• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा “नयाँ वृन्दावन” र फैलिरहेको “हरेकृष्ण आन्दोलन”

  •  
  • २०८१ मंसिर १२, बुधबार ०८:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+
    यिनको परिवर्तित नाम हो धीरा दास । अमेरिकाको वेष्ट भर्जिनियास्थित ‘नयाँ वृन्दावन’ मा आएपछि उनले पाएको नाम हो यो । उनको खास नाम चाहिँ डेनियल हो । उनी मूलतः क्रिष्चियन धर्म मान्ने मान्छे हुन् । तर विगत एक वर्षदेखि उनको नाम धीरा बनेको छ । होण्डुरसबाट अमेरिका छिरेका ३१ वर्षीय धीरा दास अहिले ‘कृष्णका दास’का रुपमा यही वृन्दावनमा भजन, कीर्तन र सत्सँगमा रमेका छन् ।
    ‘हरेकृष्ण’ आन्दोलनका अगुवा वा संरक्षक हुन् भक्तिवेदान्त स्वामी प्रभुपाद । प्रभुपादले नै इस्कोन (इन्टरनेसनल सोसाइटी फर कृष्ण कन्सियसनेस) मार्फत अमेरिकादेखि युरोपसम्म ‘हरेराम’ को नाम जपदेखि भजन कीर्तनका मार्फत हजारौँ मानिसहरुलाई सनातन धर्मसँग जोड्नुभएको छ । प्रभुपादले स्थापना गरेको यो वृन्दावन चाहिँ भारत इतर पहिलो धाम हो ।
    ‘मलाई यहीँ मनपर्छ’ मनोविज्ञानका विद्यार्थी धीरादास भन्छन् । उनी कृष्णको भजनामृतले लठ्ठ छन्, मख्ख छन् । दैनिक हुने भजन, कीर्तन मात्र होइन, गाईको स्याहार सुसार र यहाँभित्रको सरसफाइमा उनी लगनशील भएर काम गरिरहेका छन् । ‘म २० वर्षको हुँदा मैले हरे कृष्णको नाम सुनेको हुँ र यसप्रति मेरो लगाव हुँदै गएको हो । कृष्णको भजन र कीर्तनले अनुशासन र समर्पण सिकाउँदो रहेछ । यसले आत्मा र मस्तिष्कलाई पनि परिष्कृत गर्दोरहेछ । कृष्णलाई मैले धेरै बुझेको छैन तर उहाँ एक असल कार्मिक व्यक्ति हुनुहुन्छ । मैले लिएको बाटो र मेरो विचार अध्यात्मतिर ढल्केको छ ।’ उनको भनाइ छ ।
    यही वृन्दावनमा भेटिएका अरु दुइ पात्र हुन् प्याट्रिक र जोस । ५० वर्षीय जोस भर्खरै मात्र हरे कृष्ण मुभमेन्टमा समावेश भएका हुन् भने प्याट्रिक १६ वर्षदेखि यो आन्दोलनमा सक्रिय छन् । उनी वृन्दावनभरि ‘कृष्णमाया दास’ का नामले चिनिन्छन् । यी दुवै क्रिष्चियन धर्मका व्यक्ति थिए । तर कालान्तरमा यी दुवै हिन्दु धर्ममा प्रवृत्त भए, कृष्णको मार्गमा हिँड्न चाहे र हरेकृष्णको मूलमन्त्र लिएर हिँडिरहेका छन् । नित्य हुने प्रवचन, भजन, कीर्तन र सन्ध्या आरतिमा उनीहरुको पूरापूर संलग्नता छ । यसवाहेक हरेक दिन आउने हिन्दु र हिन्दु इतरका अतिथिहरुलाई कृष्णको भजन र कीर्तन मार्फत कृष्णभक्तिको रसास्वादन गराइरहेका छन् ।
    यहाँ हरेक दिन बिहान र साँझ मेक्सिको, अर्जेन्टिना, ग्वाटेमाला, अमेरिका, युरोपको विभिन्न देशबाट आएका र कृष्णभक्तिमा रमेका करिब एक सय ५० भन्दा बढी भक्तहरु नाचगान र भजन कीर्तनमा सहभागी भएको देख्दा सनातनप्रतिको हाम्रो आस्था अझ उँचो भएको लाग्छ । गर्वको अनुभूति हुन्छ । अलिकति पैसाको लोभमा हाम्रो विशाल र सनातन धर्म छाडेर पर धर्म अँगाल्ने अबुझ र स्वाँठदेखि घृणा पनि जाग्दछ । भवतु सब्व मंगलम् ।
    पत्रकार कृष्णराज खनालको फेसबुक पेजबाट लिइएको सामाग्री
    Post Views: 215
    प्रकाशित मिति: २०८१ मंसिर १२, बुधबार ०८:४७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    Advertisement
    ताजा अपडेट
    • १. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • २. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ३. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • ४. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ५. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    चर्चित
    • १. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • २. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.