• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपालमा बा, आमाको “मुहार उज्यालो” बनाउने अभियानमा लागेका अमेरिकी स्वास्थकर्मी छोराछोरी

  •  
  • २०८१ मंसिर १५, शनिबार १३:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    “जननी जन्म भुमिस्चः स्वर्गदपि गरियसी” यो संस्कृत भाषाको श्लोकको अर्थ हो जन्मदिने आमा र मातृभुमि स्वर्गभन्दा नी प्यारो हुन्छ । यो शब्द स्वदेशमा बस्ने भन्दा विदेश बसेकाहरुका लागि प्यारो छ । त्यसैले विदेशमा बस्नेहरुले आफुले सकेको सक्दो जन्म दिने बा आमा र मातृभुमिका साथै दिन दुखीहरुका लागि खर्चेका हुन्छन । त्यसको एउटा गतिलो उदाहरण हो हेल्थ फाउण्डेसन नेपाल । जुन संस्था अमेरिका र नेपालमा दर्ता भएर कार्यरत छ । उनिहरुले बाध्यता वा रोजगारीका शिलशिलामा परदेशमा भए पनि नेपालमा रहेका बा आमाको मुहारमा उज्यालो बनाउने अभियान अमेरिकाबाट सन्चालन गर्दै आइरहेका छन ।

    नेपालबाट अमेरिका आएका स्वास्थ्य क्षेत्रमा कार्यरत प्रोफसनलहरुको प्रयासमा स्थापित संस्था सन् २०१२ दर्ता गरी नेपालको ग्रामिण क्षेत्र जहाँ स्वास्थ्यको पहँुच बाहिर रहेका आम मानिसहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाले स्थापनादेखि नै समुदायको स्वास्थ्यमा दाड र चितवनमा आवश्यक पर्दाको अवस्थामा स्थानीय स्वास्थ्य संस्थाहरुसंगको सहकार्यमा पनि काम गर्दै आइरहेको अध्यक्ष श्रीधर पौडेलले खबरमालालाई बताउनु भयो । स्माईल बा, स्माईल आमा कार्यक्रम सन्चालन गरेर नेपालमा आफ्ना सन्तानको आभावमा एक्लो महसुश गरेका बा आमाहरुलाई एक्लोपनबाट जोगाउन र एक्लो हुँदा देखिने अनेक स्वास्थ्य समस्याहरुको पहिचान गर्दै स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको डा पौडेलले बताउनु भयो ।

     


    नेपालबाट अध्ययन होस वा रोजगारीका लागि ठुलो युवा समुह विदेशमा रहेकाले गाउँघरमा बा आमाहरु एक्लै बस्न बाध्य छन । बाध्यतावस एक्लो भएका बा आमाहरुलाई एक्लो महसुश गर्दा स्वास्थ्यमा असरहरु देखा पर्दै गएकाले त्यस्ता बा आमाहरुका लागि फाउण्डेसनले एक्लोपन कम गर्ने मानसिक र शारीरिक स्वास्थ्य सेवा दिने गरेको छ । त्यसरी दिइने स्वास्थ्य सेवाले बा आमाको मुहारलाई उज्यालो बनाउन स्माईल बा आमा कार्यक्रम सन्चालन गर्दै आएको अध्यक्ष डा पौडेलले बताउनु भयो । त्यस्तो सेवा चितवनमा ६ सय र दांड जिल्लामा १ हजारभन्दा बढी बा आमाले स्वास्थ्य सुविधा लिई सकेका छन । संस्थाले आवश्यकता महसुश गरेको खण्डमा विधालयहरुमा पनि विधालय स्वास्थ कार्यक्रम पनि गर्ने गरेको छ ।


    यी दुई जिल्लामा फाउण्डेसनले घरमै गएर मानसिक रुपमा स्वास्थ्य जाँच गराउने स्वास्थकर्मीले मानसिक रुपमा के कस्तो छ पत्ता लगाउने र आवस्श्यक भएकाहरुलाई थप उपचार गर्ने गर्दै हरेकलाई मानोचिकित्सक सेवा उपलब्ध गराउने गरिएको छ । एक्लोपन कुन वा कस्तो अवस्थामा छ पत्ता लगाएपछि त्यस्तो समस्या देखिएकालाई देखिएका कतिलाई एक्लाएक्लै उपचार गराउने र कतिपय अवस्थामा समुहमा उपचार वा परामर्श दिने गर्दै आएको छ । त्यसरी दिने स्वास्थ्य तथा परामर्श सेवालाई बा आमा क्लव नामाकरण गर्दै सन्चालनमा छ । जसमा डाक्टर र नर्सको साथै स्वास्थ्यकर्मीले निशुल्क सेवा उपलब्ध गराउँदै आएको छ । यसरी सेवा दिने अमेरिकामा कार्यरत हेल्थ प्रोफेसनलहरुको संस्था हेल्थ फाउण्डेसन नेपालको दुईदिने बार्षिक साधारणसभा नर्थ क्यारोलिनाको ग्रीन्सबोरोमा डिसेम्बर ७ र ८ तारिकका दिने हुँदैछ ।

    सो कार्यक्रममा आगामी दिनमा गरिने कार्यक्रमहरुको बारेमा छलफल गर्ने र त्यसका लागि सुझाव संकलन तथा आवश्यक अर्थ संकलन गर्ने साथै राष्ट्रिय तथा अन्तारष्ट्रिय क्षेत्रमा ख्याति कमाएका विज्ञहरुको उपस्थितिमा सेमिनार हुनेछ । संस्थाले कहिले काँही अवस्श्यक ठानेमा च्यारिटी डिनर गर्दै फण्ड संकलन गर्दै आएको छ । संस्थामा आवद्ध वा सेवा भावना भएकाहरुबाट उपलब्ध गराइएको सहयोगबाट सस्थाले सन्चालन गर्दै आएको सामाजिक सेवामा आर्थिक सहयोग जुटी रहेको छ । हेल्थ फाउण्डेसन नेपालको अमेरिकाको बार्षिक साधारणसभामा नेपालको सन्र्दभमा नेपालमा कहाँ कसरी थप स्वास्थ्य सेवा पुर्याउन सकिन्छ र त्यसका लागि के कस्ता चुनौति छन भन्ने आम विषयामा देश विदेशका विज्ञ डाक्टरहरुको उपस्थितिमा दुई दिने समेनिार हुन लागेको संस्थामा अध्यक्ष डा पौडेलले जानकारी दिनु भयो ।

    Post Views: 204
    प्रकाशित मिति: २०८१ मंसिर १५, शनिबार १३:२४
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकाले आप्रवासी भिसामा ‘पब्लिक चार्ज बन्ड’ सुरु, अस्वीकृत आवेदकले धरौटी राखेर भिसा पाउन सक्ने
    ट्रम्पद्वारा जन्मसिद्ध नागरिकतामा नियन्त्रण गर्ने नयाँ कार्यकारी आदेशमा हस्ताक्षर
    कुटनीतिक नियोगमा गैर कुटनीतिक कर्मचारी पठाउन मुख्य सचिवको आदेशः परराष्ट्र मन्त्रालय अन्योलमा !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकाले आप्रवासी भिसामा ‘पब्लिक चार्ज बन्ड’ सुरु, अस्वीकृत आवेदकले धरौटी राखेर भिसा पाउन सक्ने

    • २. ट्रम्पद्वारा जन्मसिद्ध नागरिकतामा नियन्त्रण गर्ने नयाँ कार्यकारी आदेशमा हस्ताक्षर

    • ३. कुटनीतिक नियोगमा गैर कुटनीतिक कर्मचारी पठाउन मुख्य सचिवको आदेशः परराष्ट्र मन्त्रालय अन्योलमा !

    • ४. विकासशील देशका लागि आर्टिफिसियल इन्टेलिजेन्स लाइफलाइन बन्न सक्छः विश्व बैक

    • ५. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    चर्चित
    • १. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    • २. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    • ३. हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल

    • ४. लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल

    • ५. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.