• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

कुटनीतिक लय तोडेर कामु सचिव बने राई

  •  
  • २०८१ मंसिर १२, बुधबार ०७:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमृतकुमार राईले परराष्ट्र मन्त्रालयमा कायममुकायम सचिवको जिम्मेवारी पाएका छन् । परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल बेल्जियमका लागि राजदूत नियुक्त भएपछि मन्त्रालयका वरिष्ठ सहसचिव राईलाई कामु सचिवको जिम्मेवारी दिइएको हो । अघिल्लो कार्यकालमा प्रधानमन्त्री ओलीले दक्षिण अफ्रिकाबाट फर्काएर सीधै न्युयोर्कको स्थायी प्रतिनिधि बनाइएका राईलाई कायममुकायम सचिव बनाएका छन्। उनै राईको सल्लाहमा मन्त्रालयमा सुब्बाबाट प्रवेश गरेका कुनै परीक्षा नदिईकन सीधै सहसचिवसम्म पुग्ने प्रथा बनाइएर परराष्ट्र मन्त्रालयमा कुप्रथा स्थपित गरेका राई सचिव हुने भएका छन ।

    बेल्जियमबाट एग्रिमो आउन बाँकी भएकाले सचिव लम्साललाई भने केही दिनका लागि सरकारले प्रधानमन्त्री कार्यालयमा पठाएको छ । ‘सचिव लम्साल एग्रिमो आउनेबित्तिकै राजदूत नियुक्त भएर बेल्जियम जाने तयारी हुनुहुन्छ ।

    कामु सचिव बनाइएका राईलाई नै केही समयपछि सरकारले परराष्ट्र मन्त्रालयको सचिवमा नियुक्त गर्ने गृहकार्य गरेको छ । राईले मन्त्रालयमा रहेर विभिन्न जिम्मेवारी सम्हालिसकेका छन् भने यसअघि संयुक्त राष्ट्रसंघको न्युयोर्कस्थित स्थायी नियोगको नेतृत्व गरिसकेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै सेवा निवृत्त भएर अर्को जिम्मेवारीमा जान लागेकी परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेर कुटनीति सेवामा पुगेकी एक महिलामाथी अन्याय भएको मन्त्रालयमा चर्चा छ । चीन भ्रमणमा हुने कतिपय विषयलाई गोप्य राख्न प्रधानमन्त्री ओलीले सचिव लम्सालको सरुवा गरेको परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन। प्रधानमन्त्री ओलीले आफू अनुकूलका व्यक्ति अमृतबहादुर राईलाई कायममुकायम परराष्ट्र सचिव तोके पनि परराष्ट्रमन्त्रि डा आरजु राणा पनि चुपचाप रहेकी छिन । ओली मंसिर १७ गते चीन भ्रमणमा जाने कार्यक्रम छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई प्रभावकारी बनाउन राईलाई परराष्ट्रको कायममुकाय सचिव बनाइएको हो।  प्रधानमन्त्री ओली सेवासँग असन्तुष्ट रहेको र उनलाई भारतसँग नजिक भएको आरोप लगाइएको छ।

     

    Post Views: 111
    प्रकाशित मिति: २०८१ मंसिर १२, बुधबार ०७:०७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?
    यस्तो छ निर्वाचन कार्यतालिका ?
    पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?

    • २. यस्तो छ निर्वाचन कार्यतालिका ?

    • ३. पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा

    • ४. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ५. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    चर्चित
    • १. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    • २. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ३. विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दुतावासमा मतदान गर्ने व्यवस्था !

    • ४. साइकलमा दूध बेच्दै हिँड्थे, अहिले आफैले चलाएका छन् डेरी

    • ५. अमेरिकाको क्यालिफोनियामा १७ हजार आप्रवासीको व्यवासायिक लाईसेन्स खारेज

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.