क्यानाडा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूले वर्क परमिट बिना क्याम्पस बाहिरप्रति हप्ता २४ घण्टा काम गर्न सक्ने नियम सार्वजनिक गरेको छ । यो नियम भने नियमित विधार्थीका हकमा पढाईको समयपछि बाँकी भएको समयमा आधारित छ । यो समय कलेजभित्र बाहेकको समयलाई गन्नेछ ।

क्यानडाका अध्ययगमनमन्त्रि मार्क मिलरले विद्यार्थी कार्यक्रमको अखण्डता सुनिश्चित गर्न उक्त कार्यक्रम घोषणा गरेको बताएको छ । हप्तामा २४ घण्टा लामो समय काम गर्ने कुराले शैक्षिक कार्यसम्पादनलाई असर गर्न सक्छ भन्दै विरोध पनि भएका छन । यस अघि क्यानडामा हप्तामा २० घण्टा काम गर्न पाईने व्यवस्था थियो । विधार्थीले आफेले कमाएर कलेज फि तिर्न सक्ने अवस्था श्रृजना गर्न सरकारले त्यस्तो नियम ल्याएको हो ।
यति कसैले बीचमा पढाई रोक्ने वा आंशिक अध्ययन गर्ने विदेशी विधाथीहरु क्याम्पसबाहिर काम गर्न भने योग्य हुँदैनन्। तर योग्य विद्यार्थीहरुले निर्धारित बिदामा पूर्ण समय अर्थात् अधिकतम ४० घण्टा प्रति हप्ता काम गर्न सक्नेछन्।




