• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

६३ बर्षमा चार हजार पिसकोरले नेपालमा काम गरे

  •  
  • २०८१ पुष ६, शनिबार ०६:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    नेपालमा सन् १९६२ देखि हालसम्म चार हजार भन्दा बढी पिस कोरले स्वयंसेवकहरूले नेपाली समुदायहरूसँग साझेदारी गर्दै स्थानीय विकासमा सहभागी भएका छन । हालै नेपालका लागि अमेरिकी राजदूत थम्पसनले गण्डकी प्रदेशका विभिन्न समुदायहरूमा कार्यरत पिस कोर स्वयंसेवकहरूलाई भेट गर्दै ईतिहास स्मरण गरेका छन । सन् १९६२ यता लगभग ४ हजार भन्दा बढी अमेरिकी स्वयंसेवकहरूले नेपाली समुदायहरूसँग साझेदारी गर्दै स्थानीय विकास चुनौतीहरू समाधान गर्ने प्रयास गर्नुभएको बताए ।
    हाम्रा स्वयंसेवकहरूले आफ्ना होस्ट परिवारहरूसँग समय बिताउँदै, नेपाललाई घरबाट परको घर महसुस गराउँदै यहाँको न्यानोपन र आतिथ्यतालाई अनुभव गरिरहनुभएको बताए । हामी नेपाली समुदायहरूप्रति निकै आभारी छौं जसले हाम्रा स्वयंसेवकहरूको अनुभवलाई वास्तवमै विशेष बनाउनुभएको छ एक कार्यक्रममा राजदुत थम्पसनले बताए ।  शिक्षा, वातावरण, कृषि, प्राकृतिक स्रोतसाधन र आर्थिक विकासलगायत बहुल क्षेत्रका परियोजनाहरू सम्पन्न गरेका छन् ।

     


    सन् १९५० मा पिस कोरको अवधारणा अमेरिकी कांग्रेसमा प्रस्तावित गरिएको अबधारणाले पुर्ण रुप पाएको थियो । विश्वका विभिन्न एक सय ४२ मुलुकमा सामाजिक काममा खटिने गर्दछन । तत्कालिन राष्ट्रपति जोन एफ केनेडीले १ मार्च १९६१ मा कार्यकारी आदेशमार्फत पिस कोर स्थापना गर्नुभएको थियो । पहिलो स्वयंसेवकहरू १९६१ को अगस्ट महिनामा अफ्रिका प्रस्थान गरेका थिए। सहभागी हुने पहिलो देशहरू घाना र हालको तान्जानिया हो । विश्वभर एक सय ४२ देशमा साढे दुईलाख भोलुन्टरले आवद्ध भएर काम गरि सकेका छन । सन १९६२ मा नेपाल र संयुक्त राज्य अमेरिका सरकारहरूले पिस कोरलाई नेपालमा सञ्चालन गर्न अनुमति दिने दुईपक्षीय सम्झौतामा हस्ताक्षर गरेपछि पहिलो समूहका ७७ स्वयंसेवकहरू १९६२ को सेप्टेम्बर महिनामा काठमाडौं पुगेका थिए । पिस कोर विश्व शान्ति तथा मित्रताको उद्देश्यबाट अभिप्रेरित स्वयंसेवक, समुदायका सदस्य, आतिथेय मुलुकका साझेदार र कर्मचारीहरूको एउटा अन्तर्राष्ट्रिय सेवा सञ्जाल हो । विश्वभरका सरकारहरूको आमन्त्रणमा पिस कोर स्वयंसेवकहरू शिक्षा, स्वास्थ्य, वातावरण, कृषि, सामुदायिक आर्थिक विकास र युवा विकासका क्षेत्रमा स्थानीय रूपमा प्राथमिकता निर्धारण गरिएका परियोजनाहरूमा समुदायका सदस्यहरूसँग काम गर्छन् । पिस कोर सञ्जालका सदस्यहरूले आफूले गरेको सेवामार्फत स्थानान्तरणीय सिपहरू विकास र अन्तर-सांस्कृतिक क्षमताहरू अभिवृद्धि गर्छन् जसले उनीहरूलाई विश्वका नेतृत्वकर्ताको आगामी पुस्ता बन्ने स्थानमा पुर्‍याउँछ ।

    Post Views: 183
    प्रकाशित मिति: २०८१ पुष ६, शनिबार ०६:२४
    Advertisement
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !
    नेपाललाई ‘योग राष्ट्र’ बनाउन आचार्य राजन शर्माले गरे आह्वान
    स्पेनमा मन्दिर, गुम्बासहित धार्मिक धरोहर निर्माण अभियान, १ लाख युरो प्रतिबद्धता
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !

    • २. नेपाललाई ‘योग राष्ट्र’ बनाउन आचार्य राजन शर्माले गरे आह्वान

    • ३. स्पेनमा मन्दिर, गुम्बासहित धार्मिक धरोहर निर्माण अभियान, १ लाख युरो प्रतिबद्धता

    • ४. अमेरिकामा विदेशी विधार्थी र पत्रकारको भिषा अबधि सीमित गर्ने नियम बिरुद्ध मुद्दा

    • ५. प्रधानमन्त्रि बालेनमाथी सेनाका पुर्वउच्च अधिकारीको चेतावनी !

    चर्चित
    • १. नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ निर्वाचित

    • २. कति सरकारी कर्मचारी बिदेश जान्छन? कति विदेशमै बस्छन र कति फर्किन्छन ?

    • ३. सयौ उच्च पदस्थ कर्मचारी राजीनामा दिने मनस्थितिमाः कारण के के छन ?

    • ४. अमेरिकामा नेपालीसहित १२ लाख भन्दा बढी आप्रवासीको टीपीएस खारेज

    • ५. नेपाल–जापान कूटनीतिक सम्बन्धको सात दशक

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.