• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

युद्धले फस्टाउँदो हतियार व्यवसायः कुन देशले कति हतियार बेच्छ ?

  •  
  • २०८१ मंसिर २३, आईतवार १२:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    जब संसारमा अशान्त हुन्छ तव हतियार व्यवसाय फस्टाउँछ । त्यो विश्वव्यापी मान्यता हो । यतिखेर त्यहि भईरहेको छ । विश्वका ठुला देश र शक्तिशाली पनि त्यहि हतियारको सख्या वा लगानीका आधारमा मानक गरिदै आएको छ । रुस–युक्रेन युद्ध होस् वा इजरायल–प्यालेस्टाइन युद्ध होस् वा इन्डो–प्यासिफिक क्षेत्रमा बढ्दो तनाव वा भर्खरै शुरु भएको सिरिया वा अफ्रिकी देशमा भईरहेका दशकौं देखिको यूद्धहरु । यी कारणले विश्व आतंकित भए पनि हतियार उत्पादन गर्ने कम्पनीहरु भने सुरक्षित र प्रतिवबर्ष निकै नाफा कमाउने उधोगका रुपमा स्थापित हुँदै गएका छन ।

    स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटको नयाँ प्रतिवेदनमा प्रस्तुत तथ्यांकले युद्ध र तनावका कारण हतियारको बिक्री तीव्र गतिमा भएको देखाएको छ । जसका कारण हतियार उत्पादन गर्ने कम्पनीहरुको आम्दानीमा ठूलो फड्को मारेको देखाइएको छ । रिपोर्टका अनुसार यी द्वन्द्वका बीचमा कम्पनीहरुले सन् २०२३ मा मात्रै ६ सय ३२ अर्ब डलरको हतियार बेचेका छन् ।

    एसआईपीआरआईले विश्वका शीर्ष एक सय हतियार उत्पादन गर्ने कम्पनीको नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ । यसमा दिइएको तथ्यांकअनुसार सन् २०२३ मा विश्वव्यापी हतियार कम्पनीहरुको राजस्व वार्षिक आधारमा ४.२ प्रतिशतले बढेर ६ सय ३२ अर्ब डलर पुगेको छ । विशेषगरी यो वृद्धिले रुस–युक्रेन युद्ध र इन्डो–प्यासिफिक क्षेत्रमा बढ्दो तनावलगायत अन्य द्वन्द्वबीचको बलियो हतियार बिक्रीलाई प्रतिविम्बित गर्दछ ।

    प्रतिवेदनले प्रमुख विश्वव्यापी खेलाडीहरु विशेषगरी संयुक्त राज्य अमेरिका, चीन, रुस र भारत बीचको रक्षा उत्पादन र खर्चलाई पनि उजागर गरेको छ । अमेरिकाले हतियार उत्पादनमा विश्वको लिडरका रुपमा आफ्नो स्थान कायम राखेको छ र यहाँका शीर्ष १०० कम्पनीहरुमध्ये ४१ कम्पनीले ३ सय १७ अर्ब डलर योगदान गरेका छन् । जुन हतियार कम्पनीहरुको कुल विश्वव्यापी राजस्वको ५० प्रतिशत हो । सन् २०२२ को तुलनामा यसमा ३ प्रतिशतले वृद्धि देखिएको छ ।

    युक्रेनलाई हतियारको आपूर्ति होस् वा नाटोका सहयोगीहरुले सैन्य खर्चमा वृद्धि गरे पनि अमेरिकी हतियार उत्पादकहरुले यसबाट फाइदा उठाएका छन् । लकहिड मार्टिन, रेथियोन र नर्थरोप ग्रुम्यानजस्ता अमेरिकी कम्पनीहरु मिसाइल, ड्रोन र वायु रक्षा प्रणालीजस्ता उन्नत हतियार आपूर्तिमा अग्रपंक्तिमा छन् ।

    विश्व हतियार राजस्वमा चीन दोस्रो ठूलो योगदानकर्ता हो । देशका शीर्ष १०० मा रहेका ९ कम्पनीले १०३ अर्ब डलर राजस्व थपेका छन् । यद्यपि, चीनमा हतियार उत्पादन र बिक्रीको गति वार्षिक आधारमा ०.७ प्रतिशतले घटेको छ र यो सन् २०१९ यताकै न्यून हो । यसको कारण सुस्त अर्थतन्त्र र अन्य चुनौतीहरु रहेको बताइएको छ । समग्रमा आर्थिक चुनौतीहरुको बाबजुद चीनको रक्षा व्यवसाय यसको रणनीतिक महत्वाकांक्षाको अभिन्न अंग रहेको छ ।

    प्रतिवेदनले भारतको हतियार आम्दानी २०२३ मा ६.७ अर्ब डलर पुगेको उल्लेख गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ५.८ प्रतिशतले बढी हो । एसआईपीआरआई शीर्ष १०० मा ३ भारतीय कम्पनीहरु हिन्दुस्तान एरोनटिक्स, भारत इलेक्ट्रोनिक्स र भारत डायनामिक्स छन् । हतियार उत्पादनबाट आम्दानीमा भएको यो वृद्धिको श्रेय भारतको मेक इन इन्डिया पहललाई जान्छ । आयातमाथिको निर्भरता कम गर्न भारत सरकारले लडाकु विमान, क्षेप्यास्त्र र नौसैनिक जहाजजस्ता हतियार प्रणालीको स्वदेशीकरणमा ध्यान दिएको छ ।

    सन् २०२३ मा आधारित यो प्रतिवेदनले रुस–युक्रेन युद्ध विश्वव्यापी हतियार उत्पादन बढाउनमा ठूलो कारक साबित भएको जनाएको छ । युरोप, अमेरिका र टर्कीका रक्षा फर्महरुले बढ्दो माग पूरा गर्न आफ्नो उत्पादनमा उल्लेखनीय वृद्धि गरेका छन् । प्रतिवेदनमा केही विशिष्ट कम्पनी र देशहरुको तथ्यांक प्रस्तुत गरिएको छ ।

    हतियार स्थानान्तरण र सुरक्षा सहयोग कार्यक्रमको कुल अधिकृत मूल्य ८० दशमलव ९ बिलियन थियो । यसमा अमेरिकी सहयोगी र साझेदार राष्ट्रहरूद्वारा हतियार बिक्रीमा ६२ दशमलव २५ बिलियन साथै शीर्षक २२ विदेशी सैन्य वित्तिय कार्यक्रम अन्तर्गत ३ दशमलव ९७ बिलियन समावेश छ । विश्वव्यापी हतियार व्यापार ठूलो व्यापार हो र संयुक्त राज्य अमेरिकाले विश्वको हतियार निर्यातको ४१ प्रतिशत भन्दा बढीको बजार ओगटेको छ ।

    Post Views: 109
    प्रकाशित मिति: २०८१ मंसिर २३, आईतवार १२:०४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?
    यस्तो छ निर्वाचन कार्यतालिका ?
    पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?

    • २. यस्तो छ निर्वाचन कार्यतालिका ?

    • ३. पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा

    • ४. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ५. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    चर्चित
    • १. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    • २. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ३. विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दुतावासमा मतदान गर्ने व्यवस्था !

    • ४. साइकलमा दूध बेच्दै हिँड्थे, अहिले आफैले चलाएका छन् डेरी

    • ५. अमेरिकाको क्यालिफोनियामा १७ हजार आप्रवासीको व्यवासायिक लाईसेन्स खारेज

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.