• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

चरम निराशामा नेपाली खेल जगतले देखाएको आशा ” नेपाल प्रिमियर लिग”

  •  
  • २०८१ पुष ७, आईतवार ०७:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    घर, समाज, पाटी पौवा, चोक, चौतारा वा पानी पधेरो सबैतिर राजनीतिक, आर्थिक होस वा सामाजिक हिसावले नागरिक चरम निराशामा गुज्रिरहेको बेला क्रिकेट खेलका कारण आशा जगाएको छ । सबै पक्ष एकै मैदानमा संगै नेपाल र नेपालीको एकता प्रर्दशन गर्यो । नेपाल क्रिकेट संघ (क्यान)को आफ्नै आयोजनामा नेपाल प्रिमियर लिग (एनपीएल) सानदार सुरु भएर आशापुर्ण भविश्य कोर्दै सकिएको छ । क्रिकेटका हिसाबले मात्रै नभई नेपाली खेलकुद जगतका लागि यो शुरुवात निकै आशापुर्ण देखियो । जसले राजनीति र अन्य कारण निराशा र चरम राजनीतिमा विभक्त नेपालीलाई एकै मैदानमा उभ्यायो र भाईचाराको विकास गरायो । एक हिसावले यो ऐतिहासिक मान्नु पर्दछ ।

    नेपाली क्रिकेट खेलाडीको मात्रै नभई यसले देशको एउटा सपनालाई आकार दिएको छ । विदेशी ४० खेलाडीको सहभागिताले नेपाली खेलाडीलाई हौस्याएको मात्र छैन नेपालमा विदेशीले समेत खेलको भविश्य देखेर जानेछन । यसपालि नेपालीले विदेशी प्रसिद्ध र उत्कृष्ट खेलाडीहरूसँग खेल्न त पाएका छन्, सँगसँगै अन्तर्राष्ट्रिय लिगहरूको दैलो उघ्रने सम्भावना एनपीएलले दिएको छ । नेपाली क्रिकेटलाई आर्थिक रूपमा बलियो त यो प्रतियोगिताले बनायो नै संगै अन्तर्राष्ट्रिय स्तरमै प्रसिद्धि कमाउने मौका पनि मिल्यो । झन् क्यानले स्टार स्पोर्टमार्फत यो प्रतियोगिता विश्वभरका क्रिकेटमाझ पु¥याएर नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रियकरण गरेको छ ।
    भारतमा आईपीएलकै कारण त्यहाँको क्रिकेटको उचाइ अग्लिएको हो । एनपीएलमार्फत नेपाली क्रिकेटले यो शुरुवात हेर्दा निकै फड्को मार्ने विश्वास गर्न सकिन्छ । खेलकुद जगतको ऐतिहासिक महोत्सव अर्थात् महाकुम्भले क्रिकेटमा नयाँ युगको सुरुआत गर्ने विश्वास गर्न सकिन्छ । राजनीतिक दल र सरकारको नेतृत्व गर्नेहरुकना लागि कहिल्यै प्राथमिकतामा नपरेको खेलकुद जगत अब प्राथमिकतामा राख्नुपर्ने पर्ने बाध्यता आईपर्न सक्दछ । जसरी नेपाली क्रिकेट खेलाडीले आफूलाई निखार्दै विश्व मञ्चसम्म पनि पु¥याएका छन्, अब त्यहाँ अझै अब्बल प्रदर्शन गर्ने प्रेरणा एनपीएलको आयोजनाले दिएको छ । त्यसबाट नेपाली खेलकुद जगत् त विश्वमाझ परिचित भयो नै सँगसँगै नेपाली पर्यटन क्षेत्रलाई पनि यो प्रतियोगिताले प्रत्यक्ष, अप्रत्यक्ष धेरै सकारात्मक प्रभाव पारेको छ ।

    सरकारले वर्ष दिनभित्र कीर्तिपुर क्रिकेट मैदानलाई आधुनिक स्तरको क्रिकेट रंगशाला बनाउने घोषणा गरिसकेको छ । एनपीएलको आयोजनाले सरकारलाई क्रिकेटका थप पूर्वाधार विकासमा अझै दबाब परेको छ । त्यसैअनुसार सरकारले खेलकुदमा लगानी बढाउने हो भने क्रिकेटबाट नेपालले अन्तर्राष्ट्रिय उपलब्धि हासिल गर्न सक्छ । खेलकुद मनोरञ्जन होइन, यसले नेपाली युवालाई जोड्छ । अझ समग्र नेपालीलाई जोड्छ भन्ने मर्म राजनीतिक नेतृत्वले बुझ्न जरुरी छ । सबैतिर निराशामात्रै छ भन्ने भाश्य निमाण गर्ने कुप्रचारकहरुलाई यो खेल महोत्सवले नेपाली माझ उत्साह थपिदिएको छ । यसका लागि नेपाली क्रिकेट एसोसियसन क्यान धन्यवादको पात्र भएको छ ।

    Post Views: 234
    प्रकाशित मिति: २०८१ पुष ७, आईतवार ०७:११
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकाले आप्रवासी भिसामा ‘पब्लिक चार्ज बन्ड’ सुरु, अस्वीकृत आवेदकले धरौटी राखेर भिसा पाउन सक्ने
    ट्रम्पद्वारा जन्मसिद्ध नागरिकतामा नियन्त्रण गर्ने नयाँ कार्यकारी आदेशमा हस्ताक्षर
    कुटनीतिक नियोगमा गैर कुटनीतिक कर्मचारी पठाउन मुख्य सचिवको आदेशः परराष्ट्र मन्त्रालय अन्योलमा !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकाले आप्रवासी भिसामा ‘पब्लिक चार्ज बन्ड’ सुरु, अस्वीकृत आवेदकले धरौटी राखेर भिसा पाउन सक्ने

    • २. ट्रम्पद्वारा जन्मसिद्ध नागरिकतामा नियन्त्रण गर्ने नयाँ कार्यकारी आदेशमा हस्ताक्षर

    • ३. कुटनीतिक नियोगमा गैर कुटनीतिक कर्मचारी पठाउन मुख्य सचिवको आदेशः परराष्ट्र मन्त्रालय अन्योलमा !

    • ४. विकासशील देशका लागि आर्टिफिसियल इन्टेलिजेन्स लाइफलाइन बन्न सक्छः विश्व बैक

    • ५. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    चर्चित
    • १. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    • २. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    • ३. हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल

    • ४. लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल

    • ५. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.