• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

युद्धले फस्टाउँदो हतियार व्यवसायः कुन देशले कति हतियार बेच्छ ?

  •  
  • २०८१ मंसिर २३, आईतवार १२:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    जब संसारमा अशान्त हुन्छ तव हतियार व्यवसाय फस्टाउँछ । त्यो विश्वव्यापी मान्यता हो । यतिखेर त्यहि भईरहेको छ । विश्वका ठुला देश र शक्तिशाली पनि त्यहि हतियारको सख्या वा लगानीका आधारमा मानक गरिदै आएको छ । रुस–युक्रेन युद्ध होस् वा इजरायल–प्यालेस्टाइन युद्ध होस् वा इन्डो–प्यासिफिक क्षेत्रमा बढ्दो तनाव वा भर्खरै शुरु भएको सिरिया वा अफ्रिकी देशमा भईरहेका दशकौं देखिको यूद्धहरु । यी कारणले विश्व आतंकित भए पनि हतियार उत्पादन गर्ने कम्पनीहरु भने सुरक्षित र प्रतिवबर्ष निकै नाफा कमाउने उधोगका रुपमा स्थापित हुँदै गएका छन ।

    स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटको नयाँ प्रतिवेदनमा प्रस्तुत तथ्यांकले युद्ध र तनावका कारण हतियारको बिक्री तीव्र गतिमा भएको देखाएको छ । जसका कारण हतियार उत्पादन गर्ने कम्पनीहरुको आम्दानीमा ठूलो फड्को मारेको देखाइएको छ । रिपोर्टका अनुसार यी द्वन्द्वका बीचमा कम्पनीहरुले सन् २०२३ मा मात्रै ६ सय ३२ अर्ब डलरको हतियार बेचेका छन् ।

    एसआईपीआरआईले विश्वका शीर्ष एक सय हतियार उत्पादन गर्ने कम्पनीको नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ । यसमा दिइएको तथ्यांकअनुसार सन् २०२३ मा विश्वव्यापी हतियार कम्पनीहरुको राजस्व वार्षिक आधारमा ४.२ प्रतिशतले बढेर ६ सय ३२ अर्ब डलर पुगेको छ । विशेषगरी यो वृद्धिले रुस–युक्रेन युद्ध र इन्डो–प्यासिफिक क्षेत्रमा बढ्दो तनावलगायत अन्य द्वन्द्वबीचको बलियो हतियार बिक्रीलाई प्रतिविम्बित गर्दछ ।

    प्रतिवेदनले प्रमुख विश्वव्यापी खेलाडीहरु विशेषगरी संयुक्त राज्य अमेरिका, चीन, रुस र भारत बीचको रक्षा उत्पादन र खर्चलाई पनि उजागर गरेको छ । अमेरिकाले हतियार उत्पादनमा विश्वको लिडरका रुपमा आफ्नो स्थान कायम राखेको छ र यहाँका शीर्ष १०० कम्पनीहरुमध्ये ४१ कम्पनीले ३ सय १७ अर्ब डलर योगदान गरेका छन् । जुन हतियार कम्पनीहरुको कुल विश्वव्यापी राजस्वको ५० प्रतिशत हो । सन् २०२२ को तुलनामा यसमा ३ प्रतिशतले वृद्धि देखिएको छ ।

    युक्रेनलाई हतियारको आपूर्ति होस् वा नाटोका सहयोगीहरुले सैन्य खर्चमा वृद्धि गरे पनि अमेरिकी हतियार उत्पादकहरुले यसबाट फाइदा उठाएका छन् । लकहिड मार्टिन, रेथियोन र नर्थरोप ग्रुम्यानजस्ता अमेरिकी कम्पनीहरु मिसाइल, ड्रोन र वायु रक्षा प्रणालीजस्ता उन्नत हतियार आपूर्तिमा अग्रपंक्तिमा छन् ।

    विश्व हतियार राजस्वमा चीन दोस्रो ठूलो योगदानकर्ता हो । देशका शीर्ष १०० मा रहेका ९ कम्पनीले १०३ अर्ब डलर राजस्व थपेका छन् । यद्यपि, चीनमा हतियार उत्पादन र बिक्रीको गति वार्षिक आधारमा ०.७ प्रतिशतले घटेको छ र यो सन् २०१९ यताकै न्यून हो । यसको कारण सुस्त अर्थतन्त्र र अन्य चुनौतीहरु रहेको बताइएको छ । समग्रमा आर्थिक चुनौतीहरुको बाबजुद चीनको रक्षा व्यवसाय यसको रणनीतिक महत्वाकांक्षाको अभिन्न अंग रहेको छ ।

    प्रतिवेदनले भारतको हतियार आम्दानी २०२३ मा ६.७ अर्ब डलर पुगेको उल्लेख गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ५.८ प्रतिशतले बढी हो । एसआईपीआरआई शीर्ष १०० मा ३ भारतीय कम्पनीहरु हिन्दुस्तान एरोनटिक्स, भारत इलेक्ट्रोनिक्स र भारत डायनामिक्स छन् । हतियार उत्पादनबाट आम्दानीमा भएको यो वृद्धिको श्रेय भारतको मेक इन इन्डिया पहललाई जान्छ । आयातमाथिको निर्भरता कम गर्न भारत सरकारले लडाकु विमान, क्षेप्यास्त्र र नौसैनिक जहाजजस्ता हतियार प्रणालीको स्वदेशीकरणमा ध्यान दिएको छ ।

    सन् २०२३ मा आधारित यो प्रतिवेदनले रुस–युक्रेन युद्ध विश्वव्यापी हतियार उत्पादन बढाउनमा ठूलो कारक साबित भएको जनाएको छ । युरोप, अमेरिका र टर्कीका रक्षा फर्महरुले बढ्दो माग पूरा गर्न आफ्नो उत्पादनमा उल्लेखनीय वृद्धि गरेका छन् । प्रतिवेदनमा केही विशिष्ट कम्पनी र देशहरुको तथ्यांक प्रस्तुत गरिएको छ ।

    हतियार स्थानान्तरण र सुरक्षा सहयोग कार्यक्रमको कुल अधिकृत मूल्य ८० दशमलव ९ बिलियन थियो । यसमा अमेरिकी सहयोगी र साझेदार राष्ट्रहरूद्वारा हतियार बिक्रीमा ६२ दशमलव २५ बिलियन साथै शीर्षक २२ विदेशी सैन्य वित्तिय कार्यक्रम अन्तर्गत ३ दशमलव ९७ बिलियन समावेश छ । विश्वव्यापी हतियार व्यापार ठूलो व्यापार हो र संयुक्त राज्य अमेरिकाले विश्वको हतियार निर्यातको ४१ प्रतिशत भन्दा बढीको बजार ओगटेको छ ।

    Post Views: 182
    प्रकाशित मिति: २०८१ मंसिर २३, आईतवार १२:०४
    Advertisement
    संबन्धित शिर्षकहरु
    कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार
    अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण
    आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै
    Advertisement
    ताजा अपडेट
    • १. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • २. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • ३. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    • ४. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ५. मेटाले क्यानडा १० बिलियन डलरको नयाँ डाटा सेन्टर बनाउने

    चर्चित
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ३. नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !

    • ४. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    • ५. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.