• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

परराष्ट्रमन्त्री राणा र लक्जमबर्गका विदेशमन्त्री बेटेलबीच भेटवार्ता

  •  
  • २०८१ मंसिर २६, बुधबार ०१:२९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र लक्जमबर्गका उपप्रधानमन्त्री, विदेश एवं वैदेशिक व्यापारमन्त्री जेभियर बेटेलबीच मंगलबार लक्जमबर्गमा भेटवार्ता भएको छ । बेटेल सन् २०१३ देखि २०२३ सम्म लक्जमबर्गको प्रधानमन्त्री पनि थिए ।लक्जमबर्ग सिटीस्थित उनको कार्याकक्षमा भएको भेटवार्ताका क्रममा नेपाल लक्जमबर्ग सम्बन्धका विविध पक्षका साथै आपसी हित, साझा चासो र सहकार्यका बारेमा कुराकानी भएको थियो ।

    त्यस अवसरमा उनीहरूले नेपालको विकास प्राथमिकता तथा नेपाल र लक्जमबर्गबीचको आर्थिक सहकार्यका बारेमा विचार आदानप्रदान गरेको थियो । साथै सो वार्ताका क्रममा विश्वव्यापी तापमानमा भइरहेको वृद्धि र यसका कारण परेको जलवायु परिवर्तनको असरका बारेमा पनि कुराकानी भएको थियो ।

    नेपाल जलवायु परिवर्तनको असरको चपेटामा परेको र यसका कारण नेपालले अकल्पनीय क्षति व्यहोर्नु परिरहेकाले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि अपिल गरिएको पनि मन्त्री डा देउवाले सो भेटका क्रममा जानकारी गराएका थिए ।

    उनीहरूले द्विपक्षीय हितका विभिन्न विषयमा विस्तृत छलफल गरेका थिए । त्यस अवसरमा मन्त्री डा देउवाले लक्जमबर्गलाई नेपालको विकास सहायतामा प्राथमिकतामा राख्न मन्त्री बेटेललाई अनुरोध पनि गरेका थिए ।

    मन्त्री डा देउवाले नेपाल सन् २०२६ मा एलडिसीबाट ग्राजुएट हुन लागेकाले त्यसपछिको अवस्थामा नेपाललाई आर्थिक, प्राविधिकलगायत क्षेत्रमा आवश्यक सहयोगका लागि पनि मन्त्री बेटेललाई आग्रह गरेका थिए ।

    नेपाल अतिकम विकसित देशको श्रेणीबाट मध्यमस्तरको राष्ट्रका रूपमा स्तरोन्नति हुन लागेकाले यसलाई दीर्घकालीन र सहज बनाउने रणनीतिमा युरोपियन युनियन लगायत नेपालका दाता राष्ट्र एवं संस्थाहरूको सहयोगको अपेक्षा नेपालले गरिरहेको र त्यसमा लक्जमबर्गको पनि सहयोग र समर्थनको अपेक्षा गरिएको मन्त्री डा देउवाले बताएका थिए ।

    सो भेटवार्ताका क्रममा मन्त्री डा देउवाले नेपाल आन्तरिक रूपमा शान्ति प्रक्रिया टुंग्याउने अन्तिम चरणमा पुगेको जानकारी पनि गराए ।

    साथै उनले नेपालले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् र मानवअधिकार आयोगको सदस्यमा उम्मेदवारी दिन लागेकाले त्यसका लागि सहयोग गर्न लक्जमबर्गलाई आग्रह गरेका थिए । नेपाल र लक्जमबर्गबीच सन् १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

    RSS

    Post Views: 164
    प्रकाशित मिति: २०८१ मंसिर २६, बुधबार ०१:२९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङ्झाउमा आयोजना हुने
    अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु
    बेलायती मन्त्री सीमा मल्होत्राले गरिन् पशुपतिनाथ दर्शन
    Advertisement
    ताजा अपडेट
    • १. एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङ्झाउमा आयोजना हुने

    • २. अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु

    • ३. बेलायती मन्त्री सीमा मल्होत्राले गरिन् पशुपतिनाथ दर्शन

    • ४. अमेरिका ईरान- युद्ध अन्त्य हुँदै, छिट्ट्र घोषणा हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी !

    • ५. द्वन्द्वग्रस्त क्षेत्रमा गत वर्ष प्रत्येक १४ मिनेटमा एक सर्वसाधारणको मृत्यु : राष्ट्रसंघ

    चर्चित
    • १. अमेरिकाको नर्थ क्यारोलिनाका सिनेटर ग्यारेट नेपाल भ्रमण गर्न ईच्छुक !

    • २. अमेरिकामा विदेशी विधार्थी घट्दा अर्थतन्त्रमा एक बिलियन डलर र २५ हजार रोजगारी गुमायो !

    • ३. अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीको ओपीटी कार्यक्रम दुरुपयोग, १० हजारभन्दा बढी अनुसन्धानको घेरामा

    • ४. नेपालस्थित अमेरिकी दूतावासमा कार्यरत अमेरिकी कुटनीतिज्ञ माईक हार्करद्धारा सगरमाथाको सफल आरोहण

    • ५. अमेरिकामा ग्रीनकार्ड लिन चाहनेले आफ्नै देश फर्केर आवेदन दिनुपर्ने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.