अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वसांसद तुलसी गबार्डलाई राष्ट्रिय गुप्तचर विभागको निर्देशकमा नियुक्त गरेको घोषणा गरेका छन । ट्रम्पको घोषणापछि तुलसीले ट्वीटरमा ट्रम्पलाई धन्यवाद लेखेकी छन् । अमेरिकी जनताको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न तपाईंको मन्त्रिपरिषद्को सदस्यका रूपमा सेवा गर्ने अवसरका लागि। म तपाईंसँग काम गर्न तत्पर छु। तुलसी गबार्डले अमेरिकी सेनामा दुई दशकभन्दा बढी समय काम गरिसकेकी छन्। तुलसीलाई इराक र कुवेतमा आर्मी नेसनल गार्डका रूपमा तैनाथ गरिएको थियो। उनले होमल्यान्ड सेक्युरिटी कमिटीमा पनि दुई वर्षभन्दा बढी समय सेवा गरिन्।

अघिल्लो समय ड्मोक्र्याट पार्टीबाट राष्ट्रपतिका लागि चुनावमा उठ्ने घोषणासमेत गरेकी उनि सन २०२२ देखि २०२४ सम्म स्वतन्त्र बसेर पछिल्लो समय ट्रम्पको चुनावी अभियानमा महिलाको नेतृत्व गर्दै ५० वटै राज्यहरुमा भ्रमण गरेकी थिईन । तुलसीलाई यो जिम्मेवारी दिँदै ट्रम्पले भनेका छन मलाई यो घोषणा गर्न पाउँदा खुसी लागेको छ कि प्रतिनिधि सभाकी पूर्वसदस्य लेफ्टिनेन्ट कर्नल तुलसी गबार्डले राष्ट्रिय गुप्तचर निर्देशकका रूपमा काम गर्नेछिन्। तुलसीका बुबा क्रिस्चियन थिए भने आमा हिन्दुहुन । महिलामाथी विभिन्न आरोपहरु लागि रहँदा तुलसीले ट्रम्पको पक्षमा बोल्दै आएकी थिईन ।



