• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको सिजन २ को अडिसन खुला

  •  
  • २०८१ पुष ६, शनिबार ०५:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले विश्वभर छरिएर रहेका नेपाली भाषी समुदायका गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरु पहिचान गर्नका लागि विश्वस्तरीय अन्तर्राष्ट्रिय दुईवटा रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको सिजन २ घोषणा गरेको छ। विभिन्न यो अडिसन १५ देशहरुमा हुने अडिसनको लागि आवेदन खुल्ला गरिएको छ ।

    नेपालभित्र र संसारको जुनसुकै ठाउँमा बसेका नेपाली कला, संस्कृतिप्रति अगाध आस्था र विश्वासले ओतप्रोत भएका र यो क्षेत्रमा आफ्नो समुदायमा विश्वभरि नै गौरवमय परिचय र पहिचान बनाउन सक्छु भन्ने अभिलाषा राख्नु हुने सम्पूर्ण नेपाली भाषी समुदायका लागि यी दुई रियालिटी शोहरुको आयोजना हुन लागेको हो।

    सन् २०२३ मा यी दुबै रियालिटी शोहरुको पहिलो सिजन सफलतापूर्वक सम्पन्न भएको थियो। अध्यक्ष, बोर्ड अफ डाइरेक्टर्स डिल्ली अधिकारीले पत्रकार सम्मेलन गर्दै सो अडिसन बारे शनिबार जानकारी गराएका हुन्। उनले भने, ‘संसारका ५२ देशमा बसोवास गरिरहेका नेपालीहरुको सक्रिय सहभागितामा भएको पहिलो सिजनको सफलताले हामी उत्साहित भएका छौ, कार्यक्रम सफल पार्न अरोहात्र सहगोग गर्ने नेपाल भीष सम्पुर्ण जनसमुदायमा हार्दिक धन्यवाद समेत व्यक्त गर्दछु।’

    मेरो भ्वाइस युनिभर्स सिजन २ को लागि बरिष्ठ गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायकहरु शिव परियार र पुष्पन प्रधान, गायिका अन्जु पन्त र तृष्णा गुरुङ निर्णायकको भूमिकामा रहेका छन्। यसैगरी मेरो डान्स युनिभर्स सिजन २ को निर्णायक मण्डलीमा बरिष्ठ कलाकार मिथिला शर्मा, नायक दिलिप रायमाझी, चर्चित अभिनेत्री शिल्पा मास्के, चर्चित कोरियोग्राफरहरु शंकर विसी, किरण थापा रहेका छन्।

    मेरो भ्वाइस युनिभर्सको सिजन २ लाई रियालिटी सोको निर्देशनको क्षेत्रमा ख्याति कमाइ सकेका सुरेश पौडेलले निर्देशन गर्ने छन् भने डान्स युनिभर्सको सिजन २ का लागि निर्देशन विषयमै अध्ययन पूरा गरेकी मोसमी गुरुङले निर्देशन गर्ने छन्। दुवै शोहरुका लागि चर्चित कार्यक्रम प्रस्तोताहरु अनुबन्धित भएका छन्, जसमा रिमा विश्वकर्मा, नरेश भट्टराई, राजा राजेन्द्र पोखेल समेत छन्।

    मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स युनिभर्स सिजन २ को अडिसन हुने देश र मिति

    १। अमेरिका र क्यानडा अडिसन मिति जनवरी २५ र २६, २०२५ स्थान कोलम्बस ओहायो।

    २। बेलायत अडिसन अडिसन मिति फेब्रुअरी १५ र १६, २०२५, स्थान लण्डन

    ३। पोर्चुगल अडिसन अडिसन मिति फेब्रुअरी १५ र १६, २०२५ स्थान लिस्वन

    ४। हङकङ अडिसन अडिसन मिति फेब्रुअरी १५ र १६, २०२५ हङकङ

    ५। जापान अडिसन अडिसन मिति फेब्रुअरी १५ र १६, २०२५ टोकियो

    ६। दुवाई अडिसन अडिसन मिति फेब्रुअरी २२ र २३ २०२५, स्थान– दुबई

    ७। कतार अडिसन,अडिसन मिति फेब्रुअरी २२ र २३ २०२५, स्थान– कतार

    ८।थाइल्याण्ड अडिसन अडिसन मिति फेब्रुअरी २२ र २३, २०२५ स्थान– बैंकक

    ९। अष्ट्रेलिया अडिसन, अडिसन मिति फेब्रुअरी २२ र २३, २०२५, स्थान–सिड्नी

    १०। मुम्बई भारत अडिसन, अडिसन मिति फेब्रुअरी २९ र ३०, स्थान मुम्बाई भारत

    ११। सिलिग्री, भारत– अडिसन मिति मार्च ८ र ९, २०२५, स्थान सिलिगुरी

    १२। पश्चिम नेपाल अडिसन, अडिसन मिति फेब्रुअरी २२ र २३, २०२५ स्थान पोखरा, कास्की

    १३। मध्यपश्चिम र सुदूरपश्चिम अडिसन मिति फेब्रुअरी २९ र ३० स्थान नेपालगञ्ज

    १४। पूर्वान्चल नेपाल अडिसन अडिसन मिति मार्च १५ र १६, २०२५, स्थान– दमक, झापा

    १५। काठमाडौं जनरल अडिसन– अडिसन मिति– मार्च २९ र ३० २०२५, स्थान–काठमाडौं

    Post Views: 204
    प्रकाशित मिति: २०८१ पुष ६, शनिबार ०५:१५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्बिर सावर्जनिक
    दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ
    अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन
    Advertisement
    ताजा अपडेट
    • १. वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्बिर सावर्जनिक

    • २. ह्वाइट हाउस संवाददाताको रात्रिभोजमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो

    • ३. दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ

    • ४. अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन

    • ५. एनआरएन अधिकार संकुचित गर्ने प्रस्तावित विधेयकप्रति प्रवासी नेपालीको चिन्ता

    चर्चित
    • १. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • २. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • ३. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    • ४. एकपछि अर्को उच्चस्तरीय कुटनीतिक भ्रमणको केन्द्र बन्दै नेपाल

    • ५. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.