• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

प्रधानमन्त्रीसँग ८७ सदस्यीय टोली चीन जाने, १८ गते राष्ट्रपति सिसंग भेट तय

  •  
  • २०८१ मंसिर १४, शुक्रबार ०८:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने भएको छ । ३९ जना सरकारी र ४८ जना नीजि क्षेत्रका व्यक्ति प्रधानमन्त्री ओलीको चीन भ्रमणमा सहभागी हुने भएका हुन् ।बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण टोलीका सदस्यको टुंगो लगाएको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए । आउँदो १७ गतेबाट चीन भ्रमण गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले १८ गते चीनका राष्ट्रपति सि चिनफिङ र प्रधानमन्त्री ली छ्याङसँग भेटवार्ता गर्ने तय भएको छ ।

    प्रधानमन्त्रीको भ्रमण दलमा पत्नी राधिका शाक्य,  परराष्ट्र मन्त्री   डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार  डा. युवराज खतिवडा छन् ।  त्यस्तै कांग्रेस  सांसदहरु अर्जुननरसिंह के.सी, र  श्यामकुमार घिमिरे,  एमाले सांसद लिलानाथ श्रेष्ठ र बिजुला रायमाझी, माओवादीबाट रेखा शर्मा पनि भ्रमण दलमा छन् । सांसदहरु  बीरेन्द्रप्रसाद महत्तो, दीपक कार्की, सर्वेन्दरनाथ शुक्ला र रन्जिता श्रेष्ठ पनि भ्रमण टोलीमा छन् ।

    मुख्यसचिव एकनारायण अर्याल,  अर्थसचिव  डा. रामप्रसाद घिमिरे,  कामु परराष्ट्र सचिव अमृत बहादुर राई, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली पनि भ्रमण दलमा छन् । मदन भन्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका उपाध्यक्ष  सहप्राध्यापक पद्मसुन्दर जोशीलाई पनि प्रधानमन्त्रीको भ्रमण टोलीमा छन् ।

    प्रधानमन्त्रीका निजी चिकित्सक  प्रा. डा. दिव्या सिंह शाह, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य पनि भ्रमण टोलीमा परेका छन् । परराष्ट्र मन्त्रालयको उत्तरपूर्वी एसिया महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल, शिष्टाचार महापाल विष्णुप्रसाद गौतम,  उपसचिव मणिरत्न शर्मा, प्रधानमन्त्रीका स्वकीय उपसचिव उदय पोखरेल, परराष्ट्र मन्त्रीका स्वकीय उपसचिव कमल रावल पनि भ्रमण टोलीमा परेका छन् ।

    शिष्टाचार अधिकृत ऋचा भट्टराई,  शाखा अधिकृत जानकी ओझा, सुजन लामीछाने, शिष्टाचार सहायक विनोद खनालको नाम पनि भ्रमण टोलीमा परेको छ । प्रधानमन्त्रीका निजी सहयोगी जयश्री शाक्य र  परराष्ट्र मन्त्रीकी निजी सहयोगी अनिता सिंह पनि चीन जाँदै छन् ।

    प्रधानमन्त्री ओली आगामी १७ मंसिरमा चीनको औपचारिक भ्रमणमा जाँदैछन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले १८ मंसिरमा चीनको बेइजिङमा उच्चस्तरीय भेटवार्ता गर्नेछन् । उनी शनिबार नेपाल फर्कने र पुनः प्रधानमन्त्रीसँग चीन जाने कार्यतालिका छ ।

    Post Views: 134
    प्रकाशित मिति: २०८१ मंसिर १४, शुक्रबार ०८:२४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा
    गगन पक्षलाई आधिकारिकता दिन अदालतले लिएको चार आधार
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. गगन पक्षलाई आधिकारिकता दिन अदालतले लिएको चार आधार

    • ३. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • ४. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ५. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    चर्चित
    • १. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • २. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • ३. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ४. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.