• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

भारत-क्यानडा तनाव : गृहमन्त्री शाहले शिखहरूमाथि आक्रमण गर्न अनुमति दिएको क्यानडाको दाबी

  •  
  • २०८१ कार्तिक १८, आईतवार ०५:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सबैभन्दा विश्वासपात्र तथा भाजपा नेता अमित शाहलाई ओटावाले क्यानडाको भूमिमा क्यानेडियाली शिख धर्मावलम्बीमाथि आक्रमण गर्न अनुमति दिएको आरोप लगाएको छ । गृहमन्त्रीका रूपमा देशको आन्तरिक सुरक्षा बलको रेखदेख गर्ने शाहको बचाउ गर्दै नयाँ दिल्लीले शनिबार उक्त आरोपलाई ‘बेतुकको आधारहीन’ दावी भएको बताएको छ

    भाजपामा मोदीपछिको दोस्रो शक्तिशाली व्यक्ति ६० वर्षीय शाहले दशकौँसम्म पार्टीमा एक वफादार नेताका रूपमा सेवा गरेका छन् । यद्यपि, भाजपा र उनका आलोचकहरूले शाहले कुनै समय शृङ्खलाबद्ध हत्याको योजना बनाएको आरोप पनि लगाउने गरेका छन् । मोदी र शाहबीचको स्थायी साझेदारीले उनीहरूको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को हिन्दू–राष्ट्रवादी विश्वदृष्टिकोणलाई बलियो बनाएको छ।

    मोदीलाई भाजपाको पछाडि जनतालाई परिचालन गर्ने चामत्कारिक अग्रनेता मानिन्छ भने शाहलाई अधीनस्थहरूलाई लाइनमा राख्ने प्रवर्तनकर्ताको रूपमा हेरिन्छ। ‘पार्टीमा अहिले नरेन्द्र मोदी र २० वर्षभन्दा बढी समयदेखि मोदीको विश्वासपात्र (दाहिने हात) अमित शाहको पनि पूर्ण प्रभुत्व छ,’ राजनीतिशास्त्री तथा भारतका विज्ञ क्रिस्टोफ जाफरलोटले भनेका छन् । दुवै जनाले आफ्नो राजनीतिक जीवन पश्चिमी राज्य गुजरातको सबैभन्दा ठूलो सहर अहमदाबादबाट सुरु गरेका थिए । गुजरातमा मोदीले आफूभन्दा १४ वर्ष कान्छा शाहलाई पार्टीमा आफ्नो अभिन्न अङ्गका रूपमा लिएका छन् ।

    सन् २००२ मा स्वतन्त्र भारतको इतिहासमा सबैभन्दा खराब धार्मिक हिंसाको चपेटामा परेको बेला मोदी गुजरातका मुख्यमन्त्री थिए । शाह सांसद थिए । उक्त बर्ष दर्जनौँ हिन्दू तीर्थयात्रीको ज्यान जाने गरी रेलगाडीमा आगलागी भएको घटनापछि भड्केको धार्मिक हिंसामा कम्तीमा एक हजार मानिसको मृत्यु भएको थियो ।

    झडपमा मृत्यु हुनेमा अधिकांश मुश्लिम धर्मावलम्बी रहेका थिए भने यसका लागि भारतीय यिनै दुई नेता जिम्मेवार रहेको उहाँहरूका आलोचकले दावी गर्ने गरेका छन् ।

    मोदीमाथि अशान्ति मच्चाउन मद्दत गरेको र प्रहरी हस्तक्षेपको आदेश दिन असफल भएको आरोप लगाइएको थियो तर उहाँले उक्त आरोप निराधार रहेको भन्दै खण्डन गरेका थिए । सोही आरोपका कारण उहाँलाई वर्षौंसम्म संयुक्त राज्य अमेरिका र बेलायतमा प्रवेश गर्न प्रतिबन्ध लगाइएको थियो।

    तर भाजपाले त्यस वर्षको गुजरात चुनावमा भारी मतान्तरले जितेको थियो । मोदीले शाहलाई राज्यको शक्तिशाली गृह मन्त्रालयमा नियुक्त गरेका थिए । RSS

    Post Views: 132
    प्रकाशित मिति: २०८१ कार्तिक १८, आईतवार ०५:५१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनआरएनएद्धारा प्रस्तावित विधेयकमा व्यापक संशोधन गर्न माग
    ट्रम्पका विशेष दूत सर्जियो गोर काठमाडौंमा
    अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दुत गोर आज नेपाल जाँदै
    Advertisement
    ताजा अपडेट
    • १. एनआरएनएद्धारा प्रस्तावित विधेयकमा व्यापक संशोधन गर्न माग

    • २. ट्रम्पका विशेष दूत सर्जियो गोर काठमाडौंमा

    • ३. अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दुत गोर आज नेपाल जाँदै

    • ४. हार्वर्ड र एमआईटीमा ‘द नेपाल डिस्कोर्स’ को पहिलो सम्मेलन सम्पन्न

    • ५. एमसिए नेपालले सुरू गर्‍यो धानखोला–लमही सडक खण्ड स्तरोन्नतिको काम

    चर्चित
    • १. राहदानी ऐन संशोधन मस्यौदा तयारः अब पाँच प्रकारका राहादानी जारी हुने !

    • २. अमेरिकामा कस्ता आप्रवासीको नागरिकता खारेज हुन्छ ? ३ सय नागरिकता खारेजीको तयारीपछि त्रासमा आप्रवासी !

    • ३. सम्पत्ति जाँचबुझ आयोगले प्रभावशाली व्यक्तिहरूको विदेशमा रहेका वा पुर्याइएका सम्पति छानवीन गर्ने !

    • ४. अमेरिकाद्धारा नेपाललाई छ वटा हेलिकप्टर अनुदान दिने प्रस्तावमा नेपालद्धारा एउटा ठुलो विमान दिन माग !

    • ५. संसारमा नभएको दुर्लभ प्रक्रिया “प्रतिस्पर्धा”बाट राजदूत चयन गर्ने अभ्यास किन ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.