• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा अध्ययन गर्ने नेपाली विधार्थीको संख्या अहिलेसम्मकै उच्च : अमेरिकी कलेजमा पढ्ने १० औ स्थानमा नेपाली विधार्थी

  •  
  • २०८१ मंसिर ४, मंगलवार १०:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको संख्या अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । गत वर्षको तुलनामा १० दशमलव ९५ प्रतिशत वृद्धि भई हाल १६ हजार ७ सय ४२ नेपाली विद्यार्थीहरूले अमेरिकी विश्वविद्यालयहरूका अध्ययन गरिरहेका छन ।  नेपाली विद्यार्थीहरू हाल अमेरिकी विश्वविद्यालयहरूमा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको १०औं ठूलो समूह बनेको हो । संसारभरबाट १ दशमलव १ मिलियनभन्दा बढी विद्यार्थीहरूलाई स्वागत गर्दै २०२३ र २४ शैक्षिक वर्षमा अमेरिका अन्तर्राष्ट्रिय शिक्षाका लागि शीर्ष गन्तव्य बनेको छ।

    विश्व बजारमा अन्तर्राष्ट्रिय विधार्थीहरु जाने देशहरु अमेरिका, क्यानडा, बेलायत र अष्ट्रेलिया नै हुन । विश्वभर चलायमान हुने विधार्थीहरुको ८० प्रतिशत यी देशले किफायत गर्दछ । विश्व अर्थतन्त्रमा दोश्रो स्थानमा रहेको चिन भए पनि अन्तर्राष्ट्रिय विधार्थी कम हुन्छन । एउटा देशमा कडाई हुनासाथ यी विधार्थीहरु अर्को देशमा जाने तयारी गर्दछन । यहि लयमा यतिखेर अष्ट्रेलिया, बेलायत र क्यानडाले कडाई गरेपछि त्यो लय अमेरिकी बजारका खनिएको छ । पछिल्लो तथ्यांक हेर्ने हो भने विगत तीन महिनामा अमेरिका आउने विधार्थीको सख्यामा व्यापक बदलाव देखिएको छ । त्यसको ताजा असर हो अन्य देशमा कडाई गरे पनि विधार्थीका लागि अमेरिकी नीतिमा कुनै परिवर्तन भएको छैन । त्यसैले प्रमुख विधार्थी बजारको रुपमा रहेको एसियनहरु अमेरिकी गन्तव्य छान्न थालेका छन । प्रायजसो विधार्थीहरुले अमेरिकी विधार्थी भिषा सजिलो नहुने भन्दै अन्य गन्तव्य छान्ने गर्दथे तर यतिखेर अमेरिकी भिषा स्वीकृती दर निकै बढेपछि विधार्थीहरु अमेरिका छान्न थालेका हुन । यसको मतलव अमेरिकी बजारमा पनि विधार्थीहरुका लागि भने त्यहि सहज छैन । काम पाउन र आफ्नो दैनिकी धान्न कठिन बन्दै गएको छ ।

    संसारमै सबैभन्दा धेरै अन्तर्राष्ट्रिय विधार्थी अध्ययनको लागि आउने देश अमेरिका पहिलो देश हो । जहाँ विश्वभरीबाट बर्षमा साँढे १० लाख अर्थात ९१० लाख ५७ हजार १ सय ८८, सन २०२३ को तथ्यांक० विधार्थी अध्ययनका लागि आएका थिए । जसबाट अमेरिकालाई बार्षिक रुपमा ४० दशमलव १ विलियन डलर भित्रियो । एसोसियसन अफ ईन्टरनेसनल इजुकेटर्स नाप्सा नामक संस्थाको अनुसन्धानमा आधारित एक तथ्यांक अनुसार अन्तर्राष्ट्रिय विधार्थीका कारण मात्रै ३ लाख ६६ हजार अमेरिकनले नयाँ रोजगारी पाउँछन । हरेक ३ जना अन्तर्राष्ट्रिय विधार्थी अमेरिका पढ्न आउँदा एक जनाले नयाँ जागिर पाउने उल्लेख छ । विश्वका २ सय २७ देश वा कन्टीनेन्टबाट अमेरिका अध्ययनका लागि विधार्थीहरु आउने गरेका छन । जसमा ७० प्रतिशत एसियाबाट रहेको अनुसन्धानमा उल्लेख छ ।

    Post Views: 193
    प्रकाशित मिति: २०८१ मंसिर ४, मंगलवार १०:१२
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण
    आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै
    ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    • ३. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ४. मेटाले क्यानडा १० बिलियन डलरको नयाँ डाटा सेन्टर बनाउने

    • ५. इरानद्धारा स्टेट अफ होर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकासँगको तनाव चुलियो

    चर्चित
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • ३. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ४. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ५. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.