध गराउँदै आएका छन् । त्यसमा माइक्रो इलेक्ट्रोनिक्स र कम्प्युटर न्यूमेरीकल कन्ट्रोल लगायतका सामान छन् । ती सामानको पहिचान अमेरिकी वाणिज्य मन्त्रालयको उद्योग तथा सुरक्षा ब्यूरोका साथै यूके, जापान र युरोपेली सङ्घले गरेको बताइएको छ ।

    अमेरिकाले भारतीय कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको चाहिँ यो पहिलो पटक होइन । यसअघि रुसी सेनालाई सघाएको आरोपमा सन् २०२३ को नोभेम्बरमा अमेरिकाले एउटा भारतीय कम्पनीमाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धमा पर्नेमा भारतका एसेन्ड एभिएशन इन्डिया प्रालि, मास्क ट्रान्स, टीएसएमडी ग्लोबल प्रालि र फुट्रवो कम्पनी लगायतका समावेश छन् ।
    एसेन्ड एभिएशन इन्डिया प्रालिले सन् २०२३ को मार्चदेखि सन् २०२४ को मार्चसम्म रुसी कम्पनीहरूलाई ७०० खेप सामान पठाएको अमेरिकाले जनाएको छ । अमेरिकाका अनुसार मास्क ट्रान्स कम्पनीले सन् २०२३ को एप्रिलदेखि सन् २०२४ को एप्रिलसम्म करिब साढे दुई करोड भारु बराबरका उड्डयनसम्बन्धी सामान पठाएको पाइएको छ । अमेरिकी प्रतिबन्धमा पर्ने भारतीय नागरिकहरूमा विवेककुमार मिश्रा र सुधीर कुमार छन् । अमेरिकी विदेश मन्त्रालयका अनुसार विवेककुमार मिश्रा र सुधीर कुमार एसेन्ड एभिएशनका सहनिर्देशक एवं आंशिक शेअरधनी हुन् ।

    एसेन्ड एभिएशनको वेबसाइटमा उल्लेख गरिएअनुसार उक्त कम्पनी दिल्लीमा रहेको छ र अन्तर्राष्ट्रिय स्तरमा त्यसले हवाई उद्योगका स्पेअर पार्ट्सका साथै लुब्रिकेन्ट आपूर्ति गर्ने गर्छ । सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि अतिक्रमण भएयता अमेरिका, यूके र युरोपेली सङ्घका साथै अस्ट्रेलिया, क्यानडा र जापानसहित कैयौँ देशले रुसविरुद्ध १६ हजार ५०० भन्दा बढी प्रतिबन्ध लगाएका छन् । ती प्रतिबन्धअन्तर्गत रुसको विदेशी मुद्रा सञ्चयको करिब आधा हिस्सा रोक्का गरिएको छ जुन करिब २७६ अर्ब डलर हुन आउँछ । बिबिसि समाचारमा आधारित ।

    Post Views: 222
    प्रकाशित मिति: २०८१ कार्तिक १७, शनिबार १०:०७
    Advertisement
    संबन्धित शिर्षकहरु
    स्विट्जरल्याण्डमा ‘नेपाल टेक रोड शो’ सम्पन्न, नेपाली आईटी क्षेत्रको क्षमता प्रस्तुत
    दर्शनमा प्रश्न र प्रश्नमा दर्शन मिसिएको पर्या महाकाव्य : कल्प
    अमेरिकी कंग्रेसमा भोटेकोशी बाढीपछि टिपिएस दिनुपर्ने माग
    Advertisement
    ताजा अपडेट
    • १. स्विट्जरल्याण्डमा ‘नेपाल टेक रोड शो’ सम्पन्न, नेपाली आईटी क्षेत्रको क्षमता प्रस्तुत

    • २. दर्शनमा प्रश्न र प्रश्नमा दर्शन मिसिएको पर्या महाकाव्य : कल्प

    • ३. अमेरिकी कंग्रेसमा भोटेकोशी बाढीपछि टिपिएस दिनुपर्ने माग

    • ४. संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री शाहको सम्बोधन (पूर्णपाठ)

    • ५. अबैध आप्रवासीलाई तेश्रो देशमा डिर्पोट गर्न पाउनुपर्ने भन्दै ट्रम्प प्रशासनद्धारा सर्वोच्च अदालतमा निवेदन

    चर्चित
    • १. अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने

    • २. परराष्ट्रमन्त्रि खनाल राष्ट्रसंघ बैठकमा भाग लिन अमेरिका प्रस्थान, प्रधानमन्त्रि असोज ६ मा जाने

    • ३. धुर्मुस सुन्तलीको “म त मर्छुकी क्या हो” हाँस्य श्रृखला अमेरिकाबाट निर्माण शुरु

    • ४. अर्थमन्त्रि वाग्लेले प्रधानमन्त्रि शाहलाई पढ्न दिएको पुस्तक ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’को सांकेतिक अर्थ र पुस्तकको सारंश

    • ५. प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.