• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिका हिडेका ५५ जना आप्रवासीको पानमा जंगलमा मृत्यू, २० लाई खोलाले बगायो

  •  
  • २०८१ पुष ६, शनिबार १०:०९ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    तल्लो बाटो हुँदै अमेरिका जान हिडेका ५५ जना आप्रवासी कोलम्बियाबाट डारियन जंगल पार गर्ने क्रममा मृत्यू भएको समाचार छ । जंगलको बाटो हुँदै अमेरिकातर्फ गएका ५५ जना आप्रवासीकोे मृत्यु र १८० जना बालबालिका अलपत्र रुपमा छाडिएको भेटिएको पानामाका राष्ट्रपति जोसे राउल मुलिनोले बताएका छन । ति सबैको अहिले हेरचाह बाल हेरचाह संस्थाहरूले गरिरहेका छन् । सन् २०२४ मा डारियन मार्गमा ५५ जनाको मृत्यु भएको राष्ट्रपति मुलिनोले आफ्नो साप्ताहिक पत्रकार सम्मेलनमा बताएका हुन । साथै मृतकहरूमा वर्षायाममा नदी पार गर्ने क्रममा डुबेका थप १० जना पनि रहेका छन् ।

    छिटो बग्ने नदीहरू, जंगली जनावरहरू र आपराधिक गिरोहहरूजस्ता जोखिमका बाबजुद, डारियन एसिया, दक्षिण अमेरिका, मध्य अमेरिका, र मेक्सिको हुँदै अमेरिका पुग्न चाहने भेनेजुयलाली र अन्य आप्रवासीहरूको लागि मुख्य मार्ग हो । मृत्यू भएका व्यक्तिहरु कुन कुन देशको कति जना हुन त्यो भने खुलेको छैन । पानामाका अधिकारीहरूले जंगलको दुर्गम भागबाट धेरै शवहरू निकाल्न नसकिने अवस्थामा अझै भएकाले मृत्यु हुनेको संख्या अझ धेरै हुनसक्ने दावी गरेका छन् । यस वर्ष हालसम्म ३ लाख आप्रवासीहरूले डारियन जंगल पार गरेका तथ्यांक सार्वजनिक भएको छ । यो तथ्यांक २०२३ को तुलनामा यो सख्या ४१ प्रतिशत कम हो । २०२३ मा ५.२ लाख मानिसहरूले यो खतरनाक यात्रा गरेका पानामाको सरकारले जनाएको छ ।

    नदी तर्न ढुंगामा यात्रा गर्न तयार आप्रवासी

    अन्तर्राष्ट्रिय समाचार संस्था द गार्डियनका अनुसार, केही बालबालिकाहरूका आफन्तहरू मरेका वा हराएका कारण एक्लै छन् भने केही यात्रा गरिरहेका बेला छुटेकाहरु र केहि छोडिएकाहरु हुन सक्ने जनाइएको छ । अमेरिकाको दबाबमा पानामा र मेक्सिकोले आप्रवासन समस्यालाई सम्बोधन गर्न अबैध आप्रवासीप्रति निर्मम हुन थालेपछि सो क्षेत्रमा कम आवत जावत हुन थालेको बताइन्छ । पानामा सरकारले डारियन क्षेत्रमा धेरै मार्गहरू बन्द गरेको छ र अमेरिकाको आर्थिक सहयोगमा आप्रवासीहरूलाई चार्टर्ड उडानबाट फिर्ता पठाउन थालेपछि आवज जावत कम भएको हो ।डारियन ग्यापको कठिन ६० माईल लामो छ । हरेक वर्ष अमेरिकातर्फ जान त्यो घना जंगल हुँदै झण्डै पाँच लाख मानिसहरू यात्रा गर्न थालेपछि डारियनका आदिवासी समूहहरू जोखिममा परेको बताइरहेका छन् । यो गाउँमा लगभग एक हजार ४०० एम्बेरा आदिवासीहरू बस्छन् ।
    सो जंगलको बाटो भएर यात्रा गर्नेहरु खराब मौसम, सशस्त्र लुटेराहरूले लुट्ने, शोषण गर्ने र यौन दुव्र्यवहार हुने कारण मारिने गरिएको छ । पानामाका राष्ट्रपति जोसे राउल मुलिनोले जुलाईमा पद सम्हालेपछि सबै आप्रवासीलाई हवाई मार्गबाट फिर्ता पठाउने वाचा गरेपनि यो समस्याको सामना गर्न सरकार सफल भएको छैन ।

     

    Post Views: 280
    प्रकाशित मिति: २०८१ पुष ६, शनिबार १०:०९
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकाले आप्रवासी भिसामा ‘पब्लिक चार्ज बन्ड’ सुरु, अस्वीकृत आवेदकले धरौटी राखेर भिसा पाउन सक्ने
    ट्रम्पद्वारा जन्मसिद्ध नागरिकतामा नियन्त्रण गर्ने नयाँ कार्यकारी आदेशमा हस्ताक्षर
    कुटनीतिक नियोगमा गैर कुटनीतिक कर्मचारी पठाउन मुख्य सचिवको आदेशः परराष्ट्र मन्त्रालय अन्योलमा !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकाले आप्रवासी भिसामा ‘पब्लिक चार्ज बन्ड’ सुरु, अस्वीकृत आवेदकले धरौटी राखेर भिसा पाउन सक्ने

    • २. ट्रम्पद्वारा जन्मसिद्ध नागरिकतामा नियन्त्रण गर्ने नयाँ कार्यकारी आदेशमा हस्ताक्षर

    • ३. कुटनीतिक नियोगमा गैर कुटनीतिक कर्मचारी पठाउन मुख्य सचिवको आदेशः परराष्ट्र मन्त्रालय अन्योलमा !

    • ४. विकासशील देशका लागि आर्टिफिसियल इन्टेलिजेन्स लाइफलाइन बन्न सक्छः विश्व बैक

    • ५. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    चर्चित
    • १. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    • २. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    • ३. हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल

    • ४. लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल

    • ५. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.