• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

ट्रम्पको निसानामा ४ लाख अन्तर्राष्ट्रिय विद्यार्थी, ट्रम्पले सत्ता सम्हाल्नुपुर्व अमेरिका फर्किन कलेजद्धारा विधार्थीलाई पत्राचार

  •  
  • २०८१ मंसिर १३, बिहीबार ०६:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी विश्वविद्यालयहरूले अन्तर्राष्ट्रिय विद्यार्थी र आफ्ना कर्मचारीहरूलाई राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले जनवरीमा पदभार ग्रहण गर्नु अघि नै क्याम्पसहरुमा फर्कन पत्राचार गरेको छ । हायर एड इमिग्रेसन पोर्टलका अनुसार ४ लाख भन्दा बढी कागजात नभएका विद्यार्थीहरू अमेरिकी उच्च शिक्षा लिन कजेजहरुमा पढी रहेको तथ्यांक छ । ट्रम्पले सत्ता सम्हाल्नु पहिले नै विधार्थी र कर्मचारीहरुले कागजातविहीन आप्रवासीहरूका लागि विशाल होल्डिङ सुविधाहरू निर्माण गर्ने भन्दै चाँडो कलेजमा सम्पर्क गर्न सुझाव दिंदै पत्राचार गरेको हो । सामूहिक निर्वासन गर्ने नवनिर्वाचित राष्ट्रपति ट्रम्पको योजनामा चिन्ता जाहेर गर्दै सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरू अहिले चिन्तित रहेको कोलोराडो डेनभर विश्वविद्यालयका प्राध्यापक क्लो ईस्टले बीबीसीलाई बताएकी छिन । २० जनवरी भन्दा अगाडी अमेरिका नर्फिएको खण्डमा त्यसपछि जे पनि हुन सक्ने आशंका व्यक्त गर्दै कलेजले आफ्ना अन्तराष्ट्रिय विधार्थीहरुलाई पत्राचार गरेका हुन ।

    विज्ञहरुले मास डिर्पोटेसन गर्दा ती विधार्थीहरु पनि नपार्लान भन्ने आधार नभएको भन्दै चिन्ता जाहेर गरी रहेका छन । ट्रम्पको ’बोर्डर जार’ नीतिले “अध्यागमनको बारेमा अनिश्चितता श्रृजना गरेको भन्दै विद्यार्थीहरू अहिले अविश्वसनीय रूपमा तनावग्रस्त अवस्थामा रहेको अनुसन्धानहरुले देखाएको छ । प्रोफेसर ईस्टले बीबीसीलाई भनेका छन “धेरै विद्यार्थीहरूलाई उनीहरूको भिसाको बारेमा चिन्ता छ र उनीहरूलाई उनीहरूको शिक्षा जारी राख्न अनुमति दिइनेछ कि छैन भन्ने डरमा छन“ नोभेम्बरमा, युनिभर्सिटी अफ म्यासाचुसेट्सले आफ्ना अन्तर्राष्ट्रिय विद्यार्थी र फ्याकल्टीहरूलाई ट्राभल एडभाइजरी जारी गर्दै उनीहरूलाई २० जनवरीमा ट्रम्पले पदभार ग्रहण गर्नु अघि हिउँदको विदामा गएकाहरुलाई कलेज फर्किन आग्रह गरेको छ ।

    ट्रम्प प्रशासनको पहिलो २०१६ मा लागू गरिएको यात्रा प्रतिबन्धको अघिल्लो अनुभवको आधारमा, ग्लोबल अफेयर्सको कार्यालयले धेरै सावधानी अपनाएर यो सल्लाह दिइरहेको जनाइएको कलेजहरुले सचित गराएको छ । त्यसैले कलेजका विधार्थीहरुलाई ट्रम्पले सत्ता सम्हाल्नुपुर्व आफ्ना विधार्थीहरुले घर वा आफ्नो देशमा गएको भए तत्काल र्फिर्कएर कलेजसंग सम्पर्क गर्न पत्राचार गरेका हुन ।

    ट्रम्पले २०१७ मा ह्वाइट हाउसमा आफ्नो पहिलो हप्तामा धेरै मुस्लिम राष्ट्रहरू, साथै उत्तर कोरिया र भेनेजुएलाका नागरिकहरूलाई अमेरिका भ्रमणमा प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । आफ्नो पहिलो राष्ट्रपतिको समयमा उनले विद्यार्थी भिसामा केही सीमितताहरू पनि प्रस्ताव गरेका थिए । म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी र वेस्लेयन युनिभर्सिटीले पनि ट्राभल एडभाइजरीहरू जारी गर्दै आफ्ना विद्यार्थी र कर्मचारीहरूलाई ट्रम्पको सत्ता सम्हाल्नुपुर्व अमेरिका फर्कन आग्रह गरेको अन्तराष्ट्रिय सन्चार माध्यमहरुले जनाएको हो ।

    त्यसैगरी विश्वप्रसिद्ध एल युनिभर्सिटीमा अन्तर्राष्ट्रिय विद्यार्थी र विद्वानहरूको कार्यालयले यस महिना सम्भावित अध्यागमन नीति परिवर्तनहरूको बारेमा विद्यार्थीहरूको चिन्तालाई ध्यानमा राख्दै वेब सेमिनार आयोजना गरेको स्टुडेन्र्ट पत्रिकाले रिपोर्ट गरेको छ । यसमा डिफर्ड एक्शन फर चाइल्डहुड अराइभल्स (डाका) नीतिद्वारा सुरक्षित भएका विदेशी–जन्मेका विद्यार्थीहरू समावेश छन् । ट्रम्पले ओबामा युगको कार्यक्रमलाई अन्त्य गर्ने प्रयास गरेका छन्, जसले आधा मिलियन भन्दा बढी आप्रवासीहरूलाई जो देश निकालाबाट बालबालिकाको रूपमा अमेरिका आएका थिए । प्रोफेसर ईस्टले भने कि एसियाका विद्यार्थीहरू, विशेष गरी चीनका विद्यार्थीहरूले ट्रम्पको नेतृत्वमा अमेरिका–चीन सम्बन्धमा मा आउन सक्ने “अनिश्चितता“ महसुस गर्दै डर मानिरहेका छन । के गला त अहिल्यै भन्न सकिन्न तर ट्रम्पले नियूक्त गरेका मानिसहरुको तयारी हेर्दा कहि चाही पक्कै गर्नेजस्तो देखिएको छ । ट्रम्पले भने जस्तो मास डिर्पोटेसन असंभव रहेको विभिन्न अनुसन्धानहरुले जनाएको छ । स्मरणी रहोस यीनै ट्रम्पले अन्तराष्ट्रिय विधाथीृलाई पढाई सकेपछि गी्रनकार्ड दिने बाटोमा लैजाने बताएका थिए ।

    हायर ईड ईडुकेसन पोर्टलले गरेको एक सर्भेका अनुसार क्यालिफोनियामा ८६ हजार, टेक्सासमा ५६ हजार, फ्लोरिडामा ४३ हजार न्यूयोर्कमा २६ हजार, न्यूजसीमा २१ हजार विधार्थीहरु काथजातविहिन अन्तराष्ट्रिय विधार्थीहरु अध्ययन गरी रहेको तथ्यांक सार्वजनिक गरेको छ ।

     

    Post Views: 104
    प्रकाशित मिति: २०८१ मंसिर १३, बिहीबार ०६:१९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?
    यस्तो छ निर्वाचन कार्यतालिका ?
    पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?

    • २. यस्तो छ निर्वाचन कार्यतालिका ?

    • ३. पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा

    • ४. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ५. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    चर्चित
    • १. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    • २. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ३. अमेरिकी सरकार ४२ दिन लामो सटडाउन खुल्ने, सिनेटबाट पारित, संसदमा मतदान हुँदै

    • ४. फिर्ता भएका ११ राजदूतमध्ये चारजनाले दिए राजीनामा

    • ५. विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दुतावासमा मतदान गर्ने व्यवस्था !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.