• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

असुरक्षित बन्दै न्यूयोर्क, अपराधिक घटनामा अबैध आप्रबासीको संलग्नता

  •  
  • २०८१ पुष ९, मंगलवार १०:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकाको न्युयोर्कस्थित सबवे ट्रेनमा महिलामाथि आगो लगाएर हत्या गरेको घटनामा एकजना पक्राउ परेका छन्। संदिग्धको नाम सेबास्टियन जापेटा हो। उनी ग्वाटेमालाबाट अवैध आप्रवासी भएको बताइएको छ।

    स्थानीय समयानुसार आइतबार बिहान साढे सात बजेको समयमा महिलामाथि आगो लगाउँदा उनको मृत्यु भएको थियो। न्युयोर्क प्रहरी आयुक्त जेसिका टिशले संदिग्धले महिलाको लुगामा लाइटरबाट आगो सल्काएको जानकारी दिएकी छन्।

    मेट्रो स्टेशनमा अचानक धुवाँ र गन्ध आएपछि प्रहरी घटनास्थल पुगेको थियो। प्रहरी पुग्दा पीडित महिला जलिरहेकी थिइन्। त्यसपछि आकस्मिक सेवाका अधिकारीहरूले मृत घोषणा गरेका हुन्।

    प्रहरीको प्रारम्भिक बयानमा महिला सुतिरहेको समयमा यो घटना भएको हो। संदिग्ध र महिलाबीच घटनाअघि कुनै कुराकानी समेत नभएको पाइएको छ। संदिग्धले महिलाले ओढेको कम्बलमा पहिले आगो लगाए, जसकारण चाँडो फैलियो। आगो लगाएपछि जापेटा मेट्रोबाट ओर्लिएर स्टेशनमा बसेर महिला जलिरहेको हेरिरहेका थिए।

    प्रहरीले बडी क्यामेराबाट लिइएको फुटेज सार्वजनिक गर्दै दश हजार डलरको इनामसहित संदिग्धलाई पक्राउ गर्न सहयोग मागेको थियो। घटना भएको ८ घण्टापछि प्रहरीले उनलाई अर्को मेट्रोबाट पक्राउ गरेको हो। तीन विद्यार्थीको सहयोगमा हत्या आरोपमा ती व्यक्तिलाई पक्राउ गरिएको हो।

    प्रहरी आयुक्त टिशले यस घटनालाई ‘एक व्यक्तिले अर्को मानवविरुद्ध गर्न सक्ने सबैभन्दा घिनलाग्दो अपराध मध्ये एक’ भनेर वर्णन गरेकी छिन्। प्रहरीले पीडित महिलाको पहिचान र आक्रमणको कारण खोजिरहेको जानकारी दिएको छ। उनी ग्वाटेमाला प्रवासी भएको जनाइएको छ।

    पछिल्लो समय बढ्दो अबैध आप्रवासीका कारण न्यूयोर्क असुरक्षित बन्दै गएको रिपोर्टहरु सार्वजनिक हुन थालेका छन । न्यूयोर्कको सुरक्षा समस्या विभिन्न कारणहरूमध्ये अपराध दर बढिरहेको, दिउँसै लुटपाट हुन थालेको सबवे प्रणालीमा, प्रहरीको कमीको चिन्ता, ट्रेन स्टेसन असुरीक्षत, आपराधिक गगतिविधिमा बढी भएका छन । तथ्याङ्कले न्यूयोर्क सहर अन्य ठूला सहरहरूसँग तुलना गर्दा तुलनात्मक रूपमा असुरक्षित रहेको स्थानीयहरु असुरीक्षत महसुस गर्न थालेका छन । ती अपराधहरुमा अबैध आप्रवासीहरुको संलग्नता बढी रहेको बताईन्छ । ट्रम्पले प्रशासन सम्हाल्नु पहिले असुरक्षा खोज्दै अमेरिकाभरीका अबैध आप्रवासीहकरु न्यूयोर्क जान थालेको बताइएको छ । जसका कारण न्यूयोर्कमा संधिग्न व्यक्तिहरुको चहलपहल बढेको स्थानीय समाचारहरुले जानएका छन ।

    Post Views: 167
    प्रकाशित मिति: २०८१ पुष ९, मंगलवार १०:१३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी
    एकहप्ता राहादानी बनाउन समस्या आउने !
    मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी
    Advertisement
    ताजा अपडेट
    • १. मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी

    • २. एकहप्ता राहादानी बनाउन समस्या आउने !

    • ३. मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी

    • ४. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    • ५. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    चर्चित
    • १. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.