नेपाल सरकारले अमेरिकाको सियाटलका लागि एसि शेर्पा सहित विश्वका विभिन्न देशका ११ जना अवैतनिक वाणिज्य तथा महावाणिज्य दुतहरुको पदावधि चार बर्षका लागि थप गरिएको छ । नेपाल सरकारको पछिल्लो मन्त्रि परिषद बैठकले अस्वीन कुमार श्रेष्ठ स्लोभानिया, डाटुक हुवाड चेन पेनाड मलेसिया, रोनाल्ड डालमान स्टलकहोम स्वीडेन, जीमि ईब्रमहम अकर नौरवी केन्या, सुधिर रुपारेलिया काम्पाला युगान्डा, बर्नाड भोयर मोन्ट्रेल क्यानडा रहेका छन ।


त्यसैगरी क्रिस्टोफर कन्सिडयन ब्रिटिस कोलम्बीया क्यानडा, बली सापुत्राजानो साती जाकार्ता ईन्डोनेसिया, तेउ स्वे लेन मलेसिया कालम भ्याली, र एसि शेर्पा सियाटल अमेरिका रहेका छन । यीमध्ये कति पयको २ बर्षदेखि समय थपिएको थिएन ।




