होम लम्साल

द सन्डे गार्डियन नामक पत्रिकाले “खुलासा” भन्दै गत महिना एउटा दस्तावेज सार्वजनिक गर्यो । त्यसमा स्पष्ट लेखिएको थियो की बंगलादेशमा सत्तापलट गराउने उद्देश्यले अमेरिकी योजनाले गर्दा भयो । यसमा ढाकाको राजनीतिक परिदृश्यलाई आकार दिन र प्रधानमन्त्री शेख हसिनाको नेतृत्वलाई चुनौती दिन अमेरिकी अधिकारी र संगठनले संयोजनको भूमिका निभाएको आरोप लगाए । हसिना आफैले भनेको नमानेको कारण अमेरिकाले आफुमाथी यस्तो गर्यो भनिन । त्यसैगरी छिमेकी मुलुक भारतमा भर्खरै सकिएको निर्वाचनमा पनि भारतीय जनता पार्टीले आफ्नो कम सिट आउनुमा विदेशीको हात रहेको आरोप लगाए । उसको संकेत पनि अमेरिकातर्फ केन्द्रित थियो ।
चाहे रुसमा होस वा ईरान भनौ चिनमा केहि हुने वित्तिकै अमेरिकाको हात रहेको भन्ने गरिन्छ । अनि यहि अमेरिकामा अहिले निर्वाचनको बेला छ । राष्ट्रपति उम्म्ेदवार डोनाल्ड ट्रम्पको वेव साईट, फोन ह्याक भयो उसले रसियाको हात छ भन्दै राजनीतिक र्यालीमा भाषणा गरे । यतिखेर अमेरिकामा निर्वाचनका दिन दुईदिन बाँकी हुँदा यहाँका केहि मिडियाले चुनाव अघि वा पछि रसियाले राजनीतिक दंगा भड्काउने संभावना रहेको भन्दै अड्कालबाजी गरिदै छ । अनि भनिदै छ लोकतन्त्र खतरामा छ । लोकतन्त्र संधै खतरामा हुन्छ जहाँ सन्काह शासक र अनुसाशनहिन जनता हुन्छन । नेपाल जस्ता मुलुकहरुले कहिले उत्तर त कहिले दक्षिणले राजनीतिक हस्ताक्षेप गर्यो भन्दै नेताहरुले भाषण गर्नु सामान्य हुन ।
संसारलाई लोकतन्त्रको पाठ पढाउने अमेरिकाका पनि लोकतन्त्र खतरामा पर्को टिप्पणी हुन थालेपछि लोकतन्त्रका पुरोहितहरु लेकतन्त्र र अमेरिका के हो भन्ने विषयमा लेख्न थालेका छन । अमेरिकी लेखक मेल्भिन आइ. उरोफ्स्किले भनेका छन कि “लोकतन्त्र के हो भन्ने कुरा अमेरिकीहरुले विश्वास गर्ने एउटा मुल मन्त्र हो । यो सजिलै कसैले भत्काउन वा तत्कालै बनाउन नसक्ने कुरा हुन । संयुक्त राज्य अमेरिकालाई सुरक्षित राख्न लडिएको विनाशकारी गृहयुद्धको आधाआधीतिर गेटिसवर्ग नगरमा एउटा राष्ट्रिय समाधिस्थल राष्ट्रको नाममा समर्पित गर्दै आफ्नो भाषणको अन्त्यमा राष्ट्रपति लिङ्कनले अमेरिकी इतिहासमै शायद सबभन्दा प्रसिद्ध पदावलीमा लोकतन्त्रको जोडदार परिभाषा दिएका थिए । “जनताको, जनताद्वारा र जनताका लागि बनेको सरकार” भन्ने आफ्नो भनाइबाट उनले लोकतान्त्रिक सरकारको स्वरूपलाई यति राम्ररी परिभाषित गरिदिए कि यी सारा कुरा एउटा लोकतान्त्रिक समाजको आकाङ्क्षा राख्ने सम्पूर्ण राष्ट्रहरूका लागि संधै सान्दर्भिक ठहरिन्छन् ।”
अमेरिकाको २ सय ४६ वर्ष लामो स्वतन्त्र राष्ट्रको प्रजातान्त्रिक इतिहास छ । तर, विश्व आधुनिक राजनीतिक मञ्चमा अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा सबैभन्दा बढी साख गुमायो । त्यो सायद अमेरिकी ईतिहासमा लेखिने छ , त्यो अमेरिकी ईतिहासमा सुरक्षित छ । यसो हुनुमा संयुक्त राज्य अमेरिकाको गौरवमय इतिहासअनुसार सही नेतृत्व नहुनु नै मुख्य कारण थियो । अर्थात् व्यापारिक पृष्ठभूमिबाट अनपेक्षित रूपमा ‘अमेरिकालाई फेरि महान बनाऊँ’ भन्ने नारा अघि सारेर उदाएका डोनाल्ड ट्रम्पको लोकप्रिय राष्ट्रवादी नाराले अमेरिकालाई उल्टो दिशामा पु¥यायो । लोकप्रियतावाद र राष्ट्रवादको चर्को नाराको आडमा आर्जेको शक्तिको धरोहर यसरी गल्र्यामगुर्लुम ढल्ने रहेछ भन्ने बुझ्न दोस्रो कार्यकालका लागि अनुमोदित हुन नसकेका ट्रम्पको यही चुनावी परिणाम नै प्रशस्त छ । त्यसैले फेरी पनि ट्रम्प चुनावी नाममा जसरी खोक्रो राष्ट्रवादको नारा लगाई रहेका छन त्यतिले मात्रै उनलाई जिताउने संभावना छैन । यदि लोकतन्त्रलाई खतरा छ भने ट्रम्प जस्ता नेतृत्वबाट नै छ ।
संसारमा नै यतिखेर खोक्रो राष्ट्रवादको हावी भईरकेका छन । भारतको चुनावमा मोदीले आफुलाई त्यस्तै राष्ट्रवादको नाममा अनुमोदन गरे । फ्रान्सको निर्वाचनमा राष्ट्रवादीहरु उम्लिएर चुनावमा अप्रत्यासित भोट पाए । अहिले अमेरिकामा ठिक ट्रम्पले गोरा अमेरिकनलाई आप्रवासीले देश खान लाग्यो भन्दै चुनावी नारा बनाएका छन ।
अघिल्लो राष्ट्रपति ट्रम्पले निर्वाचन हार्नुमा बाईडेन धेरै बलिया भएका होईनन् ट्रम्पको गैरराजनीतिक चरित्र दोषी हो । ट्रम्प एक त व्यापारिक घरनाबाट आएका र उनी समान्यतया ठाडो नाफा घाटामा विश्वास गरेर अमेरिकाको संस्थापकहरुले लिएको मुल्य मान्यतालाई दाउमा राखेर हिडेका स्वाथी व्यत्तिः हुन । उनको उत्ताउलो र छुचो बोलीले संचार क्षेत्रदेखि अन्तर्राष्ट्रिय सम्बन्धमा विश्वासिलो वातावरण बन्न सकेनन् । आफ्ना सहयोगीलाई विश्वास नगर्ने र परिवारवादमा विश्वास गर्न थालेपछि आफ्नै पार्टीका पूर्ववरिष्ठ अधिकारीहरुबाट टाढिदै गएका थिए । त्यतिमात्र होईन, आफनै पार्टीका केहि स्टेट गर्भनरहरुले ट्रम्पको साटो बाईडेनलाई समर्थन गर्न बाध्य भएका थिए । त्यति मात्रै होईन यस अर्थमा ट्रम्पले अमेरिकालाई विश्व राजनीतिबाट अलग्याउँदै लगेका थिए ।
चार वर्ष पहिले लोकप्रिय मतमा पछि रहेता पनि इलेक्टोरल कलेज मत जितेका ट्रम्पले चार वर्षको अवधिमा त्यो विश्वासलाई कायम राख्न सकेनन् । यो अवधिमा उनले अमेरिकालाई महान बनाऊँ भन्ने लोकप्रिय नाराको विपरीत अमेरिका विश्व रंगमञ्चमा यस्तै हठी नेतृत्वकर्ताका कारण हिजो यस विशाल राष्ट्र र रिपब्लिकन पार्टीका ती संस्थापक नेताहरूले निर्माण गरेको छविसमेत धुमिल बनाएको उनकै पार्टी रपिव्लिकनभित्र बहस भईरहेको छ । त्यसैले यतिखेर लोकतन्त्र खतरामा पर्यो भन्नुभन्दा नी हठि र फटाहा प्रवृतिको अगाडी लोकतान्त्रिक समाजले केहि समय दुख पाएको हो ।
अमेरिकी लेखक मेल्भिन आइ. उरोफ्स्किको भनाईलाई यहाँ जस्ताको तस्तै सापटी लिदा उनले भनेका छन । “लोकतन्त्रका लागि एउटा सरकारका सम्पूर्ण स्वरूपहरूमध्ये लोकतन्त्र कठिन, संभवतः सबभन्दा जटिल र चुनौतीपूर्ण हुन्छ । यो अनेकौं किसिमका तनाव र विरोधाभासहरूले भरिएको हुन्छ र यसमा लागेकाहरूले यसलाई कार्यरूप दिन निरन्तर खटिइरहनु पर्दछ । लोकतन्त्रको परिकल्पना फटाफट चाहे जस्तो गरी काम हुन सकोस् भन्नाका लागि नभई जवाफदेही रूपमा काम होस् भन्ने हो । कुनै पनि लोकतान्त्रिक सरकारले एउटा तानाशाही सत्ताले जत्तिकै छिटो गरी काम गर्न सक्षम नहुन सक्छ, तर जब एउटा कार्यविधि तय गरिन्छ त्यसले आम जनसमर्थनको गहिरो तलाउबाट शक्तिस्रोत प्राप्त गर्दछ । हो त्यहि लोकतन्त्रले अमेरिकामा जरम गाडेको छ कसैले सनककै भरमा उखेल्न सक्दैन । लोकतन्त्रले र अवश्य पनि अमेरिकामा देखिने यसको स्वरूपले कहिल्यै पनि आफ्नो अन्तिम चित्र बनाइसकेको हुँदैन, यो निरन्तर विकसित भइरहन्छ । गत दुई शय वर्षमा अमेरिकी सरकारको बाहिरी रूपमा कमै मात्र परिवर्तन भएको देखिन्छ, तर यदि हामीले सतहभन्दा अलि गहिरिएर हे¥यौं भने यसमा प्रशस्त फेरबदलहरू भएको फेला पार्नेछौं लेखक मेल्भिनले भनेका छन । तैपनि, अधिकांश अमेरिकीहरूले जायज रूपमै के विश्वास गर्दछन् भने उनीहरूको सरकारको बारेमा अन्तर्निहित सिद्धान्तहरू सन् १७८७ मा संविधानका निर्माताहरूले पहिलोपल्ट अभिव्यक्त गरेका सिद्धान्तहरूबाटै अनुप्रेरित छ ।”
अमेरिकी ईतिहासमा लोकतन्त्रका आधारभूत विश्वव्यापी सिद्धान्तहरू छन । ति ११ वटा बुँदाहरू लोकतन्त्रका आधारभुत सिद्धान्त विभाजित छन । जुन अमेरिकामा लोकतन्त्र कसरी विकसित भयो र त्यहाँ यसको सञ्चालन कसरी हुन्छ भन्ने बुझ्नका लागि निर्णायक महत्व राख्दछन् । संवैधानिकतावाद, लोकतान्त्रिक चुनावहरू,ः संघीय, राज्य र स्थानीय सरकारहरू, कानुन निर्माण पर्दछन । जसमा मानव जातिले पाँच हजार वर्षदेखि औपचारिक रूपमा कानुन बनाएर लागु गर्दै आएको छ, तर विभिन्न समाजमा पुरै समाजले मानेर पालना गर्ने यस्तो कानुन बनाउन निकै फरक उपायहरू अपनाइएका छन्, यसमा भगवान्को अंश मानिने राजाहरूले जारी गर्ने आदेशहरूदेखि गाउँका वासिन्दाहरूले आपसमा छलफल गर्दै बहुमतको आधारमा गरिने निर्णयहरू पर्दछन् ।
स्वतन्त्र न्यायपालिका, राष्ट्रपतिका अधिकारहरू, स्वतन्त्र संचारक्षेत्रको भूमिका, जनहित समुहहरूको भूमिका, नागरिकको सुसूचित हुने अधिकार, अल्पसंख्यकहरूका अधिकारहरूको संरक्षण , सेना उपर नागरिक नियन्त्रण, आदी हुन । लेखकले मेल्भिनले भनेजस्तै अमेरिकी समाजमा लोकतन्त्रको जरा निकै भित्रसम्म गडेको छ । जुन कुनै उएटा सन्काहले सजिलै उप्काउन सक्दैन । त्यसैले पनि अमेरिकीहरु लोकतन्त्र नै खतरामा भएको कुरा त्यति स्वीकार्य हुँदैन ।
कुनै पनि लोकतन्त्रमा सम्पूर्ण राज्यशक्तिको अन्तिम स्रोत जनता नै हुन् । अमेरिकाको संविधानले यो मान्यतालाई जोडदार रूपमा पहिलो वाक्यमै घोषणा गरेको छः “हामी, संयुक्त राज्य अमेरिकाका जनता… यो संविधानलाई स्वीकृत गर्दै जारी भएको घोषणा गर्दछौं ।” सरकारमा निहित सम्पूर्ण शक्तिहरू जनताबाट प्राप्त भएको हुनुपर्दछ र उनीहरूले त्यसलाई वैध भनेर स्वीकार गरेको हुनुपर्दछ । यस्तो वैधता कानुन निर्माणका प्रक्रियाहरू लगायत स्वतन्त्र र निष्पक्ष निर्वाचन जस्ता अनेकौं माध्यमहरूबाट स्थापित गरिएका हुन्छन् ।
दोस्रो साधारण सिद्धान्त हो लोकतन्त्रमा शक्ति विभाजन प्रष्टरूपमा स्थापित हुनुपर्छ ताकि सरकारको कुनै अंग जनताको इच्छालाई ध्वस्त पार्न सक्ने गरी बलियो हुन नपाओस् । राष्ट्रपतिको पदलाई अमेरिकी शासन प्रणालीमा सबभन्दा शक्तिशाली ओहदा भनेर हेरिने गरेको भए पनि, संविधानले ती शक्तिहरूको सीमा तोकिदिएको छ र प्रमुख कार्यकारीले सरकारका अन्य अंगहरू र निर्वाचन क्षेत्रका मतदाताहरूको विचारसँगै मिलेर काम गर्नुपर्ने व्यवस्था गरेको छ । साथै कार्यपालिकाको मात्र नभई व्यवस्थापिका अंग उपर पनि सीमा कायम गराइ राख्न अदालतहरू राखिएका छन् । लोकतन्त्रमा सरकार जहिले पनि सन्तुलनमा रहनुपर्दछ, र विभिन्न अंगहरूले यस्तो सन्तुलनको बुद्धिमत्ता र आवश्यकताको महत्व बुझिराख्नु पर्दछ ।
लोकतन्त्रको प्रयोगमा लागेका अन्य राष्ट्रहरूले—किनकि यो सधै एउटा प्रयोग नै रहन्छ । उनीहरूको आ–आफ्नो संस्कृतिमा कसरी स्थापित गर्ने र हुर्काउँदै लैजाने भनेर पारख गर्नैपर्छ । यसको एउटै उपाय भने छैनः कवि वल्ट ह्विटमनको भनाइलाई खेलाउँदै हामीभन्न सक्छौं, लोकतन्त्रका अनेक रूप हुन्छन्, जुन आफैंमा बाझिने खालका देखिन्छन् । तर यदि हामीले हाम्रो दृष्टि ती आधारभूत, अपरिवर्तनीय सिद्धान्तहरूमा लगाइ राख्यौं भने—जसअनुसार आखिरी अधिकार जनतामै रहेको हुन्छ, सरकारका शक्तिहरू सीमाबद्ध हुनुपर्छ र नागरिक अधिकारहरूको संरक्षण हुनुपर्छ—यी लक्ष्यहरूलाई हासिल गर्ने अनेकौं उपायहरू हुन सक्छन् । त्यसैले संसारमा जब लोकतान्त्रि शासन माथी प्रश्न उठ्न थाल्दछ । अहिले भएको त्यहि मात्रै हो । राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पले अघिल्लो एक कार्यकाल राष्ट्रपति चलाएकै हुन तर उनले सोचे जस्तो बनाउन वा विगार्न त्यति सजिलो छैन । राजनीति गर्नेहरुका लागि लोकतन्त्र खतरामा छ भन्ने कुराहरु हुन ।




