• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

भारत र चिनिया मिलेतोमा नेपाली भुमि अतिक्रमण !

  •  
  • २०८१ पुष १०, बुधबार ०८:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    भारत र चीनले नेपाललाई नसोधी लिपुलेकलाई तीर्थयात्रु आवतजावतको केन्द्र बनाउने सहमति गरेको सार्वजनिक भएको छ । भारत र चीनले कोभिड–१९ महामारीका कारण सन् २०२० देखि रोकिएको कैलाश–मानसरोवर तीर्थयात्रु आवतजावतलाई निरन्तरता दिने सहमति गरेका हुन । बेइजिङमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र चीनका परराष्ट्रमन्त्री वाङ वी सहभागी भएको बैठकमा यस्तो सहमति भएको भारतको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा चीन र भारतबीच कैलाश–मानसरोवर तीर्थयात्रा फेरि शुरू गर्ने विषयमा भएको सहमतिको बुँदा उल्लेख छ ।

     

    भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा चीन र भारतबीच कैलाश-मानसरोवर तीर्थयात्रा फेरि शुरू गर्ने विषयमा भएको सहमतिको बुँदा ।

     

    तर नेपालसँग सम्बन्धित भूगोलमा छिमेकीहरूले यस्तो सहमति गर्दा ना नेपालसंग सरोकार राखे न त कुनै सोपुछ नै गरे । दुई छिमेकीले तीर्थयात्रु आवतजावतको केन्द्र बनाउने सहमति गरेको लिपुलेक नेपाल र चीनको सिमानामा पर्छ । लिपुलेकको विषयमा यसअघि नेपालले दुवै देशसँग औपचारिक रूपमै असहमति प्रकट गरिसकेको छ । २०७२ जेठ १ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका प्रधानमन्त्री ली खस्याङबीच लिपुलेकलाई व्यापारिक तथा दुई देशको तीर्थयात्री आवतजावत गर्ने केन्द्र बनाउने सहमति गरेपछि नेपालले विरोध जनाएको थियो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका पालामा भारत र चीनलाई ‘प्रोटेस्ट नोट’ पठाइएको थियो । त्यसको वास्ता नगरेर उनीहरूले लिपुलेकलाई पुनः प्रयोग गर्न लागेका हुन् । नेपाल सरकारद्वारा गठित ‘नेपाल–भारत सीमा सम्बन्धी प्रमाण संकलन कार्यका लागि विज्ञ समूह’ तत्कालीन संयोजक विष्णुराज उप्रेती छिमेकी देशहरूले हेपाहा प्रवृत्ति देखाएको बताउदै भन्छन “नेपाली भूमि प्रयोगको विषयमा नेपाललाई नै नसोधी निर्णय गर्ने अधिकार कसैलाई पनि छैन ।”
    सन् १८१६ को सन्धि लगायत तथ्य र प्रमाणका आधारमा नेपालले २०७७ जेठमा जारी गरेको नक्शा अनुसार लिम्पियाधुरा सहितको भूभाग नेपालमा पर्छ । नेपालको पश्चिमी सिमाना निर्धारण गरेको २०० वर्ष पुरानो सुगौली सन्धि अनुसार लिम्पियाधुरा मुहान भएको काली (महाकाली) नदीपूर्वको कुटी, गुन्जी, गर्ब्याङ लगायत भूभाग नेपालका हुन् । चुच्चे नक्सा नेटामा छाप्न आदेश दिने प्रधानमन्त्रि केपी ओली यस विषयमा कस्तो तदारुकता देखाउँछन त्यो भने हेर्न बाँकी छ । नेपाल सरकारले कस्तो प्रतिक्रिया जनाउने हुन प्रधानमन्त्रि केपी ओली चिन भ्रमणबाट फर्के लगत्तै भएको यो घटनाले कुन रुप लिने हो त्यो भने हेर्न बाँकी छ ।

    Post Views: 126
    प्रकाशित मिति: २०८१ पुष १०, बुधबार ०८:०८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने
    भारतको अर्थतन्त्र खस्किएर बेलायतभन्दा पछाडि छैटौँ स्थानमा पुग्यो : आइएमएफ
    प्रवासमा एक हप्तामा दुई नेपालीको हृदयविदारक निधनः जसले नेपाली प्रवासीलाई झस्काईरहने छ !
    Advertisement
    ताजा अपडेट
    • १. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • २. भारतको अर्थतन्त्र खस्किएर बेलायतभन्दा पछाडि छैटौँ स्थानमा पुग्यो : आइएमएफ

    • ३. प्रवासमा एक हप्तामा दुई नेपालीको हृदयविदारक निधनः जसले नेपाली प्रवासीलाई झस्काईरहने छ !

    • ४. स्पेनमा पाँच लाख अबैध आप्रवासीलाई वैधता दिने !

    • ५. मानव अधिकार आयोगले भदौ २३ र २४ को आन्दोलनको प्रतिवेदन १६ बैशाखमा सरकारलाई बुझाउँदै

    चर्चित
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ३. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • ४. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    • ५. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.